विचार – Safalata Post

के तपाई माथी उठ्ने साहस गर्न सक्नुहुन्छ ?
सामान्य जीवनबाट माथी उठ्ने साहस गर्नेहरूले नै सफलता चुमेका छन् । चार्ली च्याप्लीन खानाका लागि भिख माग्दथे, अल्बर्ट आइन्स्टाइनले पिउनको नोकरी गर्थे, स्टिभ जब्स् फालिएका कवाडी बेच्दथे, राइट दाजुभाइ थोत्रा साइकल मर्मत गर्दथे, माइकल फराडे पत्रिका बेच्थे, जे के रोलिङले ह्यारी पोर्टर फालिएको कागजमा लएखेकी थिइन, जोन बेयर्डले गरिबी र तिरस्कारका बिच टिभीको आविष्कार गरेका थिए, टेलिफोनको आविष्कार त अध्यारो र गन्हाउने कोठामा भएको थियो ।

उनीहरूले जस्तोसुकै विकराल परिस्थीतीका बाबजुद पनि माथी उठ्ने फैसला गरेका थिए र त उनीहरू सफलतासम्मै पुगे । सपनाको लहरोसमाती माथी चढ्ने साहसीहरूका लागि नै सफलता भन्ने चिज बनेको हो । यसर्थ, आफ्नो सपना पक्डिनुस् र जस्तो अवस्था छ त्यँहीबाट माथी उठ्ने साहस लिनुहोस् । सफलता तपाईलाई नै कुरेर बसिरहेको छ ।

उठ्नुपर्छ अब । जाग्नुपर्छ, हिड्नुपर्छ त्यो महानता तर्फ, त्यो सफलता तर्फ । यहाँ, उठ्नेहरू मालिक बनिरहे, सुतेकाहरू सधै गुलाम बनिरहे । उठेकाहरूले उज्यालो भेटिसके, सुतेकाहरू अन्धकारमा रूमल्लिरहेका छन् । उनीहरूले स्वतन्त्रताको प्वंख फैलाई उडीरहेका छन्, हामी आफ्नै पिंजडामा कैद छौ । उनीहरू उचाइ चुम्दैछन्, हामीहरू बाँच्नका निम्ती संघर्ष गर्दैछौ । उनीहरूले महानताको मुर्ती खडा गरे र हाम्ले त्यसलाई पुज्दैछौ । हाम्रो जमात ९५% छ, उनीहरू मात्र ५% छन् तर संसार उनीहरूले हल्लाइरहेका छन्, हामी हल्लिरहेका छौ । भैगौ अब जाग्नैपर्ने भो, तोड्नुपर्ने भो चिर निद्रा, उठेकाहरूले हामीलाई कुल्चिएर हिडिरहे । उनीहरूले हाम्रो पिडाको कथा लेखे र साहित्यकार बने । आफ्नो दरिद्रताको चित्र कोरे र कलाकार बने । हामीलाई राज गरी नेता बने । यसर्थ अब उठ्ने पालो हाम्रो हो । अब हिड्ने पालो हाम्रो हो । औसत जिन्दगी घातक भयो, अब जिन्दगीमा क्रान्ती आवश्यक भो ।

उठौ, जागौ र आफू भित्रको प्रतिभाको मसाल बाली संघर्षको बलले विषमताको अन्धकारलाई चिर्दै असफलताको आगन हुदै अघि बढौ र सात अरबको भिडलाई देखाइदिऔ कि हामी पनि संसार हल्लाउन सक्छौ ।

के तपाइलाई थाहा छ ? Must Read पढ्न नछुटाउनुहोला ।
1. यदी कसैले धेरै सिरानीले लिएर सुत्छ भने यसको मतलब यो हो कि उसले आफुलाइ एक्लोपन महसुस गर्छ ।

2. यदि कसैले नङ चुस्छ भने यसको मतलब यो हो कि त्यो धेरै दिक्दार मा छ ।

3. 90% मान्छेहरुको दिमाग ले यो सोच्दछ कि काश ! केही पल को लागि समय पछाडी गइदिओस ।

