विश्व साहित्य – Safalata Post
‘मौनदिपको अमर प्रेम’ – एक नस्ट्याल्जा
– यात्री केशर
त्यो बेला, जब रेडियो नै सबैथोक थियो; समाचार सुनिन्थे, गित सुनिन्थे अनि रेडोयो नाटकको त बेग्लै स्थान थियो । ‘साथीसँग मनका कुर’ को हरेक शनिबार आउने नाटक सुन्न त म समय कुरेर बस्थे । किशोर वय, संवेगात्मक विकास चरम चूलीमा थियो । कुत्कुते भावनाहरुले ओतप्रोत ।
व्याट्रीबाट चल्ने त्यो सानो बत्तिको उज्यालोको परिधि बाहिर खाटको एउटो कुनोमा बसेर सानो मोबाइलमा एअरफोन जोडी रेडियो बजाए । रातको बेला साहित्यिक र सांगीतिक रेडियो कार्यक्रमहरु विभिन्न फ्रीक्वेन्सीमा बज्ने गर्थे । त्यसमा रेडियो नेपाल मेरो लागि खास थियो । त्यो एक्लो रात, चौतर्फीको सन्नाटा र आफूभित्रको आफू मात्र । भावनाको डुंगामा बहदै अवचेतनसम्म झर्ने ‘पर्फेक्ट’ समय र अवस्था । त्यस्तैमा रेडियोमा गीति-नाटक सुरु हुन्छ, सुगम संगितको साथमा । म त्यो बखत र आज पनि सुगम संगित भनेपछि हुरुक्कै हुने । प्रकाश शायमीको कार्यक्रमबाट त मेरो आकर्षक हर्लक्कै बढेको थियो । पहिलोपटक सुनेझै लाग्ने त्यो गीति नाटकको कार्यक्रम ‘अरु गर्नु नै के छ र’ भनेर सुन्न तयार भए ।
‘मौनदिपको अमर प्रेम’ – त्यो नाटकको शीर्षक थियो यो । प्रेमको महनताको निम्ति गरिएको त्यागलाई निकै सरल अनि सुबोध फुलरुपी शब्दहरु मार्फत उनिएको गुलदस्ता थियो त्यो । अझ कथासँग मिल्दो बीचबीचमा बज्ने ती पुराना गीतहरुले त्यो गुलदस्ताबाट महकिने सुगन्ध छरेझै लाग्थ्यो । मानौँ, शब्द र संगितले मनको गहिराइसम्म पुग्न चेतनाजन्य पाँचै इन्द्रियलाई काबुमा लिए झैं । खैर अरुको लागि त के थियो, तर म त्यो कहानी अनि संगितले लट्ठिएको थिए । प्रेम शब्दबाट पग्लिएर अब भावना बन्न पुगेको थियो मेरो निम्ति । एउटा गन्तव्य जस्तो जसदेखी म निकै टाढा छु, निकै नै टाढा । अघिसम्म हल्काफुल्का लाग्ने प्रेम मौनदिपको त्याग जस्तै महानतम अनुभुती लाग्न थालेको थियो, महानता जोडिएर निकै गह्रौं । जसको प्राप्ति मात्रले पनि जिवनको सार्थकता पूरा हुनेछ ।
एउटा गीति नाटकले मानिसको मनमा कति प्रभाव पार्न सक्छ होला ?! म आज पर्यन्त त्यो बखत मनमा परेको प्रभावले ओतप्रोत हुन्छु । जिन्दगी त क्षणभंगुर छ, ठेस छ, ठक्कर छ, संघर्ष छ, दर्द छ । अधुरो जस्तो अपुरो जस्तो । तर त्यही जीवनमा यदि प्रेम छ भने, यदि त्यो प्रेम अवचेतनको गहिराईबाट छ भने, अमर छ भने जीवनका यी अधुरोपन पनि पूर्ण छ । जिवनको यस्तो अवयव जसको बिना जीवन पूर्ण हुनै सक्दैन । अनि सँगसँगै त्यो त्याग विना, महानता विना प्रेम पनि अधुरो छ । मुटु जलेर सबै विकार हटेपछी बाकी रहेको त्यो कसी लगाएको चोखो माया मात्र हृदयमा बाकी रहेर प्रेम गर्न सकिन्छ भने बल्ल त्यो प्रेम पूर्ण भएझै । न कुनै शर्त, न रुपको आकर्षण, न उमेरको बन्धन, न जातको दूरी, न यौवनको प्यास । वस्, शुद्ध प्रेमले नै जिन्दगीलाई पूर्ण बनाउने जस्तो । त्यो गन्तव्य मिले जस्तो । यी भावनाबाट आज पनि म ग्रसित छु ।
