कथा विश्व साहित्य

तिन मनछुने कथाहरु

पहिलो कथा : पूर्णिमाको ज्योति

एकजना मान्छे राती झुपडीमा बसेर एउटा सानो दियो जलाएर कुनै शास्त्र पढिरहेका थिए । रात छिप्पिसकेको थियो । जब ऊ थाकेछ तब उसले फुकेर दियोलाई निभाइदियो ।

तर उसले यो देखेर हैरान भयो कि जबसम्म दियो जलिरहेको थियो, पुर्णिमाको चन्द्रमा बाहिर थियो , तर जब दियो निभायो तब चन्द्रमाको किरणहरु कोठामा फैलिएछ । त्यो मान्छे ले यो सोचेर धेरै हैरान भयो कि ” यति सानो दियो ले पुरै चन्द्रमालाई बाहिर रोकेर राखेको थियो ” ।

त्यसरी नै हामीले पनि आफ्नो जीवन मा अहंकार र घमण्ड को सानो सानो दियो जलाएर राखेका छौ , जसको कारण ले खुशी, प्रेम र आनन्द बाहिर को बाहिरै उभिएको हुन्छ, जबसम्म यी कुराहरुलाई त्याग्दैनौ तबसम्म मन शान्त र आनन्दित हुदैन, जब मन शान्त हुन्छ अनि मात्र खुशी र आनन्द को उपस्थित हुन्छ ।

दोस्रो कथा : श्रीमतीप्रतिको माया

एकजना वृद्ध मान्छे आफ्नो डाक्टर को मा गएछ , उनी धेरै हतार मा देखिन्थे । “डाक्टर साब ! तपाईं छिटो – छिटो मेरो औषधी लेखिदिनुहोस, मलाई छिटो जानू छ ” वृद्धले भने ।

डाक्टरले भने कि – अझै एक घन्टा रोकिनुहोस ,

बूढो मान्छेले फेरि बिन्ती गरे, “डाक्टर साब पहिला हेरिहाल्नुस, मलाई छिटो जानुछ ।”

डाक्टरले त्यो वृद्ध सित सोध्यो ” के तपाइको अर्को डक्टर सित अपोइन्टमेन्ट छ ? त्यसैले तपाइलाई हतार भएको छ ?

वृद्धले भने – “होइन, मलाइ त आफ्नी श्रीमतिको साथ मा दिउसोको खाना खान जानुछ । मेरी श्रीमती अस्पताल मा छिन, त्यसैले भनिरहेको थिए कि छिटो गरिदिनुस ।”

डाक्टर ले सोधे – “सब ठिक त छ नि ?”

वृद्धले भन्यो – “मेरी श्रीमतिलाई बिर्सने बिमारी छ, उनलाई केही याद रहदैन ,उनलाई त यो पनि याद रहदैन कि म को हु ? र उनले मलाई बितेको पाँच वर्षदेखी चिनेकी पनि छैन ।”

डाकटर हैरान भए – “फेरि पनि तपाईं आफ्नी पत्निसित हरेक दिन भेट्न जानुहुन्छ, जब कि उनले तपाइलाई चिन्दै चिन्दैन कि तपाईं को हो ?”

वृद्ध ले हाँस्दै भने – “उनले मलाई चिन्दैन कि म को हुँ ? तर म त जान्दछु नि उनी को हो ?”

जो मान्छेहरु हमेशा खुशी रहन्छ, यसको मतलब यो होइन कि उसको जीवन मा सबथोक छ, उसले हरेक सानो कुरामा पनि खुशी खोजेको हुन्छ, खुशी त आखिर खुशी हो, खुशिको कुनै आकार हुदैन, तह हुदैन । बाँच्नु यसैको नाम हो ।

तेस्रो कथा : नक्कली हार

एकजना सोनार को निधन पछि उसको परीवार संकट मा परेछ, खानलाई पनि हाहाकार मच्चियो 

एकदिन उसको पत्निले आफ्नो छोरालाई निलम को एउटा हार दिएर भनिन्,“छोरा , यसलाई आफ्नो काका को पसलम लिएर जा र भन्नू कि यसलाई बेचेर केही पैसा दिन ।”

छोराले त्यो हार लिएर काकाको पसल मा गयो । काकाले हारलाई राम्रो सित देखेर, चेक गरेर  भने – “आमालाई भन्नू कि अहिले बजार धेरै मन्द छ । अलिकती पर्खिएर बेच्न दाम राम्रो मिल्नेछ ।” उसलाई अलिकती पैसा दिएर भन्यो कि , “तिमी भोलि देखि पसल मा आएर बस्नु ।”

र्को दिन देखि त्यो केटा हरेक दिन पसल मा जान थाल्यो र हिरा रत्न को परख को काम सिक्न थाल्यो, एकदिन त्यो ठूलो पारखी बन्यो ।  मान्छेहरु टाढा – टाढाबाट हिरालाई चेक गराउन आउन थाले ।

एकदिन उसको काकाले भन्यो कि, छोरा आफ्नो आमासित त्यो हार मागेर लिएर आउ र भन्नू कि अब बजार धेरै तेज छ, यसको राम्रो दाम मिल्छ । आमासित हार ल्याएर चेक गर्दा त त्यो हार नकली रहेछ, उसले त्यो हार फेरि घर मै छोडेर पसल फर्कियो ।

काकाले सोधे , “हार ल्याएनौ ?” । उसले भन्यो -” त्यो त नक्कली थियो ।” तब काकाले भने -” जब तिमी शुरुमा आएका थियौ, त्यति खेरै मैले हार लाई नक्कली भनिदिएको थिए भने तिमिले सोच्थ्यौ कि आज कठिन परीस्थिती आउदा काकाले पनि भन्न थाले कि हार नक्कली हो । आज जब तिमीलाई आफै ज्ञान र अनुभव भएपछी थाहा पायौ कि हार वास्तव मै नक्कली हो ।”

सत्य त यो हो कि ज्ञान र अनुभव को बिना यो संसार हामी जे देख्छौ ,सोच्छौ र जान्दछौ सब गलत हो । र  यसरी गलत बुझाइको सिकार भएर सम्बन्ध पनि बिग्रन्छ , Think & Live Long Relationship कुनैपनि मोड मा नछोड्नुस कोहि आफ्नाहरुको साथ ।

जिन्दगी पुरै बित्छ आफ्नाहरुलाई आफ्नो बनाउन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!