नीति वचन – Safalata Post

मार्ग दर्शन गराउने – अर्थपूर्ण दश सुक्तिहरु
१. फल लागेपछि वृक्ष झुक्छ, वर्षाको बेला बादल झुक्छ, सम्पत्ति कमाएको बेला सज्जनहरू झुक्छन् । परोपकारीहरूको स्वभाव नै यस्तो हुन्छ ।

– आचार्य तुलसीदास

२. फूलको सुवास वायुको विपरीत जाँदैन तर मानिसको सद्गुणको महक सबैतिर फैलिन्छ ।

– गौतम बुद्ध

३. आलस्य मनुष्यको सबैभन्दा ठूलो शत्रु हो । उद्यम सबैभन्दा ठूलो मित्र । यो मित्रसँग बस्ने मानिस कहिल्यै दुःखी हुँदैन ।

– कवि भर्तृहरि

४. मिहिनेत गरे दरिद्रता रहँदैन, धर्म गरे पाप रहँदैन, मौन रहे कलह हुँदैन, जागा रहिरहे डर रहँदैन ।

– चाणक्य

५. चरित्रहीन शिक्षा, मानवताविहीन विज्ञान र नैतिकता विनाको व्यापार घातक हुन्छ ।

– सत्य साईबाबा

६. सर्पको दाँतमा, माहुरीको शिरमा र बिच्छीको पुच्छरमा विष हुन्छ । तर दुर्जनको शरीरभरि विषैविष हुन्छ ।

– कबिर

७. असल मित्र त्यही हो जो भेटेको बेला आदर–सत्कार गर्छ, पछाडि प्रशंसा गर्छ अनि आवश्यकता पर्दा मद्दत गर्न तत्पर हुन्छ ।

– अज्ञात

८. किताब यस्ता शिक्षक हुन् जो विना कष्ट, विना आलोचना र विना परीक्षा नै हामीलाई शिक्षा दिन्छन् ।

– अज्ञात

९. ऊ नै सबैभन्दा ठूलो ज्ञानी हो, जो आफ्ना कमी–कमजोरी थाहा पाएर आफैं सुधार गर्न सक्छ ।

– अज्ञात

१०. जो व्यक्ति बदलामा केही थोक पनि माग्दैन र पूर्ण रुपले निस्वार्थी छ त्यहि व्यक्ति नै सफल यक्ति हो र यहि नै सफलता र आनन्दको रहस्य हो ।

– स्वामी विवेकानन्द

सफल जीवनकोलागि जान्नुपर्ने चाणक्य नीति-वचन
चाणक्य नीति-वचन शृंखला – दोस्रो

१. दुष्ट व्यक्तिको चिल्लो कुरामा कहिल्यै भरोसा नगर्नु  क्नाकी उसले जति नै राम्रो कुरा गरे पनि आफ्नो मूल स्वाभाव भुल्न सक्दैन जसरी सिंहले सिकार गर्ने स्वाभाग भुल्न सक्दैन ।

२. फुलको सुगन्ध एक दिशामा मात्र फैलन्छ तर मानिसको राम्रो कामको सुगन्ध हरेक दिशामा फैलन्छ ।

३. आफ्नो सन्तानलाई सम्पति दिएँन भने उ केही बेर मात्र रुनेछ, तर यदि संस्कार दिइएन भने उ जिन्गदिभर रुनेछ ।

कदम, कसम र कलम सधै विचार पुर्याएर उठाउनु पर्दछ ।

४. तिमीले राजनीतिमा हिस्सा नलिनुको सबैभन्दा ठूलो दण्ड यहि हुन्छ कि कुनै अयोग्य व्यक्तिले तिमीमाथि सासन गर्नेछ ।

५. मलाई त्यो सम्पतिको आवश्यकता पर्ने छैन जसलाई पाउनको निम्ति मैले कठोर यातना सहनु पर्ने हुनेछ, या आफ्नो सदाचारलाई लिलाम गर्नुपर्ने हुनेछ वा शत्रुको चाप्लुसी गर्नु पर्ने हुनेछ ।

६. जो संग धैर्य छैन उसको न वर्तमान हुन्छ न भविष्य नै ।

७. कुवामा पानि झिक्न हालिएको बाल्टी निहुरिने गर्दछ यसैले त आफुभारी पानि तान्न सक्छ जीवनमा पनि यहि गणित लागु हुन्छ- जो व्यक्ति झुक्न सक्छ उसले नै प्राप्त गर्न सक्दछ ।

८. सफल हुन्को निम्ति वफादार मित्रको आवश्यकता पर्दछ तर अझै सफल हुनको निम्ति उस्तै शत्रुको आवश्यकता पर्दछ ।

९. जो मान्छे आफ्नो रहस्य र अर्काको रहस्य आफु भित्र नै राख्न सक्छ यस्तो व्यक्तिलाई अरुको अघि झुक्नु आवश्यकता पर्दैन ।

१०. अरुको गल्तीबाट सिक्ने गर किनकि तिमीसंग आफ्नै गल्तिद्वारा सिक्नको निम्ति निकै कम समय छ ।

११. जो वक्ति आफूसंग त्यो तागत नहुदा नहुदै पनि मन देखि हार मान्न इन्कार गर्दछ त्यो व्यक्तिलाई दुनियाको कुनै शक्तिले हराउन सक्दैन ।