4. जो मान्छेहरु धेरै हाँस्छन उनिहरुले धेरै दर्द सहन सक्छन ।

5. मान्छेहरु ले तपाइको बारेमा राम्रो सुन्दा शंका गर्छन तर खराब सुन्ने बित्तिकै विश्वास गरीहाल्छन ।

6. हामी जे सोच्छौ त्यसको 90% हिस्सा हाम्रो मुड मा असर गर्दछ , एउटा गलत विचार ले पुरै मुडलाई खराब पार्न सक्छ ।

7. कसैसित धेरै समय बिताउदा तपाइले त्यसको बानीब्योहोरा अपनाउन थाल्नुहुन्छ त्यसैले सोचेर – सम्झेर मित्र बनाउनुहोस

8. मान्छेको लागि सबैभन्दा मुश्किल काम उसले आफैलाई सम्झाउनु हो .. कि अब मलाई कसैको पर्वाह छैन ।

9. यदि कोहि व्यक्ती धेरै सुत्छ भने यसको मतलब यो हो कि त्यो भित्रभित्रै घुटन गरीरहेको छ र कुनैकुराले दुखी छ ।

10. यदि तपाइले कसैको जाग्दै गरेको अवस्थामा सपना देख्नुहुन्छ भने यसको मतलब यो हो कि त्यो व्यक्तिलाई तपाइले धेरै मिस गरीरहनुभएको छ ,

11. हामी दिन मा भन्दा रात मा धेरै सजिलो भएर रुन सक्छौ ।

12. खुशिको पहिलो आँसु दाहिने आँखा बाट र दुख को आँसु देब्रे आँखा बाट पहिला निस्कन्छ ।

13. दिन को शुरुवात मा हामीलाई पैसा धेरै आवश्यक लाग्छ तर दिन ढलिसकेपछी थाहा हुन्छ कि पैसा होइन जिन्दगीमा आत्मशान्ती र प्रेम धेरै आवश्यक छ ।

कृपया यो सन्देशलाई धेरै भन्दा धेरै शेयर गरेर सहयोग गरीदिनुहोस ।

परीक्षामा असफल भएका विद्यार्थीका लागि डा. योगी विकाशानन्दको सन्देश
परीक्षामा असफल भएर केही पनि फरक पर्दैन । किनभने सफल भएरै पनि के नै पो फरक पर्छ र ? शिक्षित बेरोजगारको कारखाना बन्दै गएको यस देशमा, शिक्षितहरू आतंककारी बन्दै गएको यस संसारमा परीक्षा होईन जीवनमा सफल हुनु पुरूषार्थ हो ।

नोवेल पुरस्कार पाउने रवीन्द्रनाथ टैगोर सात पटक ‘एस् एल् सी स्ट्याण्डर्ड’ को जाँचमा फेल भएका थिए । त्यस्तै विश्वविख्यात फिल्म डाइरेक्टर स्टेफन स्पीइल बर्ग, ए. बी. सी. न्यूजका मालिक पिटर जेनिङ्ग्स, एप्पल कम्प्यूटरका स्टेभ् जब्स्, अमेरिकी पूर्व राष्ट्रपति हेरी एस् टुमन आदि केही यस्ता नमुना हुन् जसले औपचारिक शिक्षामा खासै सफलता पाएनन् । त्यसकारण परीक्षामा असफल हुनुको मतलव जीवनमा असफल हुनु पक्कै होइन, बरू जीवन सफल पार्ने सुनौलो अवसर हुनसक्छ । म त भन्छु भाग्यमानी हुन् फेल हुनेहरू, किनभने मन नपरेको विषयवस्तु पढेर आफ्नो सिर्जनशीलता नष्ट पार्नुभन्दा मन परेको विषयमा तालिम लिएर पछि त्यसैलाई शिक्षा एवं व्यावसाय समेत बनाउने स्वर्ण अवसर हुन सक्छ, परिक्षामा फेल हुनु भनेको ।

