व्यक्ति विशेष प्रेरक भनाइहरु – Safalata Post

रवीन्द्रनाथ ठाकुरका उत्कृष्ट भनाइहरु
विश्वप्रसिद्ध बंगाली साहित्यकार रवीन्द्रनाथ ठाकुरको जन्म सन् १८६१ मे ७ मा भारतको कोलकता स्थित जोडासाँकुमा भएको हो । विद्यालय शिक्षामा अत्यत्न कमजोर भएका कारण रवीन्द्रनाथलाई घरमै शिक्षा दिइएको थियो । भनिन्छ उनि म्याटि्रकको परीक्षामा सात पटक असफल भएका थिए । उनि तेह्र वर्षको हुदा उनले आमालाई गुमाउन पुगेका थिए, त्यहि पिडालाई साहित्यमा बदल्ने उनले अभ्यास थालेका थिए । आफैमा हराउने स्वाभावका उनि परिवारमा खासै आशा नागरिका छोरा थिए, तर उनीले पछी गएर आफ्नो कृति ‘गीतान्जली’ का निम्ति साहित्यमा नोबेल पुरस्कारसम्म जित्न सफल भए । आज हामी उनै प्रख्यात व्यक्तित्वका उत्कृष्ट १५ भनाइहरु यहाँ प्रस्तुत गर्दै छौं –

१. खुसी हुन धेरै सरल छ तर सरल हुन भने धेरै गाह्रो छ ।

२. त्यो व्यक्ति जसले आफूले रोपेको रुखको छहारीमा कहिल्यै बस्न पाउदिन भन्ने थाहा भएर पनि रुख रोप्दछ भने उसले कम्तिमा जीवनको अर्थ बुझ्न सुरु गरेको छ ।

३. जमिनमुनी गाढीएको जराले कहिल्यै पनि आफ्ना हाँगाविंगालाई फलमय बनाएको इनाम माग्ने गर्दैन ।

४. मन्दिरमा भगवानको पाउमाथि फूल चढाउनु अघि आफ्नो घरलाई प्रेमको बस्नाले सुशोभित गराउनु । मन्दिरमा भगवानको अगाडी दियो बाल्नको लागि जानु अघि आफ्नो हृदयमा भएको पापको अध्यारो हटाउनु ।

५. उच्चतम शिक्षाले हामीलाई फगत तथ्य/तथ्यांक मात्रै सिकाउने होइन बल्कि प्रकृतिका सबैसँग मेलमिलापका साथ बस्न सिकाउनु हो ।

६. एउटा मानिसले आफ्नो जीवनबाट सिक्न सक्ने महत्वपूर्ण पाठ भनेको संसारमा दुख छ भनेर बुझ्नु होइन बल्कि हरेक दुखलाई सुखमा बदल्न सकिन्छ भनेर बुझ्नु हो ।

७. म सुते र सपना देखे कि जीवन आनन्दमय थियो । म उठेर र देखे कि जीवन सेवा थियो । मैले गरे र देखे कि सेवामा नै आनन्द थियो ।

८. यदि तिमि मेरो जीवनबाट सुर्यको उज्यालो अस्तायो भनेर रुन थाल्छौ भने तिम्रा आँखामा आसु भरिएर चम्किरहेको ताराहरु देख्न सक्नेछौनौ ।

९. हामीलाई विविधताका वावजुद पनि होइन कि विविधता कै विचबट एक हुन दिनु किनकि एकअर्काको फरकपन हटाउन सकिदैन र त्यो विविधताविना जीवन एकदमै दरिद्र हुनेछ ।

१०. सुन्दरता भनेको त्यो सरल सत्य हो जुन प्रेमको आँखाबाट देख्न सकिन्छ ।

११. एउटा टुकीले अर्को टुकीलाई तबसम्म बाल्न सक्दछ जबसम्म उसले आफूलाई बलिरहन सक्दछ ।

१२. तिमि जो हौ सो देख्न सक्दैनौ, तिमीले जे देख्न सक्छौ त्यो वस् तिम्रो छायाँ मात्रै हो ।

१३. ति हरेकथोक जो हामीमाझ आउदछ त्यो हाम्रो हुनेछ यदि हामीमा त्यसलाई स्वीकार गर्ने क्षमता हुन्छ भने ।

१४. शक्ति बढ्दैमा गलत कहिल्यै पनि सत्यमा बदल्न सकिदैन ।

१५. पढाउनुको मुख्य उदेश्य व्याख्या गर्नु र बुझाउनु होइन, बल्कि विद्यार्थीको दिमागको ढोकामा ढकढकाइदिनु हो ।

