जीवनी – Safalata Post

कथा होण्डाको
औसत परिवारमा जन्मिएका (सन् १९०६ मा) होण्डाको इन्जिनियरिङमा औधी रूची थियो । स्कूले पढाइले उनको जिज्ञासुपनलाई शान्त गर्न नसकेपछि उनले आठ कक्षापछी पढ्नै छोडिदिए । स्कूलै नगएपनि स्वअध्ययनबाट उनी निखारिएका थिए । एकपटक उनले ठूलो विश्वास राखेर टोयोटा कम्पनीमा जागिरका लागि आवेदन दिए, तर ठाडै रिजेक्ट भयो । यसले उनलाई इख लिन सहयोग गर्यो । अनी उनी आफ्नै कम्पनी खोल्न तिर लागे । उनीसँग आर्थिक स्रोत थिएन, यसैले निकै कडा मिहिनेत गर्नुपर्यो । उनले एक एक पसिनाको मोल तिरेर आफ्नै कम्पनी खोलि छाडे, पुरानो इख पुरा गरे ।

तर दुर्भाग्य टरेको थिएन । द्वितिय विश्वयुद्धमा अमेरिकी बम वर्षक विमानले उनको फ्याक्ट्रीमा बमबारी गरिदियो । सबथोक जलेर खरानी परे । उनी कंगाल बने । यतीसम्मकी उनीसँग जीवनयापनका कुनै साधन थिएनन् । यती हुँदा हुँदै पनि उनले वाधा-व्यवधानलाई छिचोलेर पुन कारखानालाई चालु अवस्थामा ल्याए । फेरी कम्पनी नम्वर एक हुदै थियो अचानक आएको भूकम्पले उनको अटो पार्टस प्लान्ट पुनः ध्वस्त पारिदियो । फेरी उनी कंगाल बने ।

तर सधै नै असफलता सफलताको जननी बनिदिन्छ । यी सबैका बाबजुद होण्डाले हार मान्न अस्विकार गरे । उनीसँग कार थिएन । उनीसँग जे थियो, सबै कवाड सामान मात्र थिए । यस्तैमा उनले एक बेकार जी आई इन्जिन लिएर त्यसलाई साइकलमा राखेर मोटरसाइकल बनाए । एक मित्रले त्यो मोटरबाइक देखे र होण्डासँग आफ्नो लागि पनि त्यस्तै मोटरबाइक बनाइदिन आग्रह गरे । फेरी अर्को मित्र, अनि अर्को, अनि फेरी अर्को मित्र, यसरी यो सिलसिला चलिरह्यो र होण्डा मोटरसाइकल कम्पनिको जन्म भयो । जब उनले सन् १९४८ मा आफ्नो पहिलो मोटर साइकल कम्पनीको कारखाना खोले, त्यसबेला उनीसित मेसिनको पार्टस तथा औजार किन्ने पैसा थिएन । उनले आफ्नो श्रिमतीको गहना बेचेर स्पेयर पार्टस किने । उनको अथक मेहेनतले होण्डा कम्पनी विस्तार हुँदै गयो ।

सोइशिरो होण्डा सर हेनरी फोर्ड पछीका दुनियाँको महानतम् इन्जिनियर मानिन्छन् । तर उनले कक्षा आठ भन्दा बढी पढेनन् । उनको इन्जिनियरीङ प्रतीको लगाव, निष्ठा र निरन्तरको मेहेनतद्वारा नै उनले इतिहास रचेका थिए । थाहा पाइ राखौ, होण्डा अमेरिकन अटोमोबाइल हल अफ फेमका लागि छानिने पहिलो जापानि एक्जिक्टुटिब हो । उनले त्यहा चुनिनका लागि एक क्यटलिटिक इन्जिनको एक जटिल समस्याको समाधान गरेका थिए जुन उच्च डिग्री हासिल गरेका डेट्राइट इंजिनियरहरूले पनि सुल्झाउन सकेका थिएनन् ।

यो थियो सोइशिरो होण्डाको असफलता देखि सफलतासम्मको कथा ।

महिलाहरूका निम्ती प्रेरणाकी पुञ्ज : मेरी क्युरी
पोल्याण्डमा जन्मिएकी मेरी क्युरी (मान्या स्क्लोदोवस्का) दुईवटा नोबेल पुरस्कार प्राप्त गर्ने एक मात्रै महिला हुन् । उनले भौतिक तथा रसायन शास्त्रमा नोबेल पुरस्कार जितिन् ।

यती ठूलो सफलता प्राप्त गर्ने उनको जीवन कथा भने दुःख र संघर्षले भरिएको छ । जब उनी १६ वर्षकी थिइन् उनकी ममतामयी आमाको मृत्यु भयो । त्यसपछी उनका बाबुको व्यापार पनि टाट पल्टियो । उनले अनेक मुस्किलहरूको सामना गर्नुपर्यो । सौभाग्यवश उनको भेट पियरे क्युरीसँग भयो र दुवैले विहे गरे । सोरबनमा पि.एच.डी को अनुसन्धान गर्ने क्रममा उनले दुई नयाँ तत्व रेडियम पोलो नियम पत्ता लगाइन् । तर त्यती सजिलै होइन, यसका निम्ती उनीहरूले सबैथोक लगानि गरेर सामाग्री जुटाई झण्डै ३०० पटकको असफल प्रयोग पछी मात्र उनीहरूको प्रयोग सफल भयो । उनीहरूको प्रयोगशाला चुहिने छानामुनी खण्डहरमा थियो । उनले जीवनभर आफ्नो ज्यान जोखिममा राखेर प्रयोग गर्दै रहिन् । उनलाई विकिरणको प्रभाव ज्यादै नराम्रो हुन्छ भन्ने थाहा थियो । यसको बाबजुद आफ्नो गर्भावस्थामा पनि उनले विकिरणको खतराको बिचमा काम गरिरहिन् ।

पुरूषप्रधान समाजमा सफल हुनलाई महिलाले कैयौ बाधा र पूर्वाग्रहको सामना गर्नुपर्दछ । मेरी क्युरीले रेडियमलाई पत्ता लगाइन् तर महिलाले यस्तो खोज गर्न सक्छन भन्ने कुरा आम मानिसले विश्वास गर्दैनन् भन्ने उनलाई थाहा थियो । त्यसैले आफ्ना पतिको साथ नोवेल पुरस्कार बाड्नुपर्यो । त्यसपछी सोरबनमा उनका पतिलाई प्रोफेसर बनाइयो भने मेरीलाई उनको सहायक मात्र । सन् १९०६ मा उनको पतिको मृत्युपछि मेरीलाई पियेरेको पद त दिइयो तर प्रेफेसरको पुरै दर्जा भने दिइएन । उनलाई लेक्चरर र प्रयोगशालाको प्रमुख त बनाइयो तर विभाग प्रमुख बनाइएन । तर निरन्तरको संघर्ष पछि अन्ततः १९०८ मा उनलाई पुरै प्रोफेसर पदको नियुक्ति दिइयो । मेरी क्युरीको जीवन एक महान् जीवन थियो । उनको जस्तो मेहेनत, सहनशिलता र साहस भए मान्छेले धेरै कुरा गर्न सक्छ ।

उनी विश्वभरका महिलाहरूका लागि कहिल्यै ननिभ्ने प्रेरणाको तारा भएर चम्किरहिन् । उनको यस अदम्य साहसले भरिएको जीवनीलाई शेयर गरेर आ-आफ्ना साथीहरूमाझ बाढौ है !