सफलताको लागि

सफलता vs तपाईको बहाना

1. मलाइ उचित शिक्षा पाउने अबसर मिलेन
– उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन ।

2. म धेरै पटक हारीसके अब हिम्मत छैन
– अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए ।

3. म अत्यन्त गरीब घरबाट छु
– पुर्व राष्ट्रपती अब्दुल कलाम पनि गरीब घरबाट थिए ।

4. म सानो देखि अस्वस्थ थिए
– ओस्कार विजेता मर्लिन मेटलिन पनि सानैदेखी बहिरी र अस्वस्थ थिइन ।

5. मैले साइकलमा चढेर आधा जिन्दगी निकालेको छु
– निरमा कम्पनिको करसन भाइ पटेल पनि साइकलमा निरमा बेचेर आधा जिन्दगी बिताए ।

6. एउटा दुर्घटनामा लङ्गडो भएको कारणले मेरो हिम्मत गुम्यो
– प्रख्यात नृत्यांगना सुधा चन्द्रनको खुट्टा अहिले पनि नक्कली छ ।

7. मलाई सानैदेखी नै मन्दवुद्धिको भन्ने गर्छन
– थोमस एल्बा एडिसनलाई पनि सानोमा मन्दबुद्धिको भन्ने गर्थ्यो ।

8. सानैमा नै मेरो बुवाको निधन भएको थियो
– प्रख्यात संगीतकार ए आर रहमानको बुवाको पनि निधन सानैमा भएको थियो ।

9. मलाई सानैदेखी नै परिवारको जिम्मेवारी उठाउनुपर्यो
– लता मंगेस्करलाई पनि सानैमा परिवारको जिम्मेवारी उठाउनु परेको थियो ।

10. म एक सानोतिनो नोकरी गर्छु
– यसले के फरक पर्छ : धिरुभाई अम्बानिले पनि पेट्रोल भर्ने सानोतिनो काम गरेका थिए ।

11. मेरो कम्पनी घाटा गइरहेको छ अब मलाई भरोसा कसले गर्छ ? ,
– दुनियाँको सबैभन्दा ठूलो चिसो पेय निर्माता पेप्सि कोला पनि दुईपटक घाटामा गइसकेको छ ।

12. मेरो दुई पटक नर्भस ब्रेक डाउन भइसकेको छ अब म के नै गर्न सक्छु
– डिज्निल्याण्ड बनाउनुभन्दा अगाडि वाल्ट डिज्नी पनि तीन पटक नर्भस ब्रेक डाउन भएका थिए ।

13. मेरो उमेर धेरै भयो म बुढा भइसके
– विश्व प्रसिद्ध केंटुकि फाइड चिकेनको मालिकले 60 वर्षको उमेरमा रेष्टुरेन्ट खोलेका थिए ।

14. म सित बहुमुल्य आडिया छ तर मान्छेले अस्विकार गरिदिन्छ
– झेरोक्स फोटोकपी मेसिनको आइडियालाई पनि धेरै कम्पनिले अस्विकार गरेका थिए , आज परिणाम सामुन्ने छ ।

15. म सित धन छैन
– इन्फोसिसको पुर्व चेयरमेन नारायण मुर्तीसित पनि धन थिएन , उनलाई आफ्नो श्रीमतिको गहना बेच्नु परेको थियो ।

16. म धेरै विरामी छु , म भित्र रोगहरु धेरै छन
– वर्जिन एयरलाइन्सको प्रमुखलाई पनि धेरै रोगहरु थियो , राष्ट्रपती रुजबेल्टको दुवै खुट्टा काम गर्दैन थियो ।

आज तपाई जहाँ हुनुहुन्छ र भोलि तपाई जहाँ हुनुहुनेछ , यसको लागि तपाई कोहि अरुलाई जिम्मेवारी ठहराउन सक्नुहुन्न । त्यसैले आजै चुनाब गर्नुस , सफलता या सपना चाहिन्छ कि खोक्रो बहाना ? बहाना बनाउने व्यक्ती आजसम्म सफल भएका छैनन ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!