जोन लेननका उत्कृष्ट चौध भनाइहरु
१. इमानदार भयौ भने तिमीले धेरै साथी बनाउन नसकौला तर जति बनाउदछौ सही साथी मात्र बनाउनेछौं ।

२. जब म पाँच वर्षको थिए, मेरो आमाले मलाई सधै भन्ने गर्नुहुन्थ्यो कि खुसी नै जीवनको साँचो हो । जब म विद्यालय गए, उनीहरुले मलाई ठूलो भएपछी के बन्न चाहन्छौं भनेर सोधे, मैले मात्र एक शब्द लेखे- ‘खुसी’ । उनीहरुले भने तिमीले प्रश्न नै बुझेनौ, मैले भने तपाईले जिन्दगि नै बुझ्नु भएन ।

३. अन्त्यमा सबै राम्रो हुनेछ । यदि राम्रो भएन भने बुझ्नुस त्यो अन्त्य होइन ।

४. जुन समय तिमि आनन्दमा विताएका हुन्छौ त्यो समय खेर गएको समय होइन ।

५. तिम्रो उमेर कति साथी बनाउन सक्यौ त्यो अनुसार गन्ने गर्नु, वर्षमा होइन । अनि आफ्नो जिन्दगि, तिमि कति मुस्कुरायौ त्यो अनुसार गन्ने गर्नु, कति अशु झर्यौ त्यो अनुसार होइन ।

६. जब तिमि कुनै असल र माहान कार्य गर्दछौ र पनि कसैले थाहा पाउदैनन भने पनि दुखी नबन । हेर त, सूर्योदय सबै भन्दा सुन्दर हुन्छ तर पनि अधिकांश हेर्ने मानिसहरु सुतिरहेका हुन्छन् ।

७. एउटा गल्ति तबमात्र गल्ति बन्छ यदि तिमीले त्यसलाई सच्याउदैनौ भने ।

८. तिमीले अरु योजना बनाउन व्यस्त रहदा घटेका घटनाहरु नै जिन्दगि हो ।

९. तिमि को हौ र के हौ भन्ने कुरा दोस्रोले भनिरहनु आवश्यक छैन, तिमि जो हौ त्यो हौ ।

१०. यो कुराले मायाना राख्दैन कि तिमीले कसलाई माया गर्छौं, कहाँ माया गर्छौं, किन माया गर्छौं, कहिले माया गर्छौं वा कसरी माया गर्छौं… मायाना राख्छ त ‘तिमीले वस् माया गर्छौं ।’

११. हामीले सबैलाई सहयोग गर्न सक्दैनौ तर सबैले कसै न कसैलाई सहयोग अवश्य गर्न सक्छन ।

१२. हामी त्यो समाजमा छौ जहाँ माया गर्नको लागि एकान्त ठाउ चाहिन्छ तर हिंशा भने खुल्लम उज्यालोमा भइरहेको हुन्छ ।

१३. जुन कुरा तिमीले बुझ्न सक्दौनौ, तिम्रो सापेक्षममा छैन त्यसलाई घृणा गर्ने नगर ।

१४. सबैथोक प्रष्ट हुन्छ जब तिमि प्रेममा हुन्छौ ।

मार्लिन मुनरोका उत्कृष्ट १२ भनाइहरु — दोस्रो खण्ड
१. कहिलेकाहीँ राम्रा चिजहरु पनि फाट्ने गर्दछन, किनकि त्यहि स्थानबाट अझ राम्रा चिज झार्न सकून् ।

२. जब एउटा पुरुषले आफ्नो वास्ताविक रंग देखाउछ भने उसको निम्ति फरक चित्र कोर्न बन्द गर ।

३. अरु कसै जस्तो बन्न खोज्नु भनेको आफ्नो व्यक्तित्वलाई खेर फाल्नु हो ।

४. अपूर्णाता नै सुन्दरता हो, पागलपन नै विद्वता हो र दिक्कलाग्दो हुनुभन्दा हास्यास्पद हुनु धेरै राम्रो हो ।

५. चिजहरु गलत बाटोमा जान सक्छन, यसैले राम्रो हुदाँ नै त्यसलाई स्वीकार्न सिक ।

६. सधै, सधै, सधै आफूमा विश्वास गर… यदि तिमीले आफैलाई विश्वास गर्दैनौ भने अरु कसले गर्छ ?

