प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [पाँचौं भाग]

१. प्रशंसा को भोको हुदैनन सच्चा मान्छेहरु किनकी सुगन्धित फुलहरुमा परफ्युम लगाउने गरिदैन ।

२. त्यो अँध्यारो नै सहि थियो जब कदम पथ मा थियो, प्रकाश ले लिएर आयो मलाई गन्तव्यबाट धेरै टाढा ।

३. मान्छेले सोध्छन , के लिएर आएको छौ के लिएर जान्छौ ? मैले भने एउटा दिल लिएर आएको छु , लाखौ दिल मा ठाउँ बनाएर जान्छु ।

४. अक्सर त्यही मान्छे हमेशा दोषी बनिदिन्छ जसले हमेशा सबैलाई खुशी राख्न चाहन्छ ।

५. यदि खुशी हुन चाहनुहुन्छ भने भुलिदिनुस त्यसलाई जसले तपाइलाई भुलिदिएको छ ।

६. एउटा ठूलो खुशिको पछाडी भाग्नुभन्दा धेरै मजा, सानो – सानो खुशी समेट्नुमा हुन्छ ।

७. मान्छे गर-गहनाले होइन विचार र स्वभाव ले सु-सज्जित हुन्छ ।

८. जुन काम मुस्कान गर्छ त्यो मुक्काले गर्न सक्दैन ।

९. खुशी हुनुको पहिलो कारण हो बितेका कुराहरुबाट अधिक विचार गर्न बाट बच्नु ।

१०. रिसाएर जो छोडेर जान्छ त्यो फेरी फर्केर आउन सक्छ मुस्कुराएर छोडेर जानेहरु कहिल्यै फर्केर आउदैन ।

११. सबै साथी कामको, सबैको आफ्नो मोल जो संकट मा साथ दिन्छ उहीँ सबैभन्दा अनमोल ।

१२. जो मान्छेहरु मनमा उत्रन्छन उनिहरुलाई सम्हालिएर राख्नुस जो मान्छेहरु मनबाट उत्रन्छन उनिहरुबाट सम्हालिएर बस्नुस ।

१३. झुठो आश्वासन भन्दा स्पष्ट अस्वीकार राम्रो हो, मतलबी मान्छेहरु सित दुरी राख्नु नै उचित हुन्छ ।

१४. मान्छेको खुशी मा धेरै अनुहार साथ मा रहन्छ तर त्यो अनुहार हमेशा याद रहन्छ, जुन मुश्किल र दुख मा तपाइको साथ मा हुन्छ ।

१५. सयगुणा बढ्छ सुन्दरता मुस्कुराउदा आफ्नै अनुहार भद्दा हुन्छ मुख फुलाउदा ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!