मुना मदन, लैला मज्नु, रोमियो जुलिएट, एन्टोनी क्लियोपेट्रा, अन्ना कारेनिना संसारका प्रायः महानतम प्रेम कथाहरु दुखान्त: थिए । किनकी तिनमा वस्तविक प्रेम थिए, जब प्रेम नै आफैमा एउटा दुनियाँ बन्छ तब वास्तविक दुनियाँ तिमिलाई हराउन निस्कन्छ । तर प्रेम नै सर्वथोक हुनेहरु वास्तविक दुनियाँलाई छोडेर आफ्नै दुनियाँमा एक भएका हुन्छन्, उनिहरुको दुनियाँमा सफल भएका हुन्छन् ।
प्रेम भन्ने चिज नै कस्तो, अपूरोमा पनि पूर्णता । एक नै सर्वथोक । एकमा जति जोडे पनि एकै हुने । एक नै अन्तिम ।
त्यो रात, सन्नाटा, थोरै बत्तिको उज्यालो, रेडियो, रेडीयोको गीति-कथा अनि म भित्रको एक्लो म । हो, मौनदिपको अमर प्रेमको कहानीले त्यो उमेरमा मथिंगलको एउटो कुनोमा जीवनको अपूर्णता बोध गराएको थियो, जीवन उपरको सार्थकता सोध्न बाध्य गराएको थियो । र, जब अवचेतनको गहिराइबाट ती यादको छाल उत्ताल बनेर मस्तिष्कसम्म आइपुग्छ, म आज पनि आफैलाई अपुरो सम्झन्छु, अधुरो सम्झन्छु ।
अझै त्यो गन्तव्य नभेटे जस्तो, अझै त्यो महानता नचुमेजस्तो ।
परदेशीका भ्रम; एक मनछुने कविता
भ्रम नै त हुन् यी
मनले मानिदिएको
रसिला-गुलिया भ्रम;
पहाड कोतरेर बनाइएका गह्राहरुले
पसिना छरेर मोति फलाउन सक्दैन
तर, त्यो सात समुद्रपारीको मरुभूमिमा
नोटका बुटा उम्रन्छन
घरकी मायालुको साथलाई छोडेर
रपिलो वैशसँग साटेको नोटहरुले
घरमा खुशीका हुल भित्र्याउनेछ,
माटोको गाह्रो र टिनको छनोले
अध्याँरिएको घरलाई
सिमेन्टको भित्ता र कंक्रीटको छनोले
छिमेकभरी टल्काउनेछ;
घर नजिकैको विद्यालयमा पढेर
बन्न नसक्ने छोराको भविष्य
टाइ र जुत्ता लगाउने स्कूलले
‘ठूलो मान्छे’ बनाइदिनेछ ।
पर्दा नै त हुन् यी
आखाँलाई छेकिदिएको
लामो-हरियो पर्दा;
आधा उमेर उसैको पालनमा कटाएको
दिदैन सुख त्यो आमाको काखले
तर, दिनेगर्छ सुख र समृद्धि
त्यो पराइको लाखले;
खोइ देखिदैन कि त्यो स्पष्ट,
एक्लो रहादाको यादले सताउदा
सिरानीमा पोखिएको श्रीमतीको आँसु,
छोरालाई काधमा बोक्दै गरेको छिमेकी काकालाई देखेर
आफ्नो ओइलाउदै गरेको छोराको बुवा भन्ने चाहना,
उमेरको कथा र बुढेसकालको व्याथा सुनाउला भन्ने
आकंक्षा र गुनासो भरिएको आमाको मन,
घरमा जरक-फरक गर्ने अर्को नर नहुदा
घर-खेत गर्न बाध्य एक्लो बुबाको व्याथा,
खोइ छतीमै गडिन्छ कि देखेर पनि
दिदिको बारीमा ओइलाएको मखमलको फूल ।
खैर, भ्रम नै त हुन् यी
दु:खमा उमेर कटाएर
सुखमा रमाउने भ्रम
खाडीको पैसाले घरमा
खुसीलाई किन्ने भ्रम