७. एउटी युवति जस्तो देखिनु, महारानी जस्तै व्यवहार गर्नु, पुरुषको जस्तै सोच्नु अनि हाकिमको जस्तै काम गर्नु ।

८. धर्तिका हरेक एक तारालाई चम्कने अधिकार छ ।

९. अरु कसैसंग दुखि हुनु भन्दा बरु एक्लै दुखि हुनु धेरै जाति ।

१०. मुस्कान कुनै युवतीले लगाउन सक्ने सबैभन्दा उत्कृष्ट मेक-अप हो ।

११. यदी तिमीले मेरो खराव अवस्थामा पनि माया गर्न सक्दैनौ भने मेरो राम्रो अवस्था हुदाँ माया गर्ने लायकको रहदैनौ ।

१२. आकाश अन्तिम सिमा होइन, बरु तिम्रो सोचाइ हो ।

प्रशिद्ध दार्शनिक होरेसका जीवनोपयोगी सन्देशहरु
होरेस रोममा जन्मिएका एक प्रख्यात दार्शनिक तथा साहित्यकार हुन । उनि सम्राट अगस्टसको समयमा रोमन कवि भर्जिलका पालामा सक्रिय थिए । क्लासिक समयको त्यो खण्डमा उनका लायाबद्द कविहरूमा सबैभन्दा महान र सबैभन्दा मौलिक मानिन्छ । उनले निकै धेरै प्रेमका सम्बन्धमा, व्यंग्य र भजनहरु लेखेका थिए, उनी होरेसका यहाँ हामीले उत्कृष्ट १४ जीवनोपयोगी भनाइहरु प्रस्तुत गर्दैछौं :

१. एउटा मूर्ख मानिसबाट पनि धेरै कुराहरु सिक्न सकिने हुन्छ ।

२. कठिन समयमा पनि आफ्नो दिमागलाई सधै शान्त बनिरहनु ।

३. कार्पे डाइम; जीवन रहदासम्म आनन्द मनाउ । दिनहरुमा आनन्द लेउ । जीवनलाई पूर्णसँग बाँच । आफूसँग जे छ त्यसमा सक्दो सन्तुष्टि लेउ । किनकि आनन्द मनाउन तिमीले सोचे भन्दा ढिलो भइसकेको छ ।

जसले सुरुवात गर्दछ उसले आधा काम फत्ते गरेको हुन्छ यसैले सुरु गर्ने सहस गर ।

४. या त तिमीले आफ्नो मनलाई नियन्त्रण गर होइन भने मनले तिमीलाई नियन्त्रण गर्नेछ ।

५. बोल्नमा मध्यम हौ तर गर्नमा तिक्ष्ण बन ।

६. जब कुनै ज्ञान/बुद्धि किताबबाट मात्रै हासिल गर्छौं भने त्यो ज्ञान/बुद्धि होइन ।

७. जब तिम्रो आँखामा केही पर्छ भने तिमि हतार गर्छौं हटाउनको लागि तर जब तिम्रो आत्मामा केही पर्छ तब तिमीलाई त्यसलाई हटाउन किन वास्ता गर्दैनौ ?

८. दिनलाई रोकेर राख; भोलीलाई निक्कै कम मात्रामा मात्र भरोसा गर्ने गर ।

९. रिस भनेको क्षणिक पागलपन हो यसैले या त आफ्नो आवेगलाई नियन्त्रग गर होइन भने आवगले तिमीलाई नियन्त्रण गर्नेछ ।

१०. आजको दिनले तिमीलाई जे दिन्छ त्यो उपहार ठानेर स्विकार्नु ।

११. जसले सुरुवात गर्दछ उसले आधा काम फत्ते गरेको हुन्छ यसैले सुरु गर्ने सहस गर ।

१२. जसले थोरैमा पनि कसरी सुखी हुने भन्ने जान्दैन उ सधै दाशको सरह जिन्दगी बाच्नेछ ।

१३. जब भाग्यले धेरै साथ दिन्छ, मान्छेले प्रगति गर्दैन ।

१४. भाग्यले मान्छेलाई धेरै साथ दिनु भनेको भाग्यले उसलाई मूर्ख बनाउनु हो ।

रतन टाटाका उर्जा जगाउने १४ भनाइहरु
रतन टाटा १९३७ मा मुम्बईमा जन्मिएका हुन्, उनि सफल व्यावसायीसँगसँगै एक समाजसेवी पनि हुन् । टाटा सन्स र टाटा ग्रुपका चेयरपर्सन उनले भारतमा आफ्नो व्यवसायीक सफलता मार्फत विश्वमाझ छाउन सफल रहेका थिए । उनलाई खासगरी उनको सरल र लजालु स्वाभावका कारण धेरैले मन पराउने गर्दछन । व्याचलरसम्म अध्ययन गरेका टाटाले विवाह भने गरेका छैनन्, सानैदेखी व्यवसायीक घरानामा जन्मिएका उनले आफ्नो टाटा कम्पनि मार्फत व्यापारको साम्राज्य खडा गर्न निकै मेहेनत गर्नु परेको थियो; यहाँ हामीले उनी रतन टाटाका उर्जाशील र प्रेरक भनाइहरुको संकलन प्रस्तुत छ;

