कथा विश्व साहित्य

एक प्रेरक कथा : एक गिलास दुध

एकपटक एकजना केटा एउटा ढोका बाट अर्को ढोकामा सामान बेच्ने गर्थ्यो , एकदिन उसको कुनै पनि सामान बिकेन , तेज ले भोक लागिरहेको थियो । उसले तय गरेछ कि अब ऊ जुन ढोकामा जान्छ त्यो सित खाना माग्छु, ढोका ढकढकाउने बित्तिकै एउटी केटीले ढोका खोलिन्, केटीलाई देखेर उ आत्तिएछ र खानाको ठाउँ मा एक ग्लास पानी मागेछ ।

केटीले बुझिसकेकी थिइन् कि केटा भोको छ त्यसैले उनले एउटा ठूलो दूध को ग्लास लिएर आइन् । केटाले बिस्तारै – बिस्तारै दूध जम्मै पियो । कति रुपैया दिउ ?- केटाले सोध्यो । “पैसा कुन कुराको लागि ?” केटीले जवाफ मा फर्काइन् “आमाले मलाई सिकाउनुभएको छ कि जब कसैलाई दया गर्छौ भने त्योसित पैसा लिनुहुदैन ।”

“त्यसो भए म तपाइलाई दिल देखि नै धन्यवाद दिन चाहन्छु ” । भन्दै उ घरबाट निस्कियो ।

केही वर्षपछी त्यो केटी गम्भीर रुपले बिरामी पर्छिन । लोकल डाक्टर ले उनलाई शहर को ठूलो अस्पताल मा उपचार को लागि पठाइदियो  विशेषज्ञ डाक्टर होवार्ड केल्लीलाई बिरामी हेर्न को लागि बोलाइयो । जब उनले त्यही केटीको नाम सुन्यो ,उसको आँखा मा उज्यालोपन आयो ।  ऊ जुरुक्क उठ्यो र केटीको रुम मा पुग्यो, उसले त्यो केटीलाई एकैपटक चिनेछ, र तय गर्यो कि केटीको ज्यान बचाउनलाई उसले आकाश धरती एक गरिदिन्छ । उसको मेहनत र लगन मा रङ आयो र त्यो केटीको ज्यान बच्यो ।

डाक्टर ले अस्पताल को अफिस मा गएर त्यो केटीको उपचार को बिल लियो , त्यो बिल को कुनामा एउटा नोट लेखेर त्यो केटीको हात मा पठाइदियो । केटी बिल देखेर आत्तिइन्, उनलाइ थाहा थियो त्यो बिरामी बाट त उनी बचिन् तर त्यो बिलको रकम ले उनको ज्यान लिन्छ ,
फेरि उनले बिस्तारै त्यो बिल लाई खोलिन रकम लाई हेरिन् र फेरि अचानक उनको नजर पेन ले लेखिएको नोट मा गयो जहाँ लेखिएको थियो ” एक ग्लास दूध द्वारा यो बिल को भुक्तान गरीसकिएको छ ।” तल डाक्टर होवार्ड केल्लिको हस्ताक्षर थियो । खुशी र अचम्मले त्यो केटीको गालामा आँसु टप्कियो । उनले दुवै हात माथी उठाएर भनिन् ” हे ! भगवान तिमिलाई धेरै धेरै धन्यवाद, तिम्रो प्रेम मान्छेको दिल मा र हात मा थाहा छैन कहाँ- कहाँ फैलिसकेको छ ।”

मन परे शेयर गरिदिनुहोस ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!