सफलताको लागि

हरेक अवस्थामा सफलता सम्भव छ ।

– स्टिल किङ एन्ड्रयु कार्नेगी कुनै समयमा मजदुरी गर्थे ।

– सोइचिरो होण्डाले श्रीमतीको गहना बेचेर होंडा मोटरसाइकल कम्पनी स्थापना गरे ।

– धीरूभाई अम्बानी कुनै समयमा पेट्रोल पम्पमा काम गर्थे ।

– कस्मेटिक क्वीन एस्टी लडर झुत्रो बस्तीमा जन्मिएकी थिइन् ।

– बाल्यकालमा आइन्स्टाइन र एडिसनलाई सुस्त मनस्थिति भएको मानिन्थ्यो ।

– ह्यारी पोर्टरकी विश्वविख्यात लेखिका जे.के रोलिङले आफ्नो पहिलो उपन्यास कागजका टुक्रामा लेखेकी थिइन् ।

– अमेरिकी राष्ट्रपति फ्रेंक्लिन रूजवेल्टको खुट्टामा प्यारालाइसिस भएको थियो ।

– विथोविनले आफ्ना महान संगीत रचना बहिरो भइसकेपछि लेखेका थिए ।

– प्रख्यात चित्रकार वान गगको जीवनकालमा उनको एउटामात्र चित्र बिक्री भएको थियो ।

– प्रसिद्ध मुक्केबाज मुहम्मद अली बाल्यवस्थामा अरूले दिएको कपडा लगाउथे ।

तपाईको विगत व वर्जमान जस्तोसुकै अवस्थाको होस् । तपाईको जन्म चाहे गरिब वा धनी परिवारम भएको होस् । तपाई सांग हुनुहोस् वा अपांग । तपाई युवा हुनुहोस् वा वृद्ध । तपाईको यी कुनै पनि अवस्थाले तपाईको सफलतालाई छेक्न सक्दैन, रोक्न सक्दैन । संघर्ष : जस्तोसुकै अवस्थामा पनि आत्मविश्वासका साथ गरिएको निरन्तरको संघर्षले जिन्दगी तपाईले जस्तो चाहनुभयो त्यस्तै हुनसक्नुहुन्छ । हो, हर अवस्थामा सफलता संभव छ । यो मन्त्र मुटुभित्र गाढेर राख्नुहोस् । यहाँ हरकोही सफल हुनसक्छ । संसारका ९९% सफलतम मानिसका झिन्दगी झाकेर हेर्दा यही यथार्थ प्रमाणित हुन्छ । बस्, तपाई अघि बढिरहनुहोस् ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!