१. सही निर्यण लिनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिन, म एउटा निर्यण लिन्छु र त्यसलाई सही बनाउन तिर लागि पर्छु ।

२. यदि तिमि छिटो हिड्न चाहन्छौ भने एक्लै हिड, तर यदी तिमि निक्कै टाढासम्म हिड्न चाहन्छौं भने साथमा हिड ।

३. जीवनमा अघि बढिरहनको लागि उतार चढाव निकै आवश्यक छ; किनकि यहाँसम्म कि ECG ले सिधा लाइन देखाउनुको अर्थ हुन्छ हामी जिउदो छैनौ ।

४. मानिसले तिमि उपर फ्याकेका ढुंगाहरु टिप्नु र आफ्नै एउटा महल खडा गर्नु ।

५. सफल व्यक्तिलाई म प्रशंसा गर्छु, तर त्यो सफलता अरुलाई दबाएर प्राप्त गरेको हो भने म प्रशंशा त गरौला तर उसलाई समान व्यक्त गर्न सक्दिन ।

६. त्यो दिन जुन दिन म उड्न सक्ने छैन त्यो दिन मेरो लागि दुखको दिन हुनेछ ।

७. धन र शक्ति मेरा दुइ प्रमुख लगानी होइनन ।

८. व्यवसायको क्षेत्रमा तिनै व्यक्ति बढी सफल हुन्छन जसले आफ्नो कामलाई प्रेम गर्न सक्दछन ।

९. कठिन समयलाई यसरी हाल गर्नु कि तिमीले आफ्नो शिर ठाडो राखेर चैनको निन्द्रा सुत्न सक ।

१०. हामी सबैसँग बराबर क्षमता नहोला तर हामी सबैसंग आफ्नो क्षमता विकास गर्न बराबर समय छ ।

११. जसरी एउटा फालामलाई कसैले नष्ट गर्न सक्दैन तर आफ्नै खियाले सक्छ उसै गरी एउटा मानिसलाई कसैले हराउन सक्दैन आफ्नै सोच र विचारले हार्ने हो ।

१२. जीवनमा कहिल्यै गम्भीर नहुनु, जिन्दगीमा जे आउछ त्यसैमा रमाउन सिक्नु ।

नोट: रतन टाटा सहित अन्य सफल व्यक्तिका थप भनाइहरु पढ्न चाहनुहुन्छ भने हाम्रो अधिकारिक एप डाउनलोड गर्न सक्नुहुनेछ; डाउनलोड गर्नको निम्ति यहाँ क्लिक गर्नुहोस् !

सुविन भट्टाराईका प्रेम र जीवन सम्बन्धि भनाइहरु (दोस्रो खण्ड)
युवामाझ निकै परिचित युवा साहित्यकार सुविन भट्टराईका थप १४ संकलित भनाइहरु यहाँ प्रस्तुत गर्दैछौ; यी भनाइहरु हामीले सुविन भट्टराईको अधिकारिक फेसवुक पेज/ट्वीटर प्रोफाइल मार्फत लिएका हौ !

१. सबैले हात समातेर तिमीलाई चाहिएको ठाउँसम्मै लगिदिन्छन भन्ने छैन । कसै कसैले दुइ कदम अगाडी लगिदिएर परसम्मको बाटो देखाइदिए भने पनि उसको गून विर्सनु हुन्न ।

२. अलिकति त रित्तिनु नै राम्रो । भरियो भने केहीका लागि ठाउँ नै रहन्न । अलिकति त असफलताले घोचेको च्वास्स पनि ठिक, जसले सफलताको स्वाद चिन्न सघाउछ । अलिकति विवशताले कठालो समातेकी बेस, समस्यासँग जुध्न सिकाउछ ।

३. एकजना मान्छेको सय जना साथि हुनु ठूलो कुरा होइन, तर दशओटा राम्रा कुरा सिकाउने एउटा  साथि भए जीवनमा धेरै थोक पाएजस्तो हुन्छ ।

४. हजारौं हसोले नदिएको मजा दुइचार थोपा आँशुले नै दिएर जान्छन । सधै सुखले मात्र सुख दिदैन । मान्छेलाई कहिलेकाही दुखले पनि सुख दिन्छ ।