साभार : जीवन कला मासिक

कलेज शिक्षा पुरा नगरेर के भो ? निम्न विश्व-प्रख्यात व्यक्तिहरूले कलेज तह कहिल्यै पुरा गरेनन्

ब्रायन एडम्स, एडेल, धिरूभाइ अम्बानी, हान्स क्रियश्चन एण्डरसन, जुलिएन आसान्ज, विलियम ब्लेक, जेम्स क्यामरून, जिम क्यारी, ज्याकी च्यान, चार्ली च्याप्लिन, विनोद चौधरी, विस्टन चर्चिल, पाउलो कोएल्हो, क्रिष्टफोर कोलम्बस, टम क्रुज, लियोनार्दो डिकाप्रियो, चार्ल्स डिकेन्स, वाल्ट डिज्ने, थोमस एल्भा एडिसन, एमिनेम, रिहान्ना, एन्जो फेरारी, हेनरी फोर्ड, बेन्जामिन फ्रेंकलिन, रोब्रट फ्रस्ट, लेडी गागा, विल गेट्स, एडोल्फ हिट्लर, स्टिभ जब्स, एभ्रिल लेभिन्गे, अब्राहम लिंकन, मार्लिन मुनरे, मोजार्ट, फ्लोरेन्स नाइटिंगेल, जर्ज अर्वेल, पाब्लो पिकासो, साकिरा, विलियम शेक्सपियर, जर्ज बर्नाड शा, टेइलर स्विफ्ट, लियो टोल्सटोय, मार्क ट्वेन, जर्ज वासिंगटन, राइट दाजुभाइ, मार्क जुकरबर्ग, माइकल फराडे, एच् जी वेल्स, जर्ज गार्शविन, वाल्ट विट्म्यान, जोन डे रकेफेलर, विल स्मिथ, स्टेफन स्पेइलबर्ग, रविन्द्रनाथ ठाकुर, रेखा थापा, माधव घिमिरे, रामकृष्ण ढकाल आदि आदि ।

विद्यालयी शिक्षाका सवालमा

₹ विथोविनका पिताले उनलाई विद्यालय पठाएका थिएनन्, उनलाई थाहा थियो विद्यालयी शिक्षामा प्रतिभाको कुनै कदर हुदैन ।

₹ प्रख्यात वैज्ञानिक म्याडम क्युरीले आफ्ना छोरीहरूलाई विद्यालयबाट झिकेर अनौपचारिक शिक्षा प्रदान गरेकी थिइन । खेल्ने, कुद्ने, लेख्ने, प्रयोग गर्ने जस्ता । यसर्थ दुइ छोरीहरू मध्ये एक प्रशिद्ध लेखिका बनिन् भने अर्कोले नोवेल पुरस्कार जितिन् ।

₹ थोमस एल्भा एडिसन विद्यालय जान पाएनन्, उनलाई विद्यालयबाट निकालिएको थियो । उनकी आमाले उनलाई पढाएकी थिइन् । उनी सधै पुस्तकालयमा बसेर पढ्थे । उनले भनेका छन् मैले किताब पढिन तर पुरै पुस्तकालय पढे ।

₹ अल्बर्ट आइन्साटाइन विद्यालयमा ज्यादाजसो गयल हुन्थे । उनले यसलाई जेलका रूपमा लिएका थिए । उनी सधै स्कूल बंक गरेर पुस्तकालएमा पढ्न जान्थे ।

₹ रविन्द्रनाथ टैगोर स्कुलमा कहिल्यै ध्यान दिएर पढ्दैनथे । उनी SLC मा सात पटक फेल भएका थिए । तर उनको भाई पढाइमा अब्बल थिए । परिवारले भविष्यवाणी पुस्तकमा लेखेका थिए, पछी गएर भाइ पक्कै केही गर्नेछ तर यो रविन्द्रेबाट केही आशा राख्न सकिन्न ।

हाम्रो वद्यालय शिक्षा पद्धती तगारो होइन, साधन हुनपर्छ प्रतिभाका निम्ती । अनीमात्र एडिसन, आइन्स्टाइन अनी विथोविनहरू जन्मनेछन् ।

