प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

पाब्लो पिकासोका ‘एघार’ भनाइहरु

१. योजनालाई काममा परिणत गर्नु नै सफलताको आधार हो ।

२. योजनाको गाडीमा हाम्रा लक्ष्यहरु राखेर परिश्रमले उक्त गाडी डोहोर्याउनु नै सफलता तर्फ उन्मुख हुनु हो ।

३. सफलता खतरनाक हुन्छ । यदि मानिस सफल हुन्छ, उसले आफैले आफ्नो नक्कल गर्न थाल्छ । र, अरुको नक्कल गर्नुभन्दा खतरा आफ्नै नक्कल गर्नु हो ।

४. तिमीले जुन कुरा कल्पना गर्न सक्छौ, त्यो साँचो हुन्छ । कल्पनामा जिद्दीपन र पगलपन हुन जरुरी हुन्छ।

५. हामी बूढो हुँदैनौ, हामी परिपक्क हुँदै जान्छौं ।

६. मैले जुन काम गर्न जान्दिन त्यो काम गर्न अगाडी सर्छु । जसले गर्दा, मैले त्यो काम गर्न सिक्छु । जुन काम गर्न मलाइ डर लाग्छ म त्यहि काम गर्छु तकि मेरो मन देस्खी डर भागोस।

७. प्रत्येक बच्चा कलाकार हो । फरक यसमा पर्छ की, ऊ ठूलो हुँदै जाँदा वरिपरिको वातावरण अनुसार आफूलाई कस्तो राख्न सक्छ।

८. बिगार्नुबाट नै कुनै पनि कुराको सृजनाको सुरुवात हुन्छ । फेल भयो, काम बिगारो/बिगारी भनेर भन्नू भन्दा त्यस बाट केही सिक्ने मौका पायो भन्ने सोच्ने गर्नुपर्छ।

९. प्रेरणा भन्ने शब्दले हामीलाई काम गरिरहेको भेट्नुपर्छ । कोसैलाइ प्रेरणा दिन सिक्नु पर्छ। प्रेरणा दिनु को साटो तैले यो अ्मुक काम गर्न सक्दैनस अथवा यस्तो काम गर्न तम्सिने या गर्ने त पागल होस भनेर कोसैलाइ नसोचौ, नभनौ।

१०. जीवनलाई ताजा बनाइराख्ने चिज भनेको नै माया हो । सबैलाइ दिन पुग्ने भनेकै माया हो। माया र शिक्षा जति दिनसकिन्छ उति नै बढछ।

११. जीवन लाई हसिलो बनाइ राख्ने चिज भनेको सकरात्मक सोच र आत्म सन्टुष्टी हो। यस लाई निरन्तरता दिन सिकौ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!