प्रेरक लाइनहरु

यी लाइनहरुले छुनसक्छ तपाइको मन [तेस्रो खण्ड]

१. समयले धेरै घाउ दिन्छ, त्यसैले घडीमा फुल होइन काँडा हुने गर्छ ।

२. प्रेमको सम्बन्ध पनि कस्तो गजबको हुन्छ, मिल्यो भने ` कुरा ´ लम्बिन्छ , वियोग भयो भने ` याद ´ लम्बिन्छ ।

३. सच्चा प्रेममा निस्किएको आँशु र बच्चाको आँशु एक समान हुन्छ , किनकी दुवैलाई थाहा छ कि दर्द के हो , तर कसैलाई भन्न सक्दैन ।

४. मतलबको दुनियामा मान्छे अफसोस ले भन्छन , ` कोहि कसैको हुदैन ´ तर कसैले यो सोच्दैनन कि ` म कसको भए ?

५. जहाँ कदर हुदैन त्यहाँ नजानु , जे पच्दैन त्यो नखानु , जो सत्य बोल्दा रिसाउछ त्यसलाई नफकाउनु , जो नजर बाट गिर्छ त्यसलाई नउठाउनु , जो मौसम जस्तो बदलिन्छ त्यसलाई साथी नबनाउनु , कठिनाइ र समस्या त जिन्दगीको हिस्साहरु हो डटिरहनु तर नडराउनु ।

६. सच्चा मान्छेलाई हमेशा झुठा मान्छेहरु भन्दा धेरै सफाइ दिनुपर्छ ।

७. जुन कुरा आज तिमिसित छ त्यो सधैभरी रहिरहदैन, केही दिन पछि तिमी पनि आज जस्तो हुदैनौ ।

८. जिन्दगी पनि निर्दयी छ, निद्रा नासो लिएर सपना बेच्दछ ।

९. जो आफ्नो लागि नभएर दुनियाको लागि सोच्दछ अक्सर उहीँ एक्लो पर्छ ।

१०. कलयुग हो साथी !  यहाँ झुठलाई ” स्वीकार ” गरिन्छ सत्यलाई ” शिकार ” गरिन्छ ।

११. जिवनमा तपाइलाई जुन चिज को धेरै * लगाब * हुन्छ त्यही कुरा तपाइको ” दुख ” को कारण बन्छ ।

१२. यदि कुनै “खराब” व्यक्ती तपाइको साथी छ भने विश्वास गर्नुस तपाईं राम्रो व्यक्ती होइन ।

१३. हिजो आजको नाता सम्बन्ध पनि नोकरी जस्तै भएको छ राम्रो अफर मिल्ने बित्तिक्कै बदली दिन्छन ।

१४. मान्छेले गैरहरुले दिएको इज्जत र आफ्नाहरुले दिएको दुख कहिल्यै भुल्दैनन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!