केहि संग्रहित प्रेरक विचारहरु [भाग १]
१. याद राख्नुस दुनियाँमा तपाईलाई जोगाउने मान्छे तपाईं मात्रै हो संसारमा । नत्र त सबै मान्छेले तपाईलाई चिकेन फ्राई गरेर खाने हो , तपाईलाई बेच्ने हो मान्छेले, तपाईलाई लुट्ने हो मान्छेले, तपाईलाई बर्बाद पारेर धनी हुने हो उनिहरु, दुनियाँका सारा मान्छे तपाइको उपयोगिता गर्छन, तपाईलाई प्रयोग गर्ने हो सबैले । यो दुनियाँमा तपाईको कोहि पनि साथी छैन, यो सबैले तपाइले काम गरुन्जेल सम्म मात्र काम गरिदिने हो । त्यसकारण यो दुनियाँका सारा मान्छे जो सबभन्दा नजिक छन , त्यो पनि तपाईले केही दिएसम्म नै उनिहरुले पनि केही दिने हो तपाईलाई , तपाईं भ्रम मा नपर्नुस , यो व्यापार हो , तपाईलाई सार्है प्रेम गर्ने मान्छे तपाइको पसलको अगाडि पसल थापेर बसेको हुन्छ । सामान रहुन्जेल मात्र आउने हो तपाइकोमा । यो ठूलो कुरा फेरि होइन किनकी हामी पनि दुनियाँलाई त्यही व्यवहार गर्छौ । दुनियाँ मात्र बदमास भनेको होइन ।

२. सामाजिक जसलाई भन्छौ त्यो जति असामाजिक कुरा अरु केही पनि छैन । किनकी बाहिर बाट हेर्दा समाज चिटिक्क परेको छ , सुन्दर छ तर भित्र केही छैन खोक्रो केही काम नलाग्ने । त्यसकारण समाजलाई बचाउन हामी जन्मेका होइनौ । समाजलाई बचाउन तिर लाग्यो भने मान्छे समाप्त हुन्छ । समस्या यहि हो कि मान्छेहरु समाजलाई बचाउन तिर लागेका छन , समाजले के भन्लान ? सामाजिक संरचना भत्किएला , समाजमा उश्रृङ्खल्ता आउला , यी जम्मै कुरा रोकावटको लागि मान्छेले बोलिरहन्छन । समाज दोस्रो कुरा हो , पहिला तिमिले आफुलाई जोगाउ, आफू प्रेमपुर्ण हौ, आफू ज्ञानमय हौ, आफू शान्तिपुर्ण हौ, तिम्रो सेरोफेरोमा एउटा सुन्दर समाजको निर्माण आफै हुन्छ, तर तिमी समाजलाई बचाउन तिर लाग्यौ भने बाहिर बाट सुन्दर भित्र खोक्रो समाज बन्ला जो बनिरहेको छ । बचाएर पनि बचाउदै आएकै हो मान्छे बचेन, मानवता बचेन ।

३. राम्रो कुरा जहिल्यै पनि राम्रै कुराको विरुद्धमा हुन्छ, असल कुरा जहिल्यै पनि असल कुरा कै विरोधमा हुन्छ । मानौ कि तपाईं महिनाको पन्ध्र हजार कमाउनुहुन्छ या बिस हजार कमाउनुहुन्छ तर तपाईं त्यहि पन्ध्रै हजारमा अल्झिनु भयो या बिसै हजारमा अल्झिनु भयो भने तपाईं लाखौको कमाउनै सक्नुहुन्न, करौडाेको कमाउनै सक्नुहुन्न, तर यो कुरा Good पनि हो किनकी बेरोजगारी भएर बस्नुभन्दा त पन्ध्र हजार कमाउनु ठिक हो , बिस हजार कमाउनु ठिक हो, तर जिवनको मकशद यो होइन, जिवनको लक्ष्य यो होइन । जिन्दगिमा Good कुरा होइन Best कुरा खोज्नुस । मान्छेहरु Good मा यसरी अल्झिदिन्छन कि Best कुरा छुटेको उसलाई थाहै हुदैन । त्यसैले भोल्टेयरले कतै भनेका पनि छन : “Good is always the enemy of the Best.”

