प्रेरक भनाइहरु

१५ पढ्नैपर्ने शक्तिशाली एवं उर्जाशिल भनाइहरु

१. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु । – थोमस एडिसन

२. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो । – गौतम बुद्ध

३. हाम्रो महानता कहिल्यै नखस्नुमा होइन, बरू प्रत्येक खसाइ पछी उठ्नुमा हुन्छ । – कन्फ्युसियस

४. तिमीले अरूलाई दिनसक्ने महान् उपहार भनेको निशर्त प्रेम र स्विकारोक्ती हो । – ब्राइन ट्रेसी

५. विना साहस तिमीले यो संसारमा केही गर्न सक्दैनौ । यो जीवनको महानतम गुण हो । – अरस्तु

६. पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ । – हेलेन केलर

७. आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन । – अल्बर्ट हुबार्ड

८. जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ । – मार्सा सिनेटर

९. लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ । – स्कट रीड

१०. पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ । – नोर्मान भिनसेन्ट

११. संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ । – हेलेन केलर

१२. हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन । – जर्ज इलियट

१३. प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती होइन बरू त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन । – चार्ल्स डार्विन

१४. सात पटक खस र आठ पटक उठ । – जापानी कहावत

१५. मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, तर मलाई लाग्छ कमल दलदल हिलोकै बिचमा फुल्छ, सफा माटो चाहियो भन्दैन, पिपलले कहिल्यै रूखो चट्टान छ भन्दैन, त्यसलाई फोरेरै उम्रन्छ । मनै देखि नआट्नेहरूले मात्र बाहना देखाउने हुन् । – केशर भण्डारी (यात्री)

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!