५. तिमि दुइचारवटा राम्रो काम गर, यतिकै रिसाउने मान्छेहरु पनि भेटिन थाल्छन ।

६. थाहा छ रोएर पौउ केही छैन । रोएर चाहेको कुरा पाइने भए संसार आँशुमा उहिल्यै डुबीसक्थ्यो ।

७. केही आँखाहरुले बेवास्ता गरेकै ठिक । केही आँखाहरुले आँखा तरेकै ठिक । जरुरि छैन हरेक परिचितले ‘ओहो’ भनुन । कतिले सामान्य हेराइले ‘ए’ मात्रै भनेकै जाति ।

८. आशा न हो, धेरै आश गर्ने बानि भएपछी मान्छे आफ्नै मनको दास हुन्छ ।

९. खुसी त्यो बेला मिल्छ जब आशा नै नराखेको कोही अप्रत्यासित साथ दिनलाई फेला पर्छ । यात्रामा कुरेर भेटिएकोले भन्दा जुरेर भेटिएकाले बढी खुसी दिन्छन ।

१०. ‘तिमि कति माया गर्छौं ?’ – बाहिर जाउ र आकाशबाट वर्षेको पानीका थोपा गन, हो त्यति नै माया गर्छु ।

११. सधैँ अरुले के भन्लान् भनेर मनलाई थुन्यौँ भने, कलमलाई रोक्यौँ भनेँ, आवाजलाई दबायौँ भनेँ, बिचारलाई कुल्चियौँ भनेँ, सोच्नुस् तपाइँभित्रको मान्छेमा खिया लाग्न थालिसक्यो !

१२. कम बोल्नेहरु शब्दको अभाव भएर होइन, कसैमाथि नराम्रो प्रभाव नपरोस् भनेर पनि कम बोल्छन् ।

१३. यो भएन त्यो भएन, यो गरिएन त्यो गरिएन भन्ने गनगनमा जीवन सिदिन्छ । जे गरियो, जे भयो, त्यो सम्झिने बानी गरे जीवन गनगनमा होइन आनन्दमा बित्छ ।

१४. आलोचनाले फरक पर्दैन भन्नेलाई जति आलोचनाले कसैलाई घोच्दैन । पुराना कुरा भुल्नुपर्छ भन्नेअह्रु नै हरदम सम्झनाका पोका फिजाउछन । प्रशंसाले फुरुंग फुर्किन्न भन्नेहरु नै प्रशंसाका भोका हुन्छन । मान्छेलाई आफू जे हो त्यो लुकाउनु छ र जे होइन त्यो बताउनु छ ।

‣ यो पनि पढ्नुहोस-

सुविन भट्टराईका प्रेमिल भनाइहरुको पहिलो खण्ड

कियानु रिभ्सका संघर्षमा रम्न सिकाउने १४ भनाइहरु
हलिउडमा सबैभन्दा उदार स्वाभाव भएको नायकको रुपमा कियानु रिव्सलाई लिइन्छ । उनि १९६४ मा वेरुत लेवनानमा हुन तर उनि हुर्केको भने टोरन्टो, क्यानाडामा हो । उनले आफ्नो करिअरको सुरुवात नौ वर्षको उमेर देखी नै गरेका हुन् । उनले आफ्नो जीवनमा निकै संघर्ष भोगे, उंको बुवाले उनको परिवारलाई छोडेर गएका थिए जतिबेला उनको उमेर जम्मा २ वर्षको थियो । उनको आमाले अन्य तिन जनासँग विवाह गर्नुपर्ने अवस्था आएको थियो र उनीहरुले निकै पटक वसाई सर्नु परेको थियो । १९९९ मा कियानुका प्रेमिकाले समय नौ महिना भन्दा अघि नै पहिल्यै मृत भएको शिशुको जन्म दिएको थिइन्, र त्यसको १८ महिना पछी उनको पनि कार दुर्घटनामा निधन हुन पुगेक थियो । यी सबैका वावजुद कियानु रिव्सले शान्त स्वभावका साथ संघर्ष गर्दै रहे, उनै कियानु रिभ्सका चयनित १४ भनाइहरु यहाँ हामी प्रस्तुत गर्दैछौ;

१. यदि तिमि नराम्रोसँग टाट पल्टिएको छौ र पनि अरु प्रति नम्र हुन सक्ने तिमिसँग सहस छ भने तिमि परीको जस्तै हृदय बोकेको एक बहादुर हौ ।

यदि तिमीले एउटी नारीको मुहारमा मुस्कान ल्याउन सक्दछौ भने तिमीले संसारकै सुन्दर चिज हेरिरहेको हुनेछौ ।

