प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु – शृंखला ४

१. मलाइ एक्लै हिड्नमा धेरै मजा आउँछ न कोहि अगाडि हिड्छ न कोहि पछाडी छुट्छ ।

२. बचपन कति सुन्दर थियो त्यतिखेर खेलौना जिन्दगी थियो अहिले जिन्दगी खेलौना भएको छ ।

३. सबैलाइ खुशी पार्न खोज्नु भनेको जिउदो भ्यागुतालाई तराजुमा तौलिनु जस्तै हो , एउटा लाई बसाउनुहुन्छ भने अर्को उफ्रेर भाग्छ ।

४. दुनियाँको सबै भन्दा ठुलो भगवान भनेको आफ्नो आमा बाबु हुन्, जसले जन्म दिएर भगवानलाई पुज्नु पर्छ भनेर सिकाउँछ !

५. यदी यो संसारमा केही कुरा असम्भव हुन्थ्यो भने सायद यो संसारको नै रचना हुने थिएन ।

६. जिन्दगीमा यस्तो दिन कहिल्यै नआओस् धन सम्पत्ति कमाएर पनि सधैं भरी एक्लो पनको आभास होस्, बरु गरिबनै हुनु तर आफ्नाहरु सधैं साथमा होस्!

७. मान्छेहरूले भन्छन् कि पागलको कुनै भरोसा हुदैन भनेर ,तर मान्छेहरूले यो सोच्दैन कि कसैको बिश्वास र भरोसाले नै उसलाई पागल बनाएको हो भनेर!

८. माया यस्तो मान्छे सगँ गर्नु कि जो हास्दा हास्ने होइन, रूदा आँसु पुछी दिनेहोस् !

९. केबल देखाउनको लागी मात्र राम्रो हुनु भनेको ,सायद खराब हुनु भन्दा पनि खराब हो ।

१०. मौसम बदलिन्छ केही फरक पर्दैन त्यो प्राकृतिक नियम हो, जब मान्छे बदलिन्छ त धेरै फरक पर्छ किनकी त्यो स्वार्थ हो ।

११. जसरी कागतीको एक थोपा रसले हजारौं लिटर दूधलाई बर्बाद गरिदिन्छ,भने ठिक त्यसरी नै मान्छेको एक अहंकारले आफ्नो पुरै भबिस्य बर्बाद हुन्छ ।

१२. दुख मात्र पाउनु पर्छ ठिक्क पार्ने र माया गर्नेको रङ्ग पनि छर्लङ्ग देखिन्छ !

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!