विश्व साहित्य

बिस्तारै पढ्नुस साथीहरु, यदि एउटा वाक्य पनि दिल मा छोयो भने कविता सार्थक हुनेछ

म पनि रिसाए ,
तिमी पनि रिसायौ
फेरि फकाउछ कसले ?

आज दरार छ ,
भोलि खाल्डो हुनेछ
फेरि भर्नेछ कसले ?

म चुप ,
तिमी पनि चुप
यो चुप्पीलाई फेरि तोड्नेछ कसले ?

सानो कुरालाई लिन्छौ दिलमा भने ,
सम्बन्ध फेरि निभाउछ कसले ?

दुखी म पनि र तिमी बिछोडिएर ,
सोच हात फेरि बढ़ाउछ कसले?

न म राजी ,
न तिमी राजी ,
फेरि माफ़ गर्नको लागि बड़प्पन
देखाउछ कसले?

डूब्नेछ यादहरु दिल मा कुनैबेला भने ,
फेरि धैर्यता राख्नेछ कसले ?

एउटा अहम् मेरो ,
एउटा तिम्रो भित्र पनि ,
यो अहम् लाई फेरि हराउछ कसले ?

जिन्दगी कसलाई मिलेको छ सदाको लागि ?
फेरि यी पलहरुलाई एकलै बिताउनेछ कसले? 

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!