प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [दशौ भाग]

१. औपचारीक शिक्षा तपाइको जिवनयापनको लागि काफी हुन्छ तर आत्मशिक्षाले तपाइलाई भाग्यवान र मुल्यवान मान्छे बनाउछ ।

२. आत्मविश्वास बढाउनको लागि तपाई त्यही काम गर्नुस जुन काम गर्नलाई तपाईं डराउनुहुन्छ ।

३. छाताले वर्षातलाई रोक्न त सक्दैन तर वर्षातमा खडा हुनलाई हौसला अबस्य दिन्छ, यसरी नै आत्मविश्वासले सफलताको ग्यारेन्टी त लिदैन तर सफलताको लागि संघर्ष गर्न प्रेरणा अवस्य दिन्छ ।

४. आफ्नो हौसलालाई यो न बताउनुस कि तपाइको समस्या कति ठूलो छ, आफ्नो समस्यालाई यो बताउनुस कि तपाइको हौसला कति ठूलो छ ।

५. राम्रो कुराको पछाडी कोहि जादैनन खराबको पछि-पछि सब जान्छन, रक्सी बेच्नेहरुलाई कहि धाउनुपर्दैन दूध बेच्नेहरुलाइ घर घर चहार्नुपर्छ ।

६. केहि सम्बन्धहरुको `नाम´ हुदैन र केही सम्बन्धहरु नाम मात्रको हुन्छ ।

७. लक्ष्य पाउनु त टाढाको कुरा हो, घमण्डमा रहन्छौ भने बाटो पनि देख्न पाउदैनौ ।

८. यो जिन्दगीको बोझभन्दा त वचपनको स्कुल ब्यागको बोझ राम्रो थियो ।

९. अलैचीको दानाहरु जस्तै भाग्य छ मेरो सुगन्ध त्यति नै फैलियो जति म पिसिदै गए ।

१०. केही मान्छेहरु खानलाई यति माहिर हुन्छन कि उनिहरुले अरुको खुशी पनि खाइदिन्छन ।

११. भरीएको बजारबाट अक्सर खाली हात फर्किने गर्छु, पहिले पैसा हुन्थिएन अब ईच्छाहरु रहेन ।

१२. केही मान्छेहरु आएका थिए मेरो दुख बाड्न, मलाई खुशी देखेर रुष्ट भएर फर्के ।

१३. हरेक मान्छे बिक्छ यहाँ, कति सस्तो कति महंगो यो उसको बाध्यताले तय गर्छ ।

१४. सानो-सानो कुराहरु दिलमा राख्दा ठुला ठुला सम्बन्धहरु कमजोर भइदिन्छ ।

१५. धेरै वर्षपछी स्कुलको क्यान्टिनमा गए, चियावालाले सोध्यो – के लिन्छौ ? मैले भने – पुरानो साथीहरु पाइन्छ ?

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!