२. यदि तिमि खुसी छैनौ भने तिमीले आफ्नो जिन्दगि बदल्नुपर्नेछ, र यदि तिमीले भने अनुसर कुनै कुरा अघि बढीरहेको छैन भने तिमि जाग्नु आवश्यक छ ।

३. प्रेममा पर्नु र सम्बन्धमा बाधिनु दुवै फरक कुरा हुन ।

४. कहिलेकाही साह्रै सरल कुरा पनि प्राप्त गर्न साह्रै कठिन हुने गर्दछ ।

५. मलाई पछाडीबाट मेरो खुसी पाउनबाट रोकिरहेको व्यक्ति म आफै थिए ।

६. हामी आफ्नो जिन्दगिको दायित्व निभाउन यति व्यस्त हुन्छौ कि हामीले जीवनको सुन्दरता अनुभूत गर्न समय निकाल्न नै विर्सन्छौ ।

७. आज तिमि जुन अवस्थामा छौ त्यो तिम्रो संघर्षले निर्माण गरको हो । यसैले आफ्ना कठिन समयलाई धन्यवाद दिनु, किनकी कठिन समयले नै तिमीलाई बहादुर बनाउदछ ।

म संसारको त्यो हिस्सा बन्न चाहन्न जहाँ दयालु हुनुलाई एक किसिमको कमजोरी मानिन्छ ।

८. दुखको समयमा पनि एक असल व्यक्तिले त्यसलाई पार गर्न सक्छ । तिम्रो जीवनमा जतिसुकै नराम्रो घटेको किन नहोस, तिमीले त्यसलाई पार पाउन सक्दछौ । जीवन बाच्न योग्य छ ।

९. कहिलेकाही तिम्रो सत्रु तिम्रो लागि उत्कृष्ट शिक्षक बन्न सक्दछ । मानिसले आफ्नो गल्तिबाट सिक्न सक्दछन अनि विनाशको अर्थ पनि कहिलेकाही पुनर्जन्म हुन्छ ।

१०. यदि तिमीले एउटी नारीको मुहारमा मुस्कान ल्याउन सक्दछौ भने तिमीले संसारकै सुन्दर चिज हेरिरहेको हुनेछौ ।

११. म त्यसरी हुर्किए जहाँ मैले अरुलाई त्यस्तो व्यवहार गरे जस्तो व्यवहार अरुले मलाई गरुन भन्ने चाहन्थे । यसलाई सम्मान भनिन्छ ।

१२. म संसारको त्यो हिस्सा बन्न चाहन्न जहाँ दयालु हुनुलाई एक किसिमको कमजोरी मानिन्छ ।

१३. मौन रहनेहरुलाई ख्याल गर्नु, तिनीहरु त्यस्ता व्यक्तिहरु हुन जससँग आफ्नै विचार हुने गर्दछ । तिमि जति स्मार्ट हुन्छौ उति नै कम बोल्ने गर्दछौ ।

१४. वास्तविकता यो हो कि तिमीले आफ्नो डिप्रेसनसँग संघर्ष गर्ने होइन बल्कि तिमीले बचिरहेको जीवनको वास्तविकतासँग संघर्ष गर्ने हो ।

जोन लकका उत्कृष्ट १४ भनाइहरु
जोन लक अंग्रेज दार्शनिक तथा चिकित्सक हुन । उनको जन्म सन् १६३२ मा भएको थियो । उनलाई हालसम्मकै प्रभावशाली इन्लाइन्टमेन्ट चिन्तकका रुपमा चिनिन्छ । उनलाई ‘उदारवादको पिता’ का रुपमा पनि चिनिन्छ । उनै प्रख्यात व्यक्तित्व एव चिन्तक जोन लकका उत्कृष्ट १४ भनाइहरु हामी यहाँ प्रस्तुत गर्दैछौ:

१. जे कुराले तिमीलाई चिन्तित बनाउदछ त्यहि कुराले तिमीलाई दक्ष बनाउदछ ।

२. नयाँ विचारहरुलाई सदैव शंकाले हेरिन्छ र विरोध गरिन्छ, यसको लागि कुनै कारण चाहिदैन किनकि नयाँ विचारहरु सबैको साझा हुदैनन् ।

३. हामीले ग्रहण गर्न सक्ने मध्य सबैभन्दा मूल्यवान चिज भनेको आफू माथिको शक्ति हो ।

४. ठूला मानिसका बहसबाट भन्दा बच्चाको आकस्मिक प्रश्नबाट बारम्बार ज्यादा कुरा सिक्न सकिने हुन्छ ।

