विविध

तपाईको सफलताको बाधक कुन हो, कुन होइन ?

– तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।

– तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।

– तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।

– तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन, स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।

– तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।

– तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।

— तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो….। तिमी सिवाय यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो ताकत छैन ।—

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!