प्रेरक लाइनहरु

यी लाइनहरुले छुनसक्छ तपाइको मन [पाचौ खण्ड]

१. बिना जोखिम केही पनि पाइदैन र जोखिम उसैले उठाउछ जो साहसी हुन्छ ।

२. आजको समयमा धेरै राम्रो बन्नु पनि गल्ती हुन्छ मान्छेहरुलाई लाग्छ कि तपाइले देखावटी गरिरहनुभएको छ ।

३. चिसो भएपछि तातो पारीएको चिया र दोस्रोपटक सुधारीएको सम्बन्धमा पहिले को जस्तो मिठास हुदैन ।

४. हिरालाई चिन्नुछ भने अन्धकार को प्रतीक्षा गर्नुस , घाम मा त शिसा को टुक्रा पनि चम्किन थाल्छ ।

५. हरेकदिन लडेर पुर्णरुपले उठ्छु, हेर ! जिन्दगी हेर ! मेरो हौसला तेरो भन्दा पनि ठूलो छ ।

६. एक्लोपन सयगुना राम्रो हुन्छ…… झुठो ” वादा ” भन्दा झुठा ” मान्छे ” भन्दा !

७. नजर र नसिब को मिल्नुको अवस्था बस यस्तो हुन्छ , नजरले त्यही मन पराउछ जुन नसिबमा हुदैन ।

८. बिर्सेर पनि कसैलाई आफ्नो दिलको कुरा नगर्नु … यहाँ कागज पनि तुरुन्तै अखबार बनिदिन्छ ।

९. जिन्दगीको हात हुदैन ! तर – कहिले काहीँ यसले यस्तो थप्पड हान्छ कि पुरै जिन्दगी भर याद रहन्छ ।

१०. कसैको राम्रो दिल बुझ्नको लागि पहिला आफुसित राम्रो दिल हुनुपर्छ ।

११. जिन्दगी कुनै रेडिमेड कपडा जस्तो होइन , कि बजारमा गयौ र तयार कपडा किन्यौ । जिन्दगीको कपडा बनाउनुपर्ने हुन्छ , अनि जे बनाउनु हुन्छ त्यही लगाउनुपर्ने हुन्छ र अरु कोहि तपाइको जिन्दगी मा केही गर्न सक्दैन कोहि अरुले तपाइको जिन्दगी को कपडा बनाइदिदैन । जिन्दगीको मामला मा त आफ्नो कपडा आफैले नै बनाउनुपर्ने हुन्छ ।

१२. खेल सबै खेल्नु तर कसैको भावना सित कहिल्यै नखेल्नु ।

१३. त्यो अगाडि बढ्छ जो शुर्यलाई जगाउछ । त्यो पछाडी नै रहन्छ जसलाई शुर्यले जगाउछ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!