विचार

परीक्षामा असफल भएका विद्यार्थीका लागि डा. योगी विकाशानन्दको सन्देश

परीक्षामा असफल भएर केही पनि फरक पर्दैन । किनभने सफल भएरै पनि के नै पो फरक पर्छ र ? शिक्षित बेरोजगारको कारखाना बन्दै गएको यस देशमा, शिक्षितहरू आतंककारी बन्दै गएको यस संसारमा परीक्षा होईन जीवनमा सफल हुनु पुरूषार्थ हो ।

नोवेल पुरस्कार पाउने रवीन्द्रनाथ टैगोर सात पटक ‘एस् एल् सी स्ट्याण्डर्ड’ को जाँचमा फेल भएका थिए । त्यस्तै विश्वविख्यात फिल्म डाइरेक्टर स्टेफन स्पीइल बर्ग, ए. बी. सी. न्यूजका मालिक पिटर जेनिङ्ग्स, एप्पल कम्प्यूटरका स्टेभ् जब्स्, अमेरिकी पूर्व राष्ट्रपति हेरी एस् टुमन आदि केही यस्ता नमुना हुन् जसले औपचारिक शिक्षामा खासै सफलता पाएनन् । त्यसकारण परीक्षामा असफल हुनुको मतलव जीवनमा असफल हुनु पक्कै होइन, बरू जीवन सफल पार्ने सुनौलो अवसर हुनसक्छ । म त भन्छु भाग्यमानी हुन् फेल हुनेहरू, किनभने मन नपरेको विषयवस्तु पढेर आफ्नो सिर्जनशीलता नष्ट पार्नुभन्दा मन परेको विषयमा तालिम लिएर पछि त्यसैलाई शिक्षा एवं व्यावसाय समेत बनाउने स्वर्ण अवसर हुन सक्छ, परिक्षामा फेल हुनु भनेको ।

साभार : जीवन कला मासिक

कलेज शिक्षा पुरा नगरेर के भो ? निम्न विश्व-प्रख्यात व्यक्तिहरूले कलेज तह कहिल्यै पुरा गरेनन्

ब्रायन एडम्स, एडेल, धिरूभाइ अम्बानी, हान्स क्रियश्चन एण्डरसन, जुलिएन आसान्ज, विलियम ब्लेक, जेम्स क्यामरून, जिम क्यारी, ज्याकी च्यान, चार्ली च्याप्लिन, विनोद चौधरी, विस्टन चर्चिल, पाउलो कोएल्हो, क्रिष्टफोर कोलम्बस, टम क्रुज, लियोनार्दो डिकाप्रियो, चार्ल्स डिकेन्स, वाल्ट डिज्ने, थोमस एल्भा एडिसन, एमिनेम, रिहान्ना, एन्जो फेरारी, हेनरी फोर्ड, बेन्जामिन फ्रेंकलिन, रोब्रट फ्रस्ट, लेडी गागा, विल गेट्स, एडोल्फ हिट्लर, स्टिभ जब्स, एभ्रिल लेभिन्गे, अब्राहम लिंकन, मार्लिन मुनरे, मोजार्ट, फ्लोरेन्स नाइटिंगेल, जर्ज अर्वेल, पाब्लो पिकासो, साकिरा, विलियम शेक्सपियर, जर्ज बर्नाड शा, टेइलर स्विफ्ट, लियो टोल्सटोय, मार्क ट्वेन, जर्ज वासिंगटन, राइट दाजुभाइ, मार्क जुकरबर्ग, माइकल फराडे, एच् जी वेल्स, जर्ज गार्शविन, वाल्ट विट्म्यान, जोन डे रकेफेलर, विल स्मिथ, स्टेफन स्पेइलबर्ग, रविन्द्रनाथ ठाकुर, रेखा थापा, माधव घिमिरे, रामकृष्ण ढकाल आदि आदि ।

विद्यालयी शिक्षाका सवालमा

₹ विथोविनका पिताले उनलाई विद्यालय पठाएका थिएनन्, उनलाई थाहा थियो विद्यालयी शिक्षामा प्रतिभाको कुनै कदर हुदैन ।

₹ प्रख्यात वैज्ञानिक म्याडम क्युरीले आफ्ना छोरीहरूलाई विद्यालयबाट झिकेर अनौपचारिक शिक्षा प्रदान गरेकी थिइन । खेल्ने, कुद्ने, लेख्ने, प्रयोग गर्ने जस्ता । यसर्थ दुइ छोरीहरू मध्ये एक प्रशिद्ध लेखिका बनिन् भने अर्कोले नोवेल पुरस्कार जितिन् ।

₹ थोमस एल्भा एडिसन विद्यालय जान पाएनन्, उनलाई विद्यालयबाट निकालिएको थियो । उनकी आमाले उनलाई पढाएकी थिइन् । उनी सधै पुस्तकालयमा बसेर पढ्थे । उनले भनेका छन् मैले किताब पढिन तर पुरै पुस्तकालय पढे ।

₹ अल्बर्ट आइन्साटाइन विद्यालयमा ज्यादाजसो गयल हुन्थे । उनले यसलाई जेलका रूपमा लिएका थिए । उनी सधै स्कूल बंक गरेर पुस्तकालएमा पढ्न जान्थे ।

₹ रविन्द्रनाथ टैगोर स्कुलमा कहिल्यै ध्यान दिएर पढ्दैनथे । उनी SLC मा सात पटक फेल भएका थिए । तर उनको भाई पढाइमा अब्बल थिए । परिवारले भविष्यवाणी पुस्तकमा लेखेका थिए, पछी गएर भाइ पक्कै केही गर्नेछ तर यो रविन्द्रेबाट केही आशा राख्न सकिन्न ।

हाम्रो वद्यालय शिक्षा पद्धती तगारो होइन, साधन हुनपर्छ प्रतिभाका निम्ती । अनीमात्र एडिसन, आइन्स्टाइन अनी विथोविनहरू जन्मनेछन् ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!