तिमीले राजनीतिमा हिस्सा नलिनुको सबैभन्दा ठूलो दण्ड यहि हुन्छ कि कुनै अयोग्य व्यक्तिले तिमीमाथि सासन गर्नेछ ।

१२. विद्वानहरुको माझमा अनपढ उसरी नै अपमानित ह्हुन्छ जसरी हाँसको बिचमा बकुल्ला ।

१३. जबसम्म शत्रुको कमजोरी पत्ता लाग्दैन तबसम्म उसंग मित्रवत व्यावहार देखाउनु पर्ने हुन्छ ।

१४. शिक्षा नै मानिसको वास्तविक साथि हो । शिक्षित व्यक्ति जताततै सम्मानित हुन्छन । शिक्षाले नै सुन्दरता र जवानीलाई माथ दिन सक्छ ।

१५. कदम, कसम र कलम सधै विचार पुर्याएर उठाउनु पर्दछ ।

१६. भगवान साक्षात रुपमा प्रकट हुदैनन्, तिम्रो असल भावना न तिम्रो भगवान हो र तिम्रो आत्मा मन्दिर ।

सुखी जीवनकोलागि जान्नुपर्ने नीति-वचन [चाणक्य]
महान चाणक्यका नीति वचन शृंखला- पहिलो

१. चाहे व्यक्ति जति नै समझदार किन नहोस यदि मुर्ख शिष्यलाई पढाउनाले, दुष्ट स्त्रीसँग जीवन बिताउनाले, दुखि-रोगिको माझमा रहनाले सो व्यक्ति पनि दुखि बन्दछ ।

२. जसको घरमा आमा हुनूहुन्न र सो को ठाउँमा व्याभिचारी श्रीमती छ भने त्यो मान्छे बनवास गए हुन्छ किनकि उसको निम्ति घर र वन एक समान हो ।

कुनै काम अर्हाउदा सेवकको पहिचान हुन्छ, दुखको समयमा मित्रको पहिचान हुन्छ, विपत्तिको समयमा आफन्तको पहिचान हुन्छ, र धन नष्ट हुदाँ श्रीमतीको पहिचान हुन्छ ।

३. दुष्ट श्रीमती. घाती मित्र, मुख लगाउने नोकर र सर्प हुने घरमा रहनु मृत्युको कारण हो यसमा कुनै शंका नगर्दा हुन्छ ।

४. विपत्तिको समयमा धनको रक्षा गर्नुपर्दछ, यदी श्रीमती पनि समस्यामा छिन भने धन भन्दा पन्हिले श्रीमतीको रक्षा गर्नु पर्दछ तर यदि आफू स्वाय नै समस्यामा छ भने धन र श्रीमतीको विचमा पहिले आफ्नो रक्षा गर्नुपर्दछ ।

५. जुन देशमा सम्मान छैन, जुन स्थानमा जीविकाको कुनै माध्यम छैन, जुन ठाउँमा आफ्ना इष्टमित्र छैनन् अनि जुन ठाउमा विद्या आर्जन गर्ने विद्यालय छैन भने त्यस्तो ठाउमा बस्नु हुदैन ।

६. कुनै काम अर्हाउदा सेवकको पहिचान हुन्छ, दुखको समयमा मित्रको पहिचान हुन्छ, विपत्तिको समयमा आफन्तको पहिचान हुन्छ, र धन नष्ट हुदाँ श्रीमतीको पहिचान हुन्छ ।

७. जसले रोगव्याधी लाग्दा साथ दिने, सत्रु आइलाग्दा साथ दिने, घर परिवार चलाउन साथ दिने र मृत्यु पश्चात दाहसंस्कार गर्ने मित्र नै वास्तविक मित्र हुन्छ ।

८. जो पक्का हुनेवाला छ त्यसलाई छोडेर जे हुन्छ हुदैन अनिश्चित छ त्यसलाई अंगाल्ने मान्छेले निश्चीत कुरा पनि गुमाउन पुग्दछ । अर्थात जुन चिज पहिले मिल्ने वाला छ पहिले त्यसमाथि नै काम गर्नु पर्दछ ।

९. विद्वान व्यक्तिले विवाहको निम्ति रुपलाई भन्दा बढी कुलीनतालाई हेर्नु पर्दछ, विवाह सदैव समान कुलको विच गर्नु पर्दछ ।

१०. लामो नंग्रा हुने हिंस्रक जनावर, गहिरो नदि, लामा सिंग हुने जनावर, हतियार सहितको व्यक्तिको कहिल्यै विश्वास गर्नु हुदैन किनकि यिनीहरुले कतिबेला घात गर्दछन त्यो थाहा हुदैन ।

११. विषबाट पनि अमृत निकाल्नु पर्दछ, फोहोरबाट पनि मोहोर निकाल्नु पर्दछ, निच व्यक्तिबाट पनि उत्तम विद्या निकाल्नु पर्दछ किनकि साध्य भन्दा साधन गौण कुरा हो ।

१२. जसको सन्तान आज्ञाकारी हुन्छ, श्रीमती धार्मिक तथा सद्गुणले भरिएको हुन्छ, र जो व्यक्ति आफूसँग जति धन सम्पति छ त्यति मै सन्तुष्ट रहन सक्छ भने सो व्यक्तिको तिमित्त संसार नै स्वर्ग  सरी हुन्छ ।