५. हाम्रो काम भनेको यहाँ सबैथोकको बारेमा जान्नु होइन बल्कि जुन कुरा हाम्रो कामसँग सम्बन्धित छन त्यसलाई मात्र जान्नु हो ।

६. जुन चिज तिमिसँग छैन त्यो चिजले तिमिसँग भएको चिजको प्रयोग गर्नमा बाधा पर्न नदेउ ।

७. जहाँ जहाँ नियमको अन्त्य हुन्छ, त्यहाँ त्यहाँ अत्याचारको जन्म हुन्छ । जहाँ नियम हुदैन, त्यहाँ स्वतन्त्रता पनि हुदैन ।

८. जसले तिम्रो लागि झुट बोल्छ भने उसले तिम्रो पछाडी तिम्रो विरुद्ध पनि झुट बोल्न सक्दछ ।

९. धन कमाउन हजार बाटोहरु हुन्छन तर स्वर्गसम्म पुग्नको लागि एउटा मात्र बाटो हुन्छ । (सेवाको बाटो)

१०. हाम्रो कमाइ पनि हाम्रा जुत्ता जस्तै हुन्, आवश्यकता भन्दा सानो भयो भने च्याप्दछ र कष्ट दिन्छ, आवश्यकताभन्दा ठूलो भयो भने अझ्लाउने र लडाउने काम गर्दछ ।

११. विद्रोह जनताको अधिकार हो ।

१२. हरेक मानव व्यक्ति समान र स्वतन्त्र छन्, कसैले पनि अरुको जीवन, स्वास्थ्य, स्वतन्त्रता र सम्पतिमा बाधा दखल पुर्याउनु हुदैन ।

१३. मलाई मैले के गर्न सक्दिन भनेर अर्ति नदेउ, बरु कसरी गर्न सक्छु भन्ने सुझाव देउ ।

१४. कुनैपनि मानिसक ज्ञान उसको अनुभव भन्दा पर जान सक्दैन ।

१५. पुस्तकको सहायताले हामी दैत्यको काधमा पनि उभिन सक्दछौ ।

१६. हामी को हो र, जसले अरुलाई तैले गर्न सक्छस वा सक्दैनस् भन्न सक्ने ?

पुनश्थच: थप भनाइहरु पढ्न चाहनुहुन्छ ? उसो हो भने हाम्रो आधिकारीक एप डाउनलोड गर्नुहोस्, सानो साइजको यो उपयोगी एप डाउनलोड गर्नको निम्ति यहाँ क्लिक गर्नुहोस् !

थियोडोर रुजवेल्टका उत्कृष्ट १४ भनाइहरु
थियोडोर रुजवेल्टको जन्म सन १९५८ मा भएको हो । उहालाई एक सफल राजनेता, संरक्षणवादी तथा प्रकृतिप्रेमीका रुपमा चिनिन्छ । सन् १९०१ देखि १९०९ सम्म उहा अमेरिकाको २६औ राष्ट्रपति समेत रहनुभयो । उहाको मृत्यु सन् १९१९ मा भएको थियो । करोडौका प्रेरणाका स्रोत उनै रुजवेल्टका उत्कृष्ट भनाइहरु यहाँ प्रस्तुत गर्दैछौ;

१. राष्ट्रभक्तिको अर्थ देशको पक्षमा उभिनु हो कुनै नेताको पक्षमा उभिनु होइन ।

२. केही गर, यदि तिमीले गरेनौ भने कल्ले गर्छ ? यहिनै गरेनौ भने कहाँ गर्ने ? र, अहिले नगरे कहिले गर्ने ?

३. संसारमा गल्ति नै नगर्ने व्यक्ति त्यो मात्र हो जसले केही गर्दै गर्दैन ।

४. आफ्नो आँखा ताराहरु तर्फ राख्नु तर आफ्नो पैताला भने सधै जमिनमा नै राख्नु ।

अरुसँग तुलना गर्नु भनेको आफूसँग भएको खुसीको हरण गर्नु हो ।

५. जब तिमि म सक्छु भन्ने विश्वास गर्छौं तब तिमि आधिभन्दा अघि बढीसकेका हुनेछौ ।

६. असफल हुनु कठिन कुरा हो तर सफलताको लागि प्रयास नै नगर्नु त झनै खराव कुरा हो ।

७. जिन्दगिले हामीलाई दिने सबैभन्दा उत्कृष्ट उपहार भनेको मुल्यवान काममा कडा मेहेनत गर्ने अवसर दिनु हो ।