हात नसमाती, ताते नगराई
रगत-पसिना-जवानीसँग साट्न खोजिएको
हरेक लाहुरेले देख्ने
मनले मानिदिएको
जर्रो-टर्रो भ्रम ।
– यात्री केशर
कथा होण्डाको
औसत परिवारमा जन्मिएका (सन् १९०६ मा) होण्डाको इन्जिनियरिङमा औधी रूची थियो । स्कूले पढाइले उनको जिज्ञासुपनलाई शान्त गर्न नसकेपछि उनले आठ कक्षापछी पढ्नै छोडिदिए । स्कूलै नगएपनि स्वअध्ययनबाट उनी निखारिएका थिए । एकपटक उनले ठूलो विश्वास राखेर टोयोटा कम्पनीमा जागिरका लागि आवेदन दिए, तर ठाडै रिजेक्ट भयो । यसले उनलाई इख लिन सहयोग गर्यो । अनी उनी आफ्नै कम्पनी खोल्न तिर लागे । उनीसँग आर्थिक स्रोत थिएन, यसैले निकै कडा मिहिनेत गर्नुपर्यो । उनले एक एक पसिनाको मोल तिरेर आफ्नै कम्पनी खोलि छाडे, पुरानो इख पुरा गरे ।
तर दुर्भाग्य टरेको थिएन । द्वितिय विश्वयुद्धमा अमेरिकी बम वर्षक विमानले उनको फ्याक्ट्रीमा बमबारी गरिदियो । सबथोक जलेर खरानी परे । उनी कंगाल बने । यतीसम्मकी उनीसँग जीवनयापनका कुनै साधन थिएनन् । यती हुँदा हुँदै पनि उनले वाधा-व्यवधानलाई छिचोलेर पुन कारखानालाई चालु अवस्थामा ल्याए । फेरी कम्पनी नम्वर एक हुदै थियो अचानक आएको भूकम्पले उनको अटो पार्टस प्लान्ट पुनः ध्वस्त पारिदियो । फेरी उनी कंगाल बने ।
तर सधै नै असफलता सफलताको जननी बनिदिन्छ । यी सबैका बाबजुद होण्डाले हार मान्न अस्विकार गरे । उनीसँग कार थिएन । उनीसँग जे थियो, सबै कवाड सामान मात्र थिए । यस्तैमा उनले एक बेकार जी आई इन्जिन लिएर त्यसलाई साइकलमा राखेर मोटरसाइकल बनाए । एक मित्रले त्यो मोटरबाइक देखे र होण्डासँग आफ्नो लागि पनि त्यस्तै मोटरबाइक बनाइदिन आग्रह गरे । फेरी अर्को मित्र, अनि अर्को, अनि फेरी अर्को मित्र, यसरी यो सिलसिला चलिरह्यो र होण्डा मोटरसाइकल कम्पनिको जन्म भयो । जब उनले सन् १९४८ मा आफ्नो पहिलो मोटर साइकल कम्पनीको कारखाना खोले, त्यसबेला उनीसित मेसिनको पार्टस तथा औजार किन्ने पैसा थिएन । उनले आफ्नो श्रिमतीको गहना बेचेर स्पेयर पार्टस किने । उनको अथक मेहेनतले होण्डा कम्पनी विस्तार हुँदै गयो ।
सोइशिरो होण्डा सर हेनरी फोर्ड पछीका दुनियाँको महानतम् इन्जिनियर मानिन्छन् । तर उनले कक्षा आठ भन्दा बढी पढेनन् । उनको इन्जिनियरीङ प्रतीको लगाव, निष्ठा र निरन्तरको मेहेनतद्वारा नै उनले इतिहास रचेका थिए । थाहा पाइ राखौ, होण्डा अमेरिकन अटोमोबाइल हल अफ फेमका लागि छानिने पहिलो जापानि एक्जिक्टुटिब हो । उनले त्यहा चुनिनका लागि एक क्यटलिटिक इन्जिनको एक जटिल समस्याको समाधान गरेका थिए जुन उच्च डिग्री हासिल गरेका डेट्राइट इंजिनियरहरूले पनि सुल्झाउन सकेका थिएनन् ।
यो थियो सोइशिरो होण्डाको असफलता देखि सफलतासम्मको कथा ।