प्रेमको बारेमा यसो भन्नुहुन्छ डाक्टर योगी विकाशानन्द
एउटा विश्वविख्यात कथा छ– एउटा ठूलो परिवारका सबै सदस्यहरू समुद्री यात्रा गर्दै थिए । निरन्तर अनपेक्षित वर्षाको कारण समुद्री छालले उनीहरूलाई झट्काई दिन्छ अर्थात् उनीहरू समुन्द्रमै हराउन थाल्छन् । निकै दिनपछि भोजन र पानी सकिदैँ जान्छ । त्यसपछि एकपछि अर्काे सदस्य मर्न थाल्छन् । अब उनीहरूमा तीन प्रमुख समस्या देखिन थाल्छ । एक– खानपिऊन नपाउनु, दुई– सुत्न नसक्नु, तीन– प्रियजनहरूसित सदाको लागि छुट्टिनु । उनीहरूले अन्ततः जेनतेतन किनारा भेट्टाउँछन् । अब उनीहरूले पहिलो काम के गर्छन् होला ? परिवार बिछोडमा रुन्छन् या सुत्छन् ? वा भोजन खोज्न हिंँड्छन् ? किनार पक्डनसाथ पहिलो काम उनीहरू भोजन खोज्न हिँड्छन् । खाइवरी गरी टन्न सुत्छन् र बल्ल उठेर प्रेमपात्रहरू मरेको पीडामा क्वाँक्वाँ रुन्छन् ।

उनीहरू पहिल्यै किन रोएनन् ? जवाफ प्रष्टै छ– किनभने प्रेम जीवनको पहिलो आवश्यक्ता होइन । पहिलो आवश्यक्ता हो भोजन । मान्छेको लागि पेट नभरेसम्म प्रेम बकबास हुन्छ । खानु र सुत्नुजस्ता प्राथमिक आवश्यक्ता पूर्तिपछि मनोबेत्ता अब्राहम मालो अनुसार उनीहरूले खोज्ने कुरा प्रेम होइन, सुरक्षा हो । त्यसैले भयभीत मनस्थितिमा प्रेमानुभूति हुँदैन । मानसिक रुपमा सुरक्षित महसुस भएपछि भने उसको खोज हुन्छ, पे्रेम–प्यार । तर प्रेम–प्राप्तिपछि पनि मान्छे धन्य भने हुँदैन । किनभने उसको अन्तिम खोज हो– मुक्तिबोध अर्थात् विचार र भावनाका आघात–प्रत्याघातबाट सधैँको लागि मुक्ति । यही अन्तिम खोज हो मान्छेको । प्रेमप्राप्ति त्यतातिरको एक साधन मात्र सावित हुन्छ, साध्य होइन । त्यसैले जतिपनि महान् प्रेमी प्रेमिकाहरूका नाम हामीलाई थाहा छ,– लैलामज्नु, रोमियो–जुलियट, हीर–राँझा, सिरी–फराद आदि । सबै बिहेअघि नै मरेका हुन् । र, बिहे गरेर पनि प्रेमका अमरकथा बनेका सायदै मात्र कुनै पात्र होलान् । किनकि बिहेपछि उनीहरूले प्रेम खोज्दैनन्, आत्मसम्मान खोज्छन्, ज्ञान खोज्छन् । त्यहाँबाट पनि उठेर जीवन–मुक्ति खोज्छन् । जुन प्रेम पात्रले दिने–लिने कुरा होइन ।

अतः प्रेम जीवनको लागि सानो कुरा त होइन नै तर यो ठूलो कुरो पनि होइन । किनकि, यसअगाडि र त्यसपछाडि पनि मान्छेको खोजहरू छन् । जसको पूर्ति नभएसम्म ऊ भौतारिनै रहन्छ– जन्म जन्मसम्म ।