८. सहस भनेको अघि बढ्ने ताकत हुनु होइन, बरु तटक नहुदापनि अघि बढ्ने हिम्मत गर्नु हो ।

९. सफलताको निम्ति एउटै महत्वपूर्ण चिज भनेको अरु मानिससँग कसरी सम्बन्ध स्थापित गर्ने भन्ने जान्नु हो ।

१०. पहिले इमान्दारीता हुनु जरुरी छ, यसपछि सहस, अनि मस्तिष्क- र यी तिन एकअर्काबाट छुट्याउन सकिदैन ।

११. जब तिमि आफ्नो डोरीको अन्तिम फेदसम्म पुग्छौ तब रस्सीको फेदमा गाठो पर्नु र आफ्नो स्थान नछोड्नु ।

१२. अरुसँग तुलना गर्नु भनेको आफूसँग भएको खुसीको हरण गर्नु हो ।

१३. तिमीले कति जान्दछौ भन्नेकुरा तबसम्म उनिहरुलाई मतलब हुदैन जबसम्म तिमीले कति महत्व राख्दछौ भन्नेकुरा उनीहरुलाई थाहा हुदैन ।

१४. नम्रसँग बोल्नु र आफूसँग एउटा ठूलो लट्ठी बोकेर हिड्नु, तिमि निकै टाढासम्म पुग्न सक्दछौ ।

पुनश्च:थप यस्तै उर्जाशील भनाइहरु पढ्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अन्य सयौ प्रेरणादायी सामग्रीहरुको निम्ति हाम्रो आधिकारीक एप डाउनलोड गर्न सक्नुहुनेछ ! डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला !

ड्वेन जोन्सन ‘द रक’ का १४ उर्जाशील भनाइहरु
१. सबै सफलताहरू आत्म-अनुशासनको साथ शुरू हुन्छन। यो तपाईं संग शुरू हुन्छ।

२. आफ्ना लक्ष्यहरूको बारेमा महत्वाकांक्षी हुन नडराउनुहोस र आफ्नो मेहनत कहिल्यै नारोक्नुहोस, न त तपाईको सपनाहरुलाई नै ।

३. तपाईंलाई अरूले देखाएको बाटोको आवश्यकता पर्दैन. आफैले आफ्नो बाटो औंल्याउनुहोस र जानुहोस ।

४. म हिजोको कठिन समयलाई आजको मेरो प्रेरणाको रुपमा लिन्छु ।

५. हो सधै राम्रो र दयालु हुनु सजिलो छैन तर दयालु हुनु, मेरो विचारमा महत्त्वपूर्ण छ ।

६. तपाईंले पूरा गर्न सक्नुहुने सब भन्दा महत्त्वपूर्ण चीजहरू मध्ये एक तपाईं आफु हुनु हो ।

७. तपाईंको लक्ष्य प्राप्त गर्नको निम्ति पहिलो चरण भनेको तपाईंको लक्ष्यलाई आदर गर्न केहि समय लिनु हो। तपाइँले यसलाई प्राप्त गर्नुको मतलब के हो भनेर जान्नुहोस्।

८. एउटा पर्खाल, हो यसैको अर्को पट्टि छ तपाइको सफलता । न त तीमि यसलाई नाघ्न सक्छौ न त यसको छेउबाट जान सक्छौ तर तिमीलाई थाहा हुनु आवश्यक छ कि यो पर्खाललाई कसरी पार गर्ने ।

९. कडा परिश्रमको विकल्प छैन। सँधै नम्र र भोको हुनुहोस्।

१०. दृढ संकल्प लिएर उठ्नुहोस र सन्तुष्ट मन लिएर बिस्तरमा जानुहोस्।

११. जब जिन्दगिले तिमीलाई कठिन समय दिन्छ भने यो नभन्नुहोस कि ‘मलाईमात्र किन ?’ बरु यो भन्नुहोस् कि ‘मेरो अझै परिक्षा लिनुहोस् !’

१२. दृढ संकल्प र केही प्रतिभाको साथ तपाइले एउटा सिंगो पहाड हल्लाउन सक्नुहुन्छ ।

१३. १९९५ मा मेरो पाकेटमा मात्र ७ डलर थियो र मलाई दुइ कुरा याद थियो; हो अहिले म अत्यन्त कंगाल भएको छु तर म यो अवस्था चिरेर छोड्नेछु ।

१४. पाँच वर्ष अघिको सोच्नुहोस्, तपाई आजस कहाँ आइपुग्नुभयो र आउदो पाँच वर्षको निम्ति सोच्नुहोस र कहाँ पुग्न चाहनुहुन्छ निर्धारण गर्नुहोस् ।