कथा विश्व साहित्य

तीन प्रेरक एवं शिक्षाप्रद कथाहरु

पहिलो कथा :

एकजना मान्छे राती झुपडीमा बसेर एउटा सानो दियो जलाएर कुनै शास्त्र पढिरहेका थिए । रात छिप्पिसकेको थियो । जब ऊ थाकेछ तब उसले फुकेर दियोलाई निभाइदियो ।

तर उसले यो देखेर हैरान भयो कि जबसम्म दियो जलिरहेको थियो , पुर्णिमाको चन्द्रमा बाहिर थियो , तर जब दियो निभायो तब चन्द्रमाको किरणहरु कोठामा फैलिएछ । त्यो मान्छे ले यो सोचेर धेरै हैरान भयो कि ” यति सानो दियो ले पुरै चन्द्रमालाई बाहिर रोकेर राखेको थियो ” ।

त्यसरी नै हामीले पनि आफ्नो जीवन मा अहंकार र घमण्ड को सानो सानो दियो जलाएर राखेका छौ , जसको कारण ले खुशी , प्रेम र आनन्द बाहिर को बाहिरै उभिएको हुन्छ , जबसम्म यी कुराहरुलाई त्याग्दैनौ तबसम्म मन शान्त र आनन्दित हुदैन , जब मन शान्त हुन्छ अनि मात्र खुशी र आनन्द को उपस्थित हुन्छ ।

दोस्रो कथा :

एउटा नगरमा एक पसिद्ध चित्रकार बस्थ्यो । चित्रकारले धेरै नै सुन्दर तस्बिर बनाएर त्यही नगरको चौबाटोमा ठड्याइदियो र तल लेखिदियो कि जस जसलाइ यसमा कमि कमजोरी नजर आउँछ कृपया सच्याइदिनुहोला ।

जब उसले बेलुका त्यो तस्विर देख्यो तब त्यसमा पुरै कोरकार गरेर खराब भइसकेको थियो । उ धेरै चिन्तित भयो । त्यतिकैमा फेरि अर्को दिन खाली क्यानभास बोर्ड राखेर त्यसमा लेखिदियो ” कृपया सुहाउदो रङ भरिदिनुहोला ” र त्यही नगर मा ठड्याइदियो । जब बेलुका भयो तब उसले तस्बिर देख्यो कि त्यसमा कसैले केही पनि गरेको थिएन ।

यहि नै सँसारको रित हो ” अरुको कमि निकाल्नु , निन्दा गर्नु , खराबी गर्नु सजिलो हुन्छ , अरुमा गल्ती खोज्नु सरल हुन्छ , मान्छे आफ्नो गल्तिमा वकिल र अरुको गल्तिमा न्यायधिश बन्छ ।

तेस्रो कथा :

एकजना व्यापारकीको मेसिन बिग्रिएछ ।
उसले आफ्नो तर्फबाट बनाउने जती प्रयाश गरेपनि स्टार्ट गर्न नसकेपछि, इन्जिनियरलाई बोलाएछ । यसपछि, मेकानिक आएर गम खादै बिग्रिएको इन्जिन तर्फ हेर्छ । एउटा घन र छडी माग्छ । अनी मेशिनको एकतर्फ ढ्वाक्क हान्छ ।

तत्काल मेशिन स्टार्ट भइहाल्छ ।

व्यापरी खुसी हुँदै भन्छ, ‘ए, सजिलै बनेछ ! कती दिउ यसको लागि ?’

इन्जिनियर, -‘पँच हजार !’

व्यापारी चित पर्दै भन्छ ‘एकचोटि ढ्वाक्क हानेको पनि पाँच हजार ?’

इन्जिनियर भन्छ, ‘होइन! ढ्वाक्क हानेको त जम्मा सय रूपैया हो ।

व्यापारी, ‘अनी पाँच हजार के को त ?’

इन्जिनियरले मेसिन तर्फ हर्दै भन्छ ‘कहाँ हान्ने हो, त्यो पत्ता लगाएको लागि चार हजार नौ सय !’ 

मोरल : सबैभन्दा ठूलो कुरो निश्चित लक्ष्य ठम्याउन सक्नु हो, मूख्य कुरोलाई चिन्नु हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!