जीवनी विश्व साहित्य

कथा होण्डाको

औसत परिवारमा जन्मिएका (सन् १९०६ मा) होण्डाको इन्जिनियरिङमा औधी रूची थियो । स्कूले पढाइले उनको जिज्ञासुपनलाई शान्त गर्न नसकेपछि उनले आठ कक्षापछी पढ्नै छोडिदिए । स्कूलै नगएपनि स्वअध्ययनबाट उनी निखारिएका थिए । एकपटक उनले ठूलो विश्वास राखेर टोयोटा कम्पनीमा जागिरका लागि आवेदन दिए, तर ठाडै रिजेक्ट भयो । यसले उनलाई इख लिन सहयोग गर्यो । अनी उनी आफ्नै कम्पनी खोल्न तिर लागे । उनीसँग आर्थिक स्रोत थिएन, यसैले निकै कडा मिहिनेत गर्नुपर्यो । उनले एक एक पसिनाको मोल तिरेर आफ्नै कम्पनी खोलि छाडे, पुरानो इख पुरा गरे ।

तर दुर्भाग्य टरेको थिएन । द्वितिय विश्वयुद्धमा अमेरिकी बम वर्षक विमानले उनको फ्याक्ट्रीमा बमबारी गरिदियो । सबथोक जलेर खरानी परे । उनी कंगाल बने । यतीसम्मकी उनीसँग जीवनयापनका कुनै साधन थिएनन् । यती हुँदा हुँदै पनि उनले वाधा-व्यवधानलाई छिचोलेर पुन कारखानालाई चालु अवस्थामा ल्याए । फेरी कम्पनी नम्वर एक हुदै थियो अचानक आएको भूकम्पले उनको अटो पार्टस प्लान्ट पुनः ध्वस्त पारिदियो । फेरी उनी कंगाल बने ।

तर सधै नै असफलता सफलताको जननी बनिदिन्छ । यी सबैका बाबजुद होण्डाले हार मान्न अस्विकार गरे । उनीसँग कार थिएन । उनीसँग जे थियो, सबै कवाड सामान मात्र थिए । यस्तैमा उनले एक बेकार जी आई इन्जिन लिएर त्यसलाई साइकलमा राखेर मोटरसाइकल बनाए । एक मित्रले त्यो मोटरबाइक देखे र होण्डासँग आफ्नो लागि पनि त्यस्तै मोटरबाइक बनाइदिन आग्रह गरे । फेरी अर्को मित्र, अनि अर्को, अनि फेरी अर्को मित्र, यसरी यो सिलसिला चलिरह्यो र होण्डा मोटरसाइकल कम्पनिको जन्म भयो । जब उनले सन् १९४८ मा आफ्नो पहिलो मोटर साइकल कम्पनीको कारखाना खोले, त्यसबेला उनीसित मेसिनको पार्टस तथा औजार किन्ने पैसा थिएन । उनले आफ्नो श्रिमतीको गहना बेचेर स्पेयर पार्टस किने । उनको अथक मेहेनतले होण्डा कम्पनी विस्तार हुँदै गयो ।

सोइशिरो होण्डा सर हेनरी फोर्ड पछीका दुनियाँको महानतम् इन्जिनियर मानिन्छन् । तर उनले कक्षा आठ भन्दा बढी पढेनन् । उनको इन्जिनियरीङ प्रतीको लगाव, निष्ठा र निरन्तरको मेहेनतद्वारा नै उनले इतिहास रचेका थिए । थाहा पाइ राखौ, होण्डा अमेरिकन अटोमोबाइल हल अफ फेमका लागि छानिने पहिलो जापानि एक्जिक्टुटिब हो । उनले त्यहा चुनिनका लागि एक क्यटलिटिक इन्जिनको एक जटिल समस्याको समाधान गरेका थिए जुन उच्च डिग्री हासिल गरेका डेट्राइट इंजिनियरहरूले पनि सुल्झाउन सकेका थिएनन् ।

यो थियो सोइशिरो होण्डाको असफलता देखि सफलतासम्मको कथा ।

प्रतिक्रिया

  • यो त थियो त्यो जमानाको
    तर हालको अवस्थामा त्यो सम्भव छैन
    त्यो समयमा पैसा भन्दा विश्वास प्यारो थियो
    तर अहिले विश्वास भन्दा पैसा

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!