तीन प्रेरक एवं शिक्षाप्रद कथाहरु
पहिलो कथा :
एकजना मान्छे राती झुपडीमा बसेर एउटा सानो दियो जलाएर कुनै शास्त्र पढिरहेका थिए । रात छिप्पिसकेको थियो । जब ऊ थाकेछ तब उसले फुकेर दियोलाई निभाइदियो ।
तर उसले यो देखेर हैरान भयो कि जबसम्म दियो जलिरहेको थियो , पुर्णिमाको चन्द्रमा बाहिर थियो , तर जब दियो निभायो तब चन्द्रमाको किरणहरु कोठामा फैलिएछ । त्यो मान्छे ले यो सोचेर धेरै हैरान भयो कि ” यति सानो दियो ले पुरै चन्द्रमालाई बाहिर रोकेर राखेको थियो ” ।
त्यसरी नै हामीले पनि आफ्नो जीवन मा अहंकार र घमण्ड को सानो सानो दियो जलाएर राखेका छौ , जसको कारण ले खुशी , प्रेम र आनन्द बाहिर को बाहिरै उभिएको हुन्छ , जबसम्म यी कुराहरुलाई त्याग्दैनौ तबसम्म मन शान्त र आनन्दित हुदैन , जब मन शान्त हुन्छ अनि मात्र खुशी र आनन्द को उपस्थित हुन्छ ।
दोस्रो कथा :
एउटा नगरमा एक पसिद्ध चित्रकार बस्थ्यो । चित्रकारले धेरै नै सुन्दर तस्बिर बनाएर त्यही नगरको चौबाटोमा ठड्याइदियो र तल लेखिदियो कि जस जसलाइ यसमा कमि कमजोरी नजर आउँछ कृपया सच्याइदिनुहोला ।
जब उसले बेलुका त्यो तस्विर देख्यो तब त्यसमा पुरै कोरकार गरेर खराब भइसकेको थियो । उ धेरै चिन्तित भयो । त्यतिकैमा फेरि अर्को दिन खाली क्यानभास बोर्ड राखेर त्यसमा लेखिदियो ” कृपया सुहाउदो रङ भरिदिनुहोला ” र त्यही नगर मा ठड्याइदियो । जब बेलुका भयो तब उसले तस्बिर देख्यो कि त्यसमा कसैले केही पनि गरेको थिएन ।
यहि नै सँसारको रित हो ” अरुको कमि निकाल्नु , निन्दा गर्नु , खराबी गर्नु सजिलो हुन्छ , अरुमा गल्ती खोज्नु सरल हुन्छ , मान्छे आफ्नो गल्तिमा वकिल र अरुको गल्तिमा न्यायधिश बन्छ ।
तेस्रो कथा :
एकजना व्यापारकीको मेसिन बिग्रिएछ ।
उसले आफ्नो तर्फबाट बनाउने जती प्रयाश गरेपनि स्टार्ट गर्न नसकेपछि, इन्जिनियरलाई बोलाएछ । यसपछि, मेकानिक आएर गम खादै बिग्रिएको इन्जिन तर्फ हेर्छ । एउटा घन र छडी माग्छ । अनी मेशिनको एकतर्फ ढ्वाक्क हान्छ ।
तत्काल मेशिन स्टार्ट भइहाल्छ ।
व्यापरी खुसी हुँदै भन्छ, ‘ए, सजिलै बनेछ ! कती दिउ यसको लागि ?’
इन्जिनियर, -‘पँच हजार !’
व्यापारी चित पर्दै भन्छ ‘एकचोटि ढ्वाक्क हानेको पनि पाँच हजार ?’
इन्जिनियर भन्छ, ‘होइन! ढ्वाक्क हानेको त जम्मा सय रूपैया हो ।
व्यापारी, ‘अनी पाँच हजार के को त ?’
इन्जिनियरले मेसिन तर्फ हर्दै भन्छ ‘कहाँ हान्ने हो, त्यो पत्ता लगाएको लागि चार हजार नौ सय !’
मोरल : सबैभन्दा ठूलो कुरो निश्चित लक्ष्य ठम्याउन सक्नु हो, मूख्य कुरोलाई चिन्नु हो ।
बिस्तारै पढ्नुस साथीहरु, यदि एउटा वाक्य पनि दिल मा छोयो भने कविता सार्थक हुनेछ
म पनि रिसाए ,
तिमी पनि रिसायौ
फेरि फकाउछ कसले ?
आज दरार छ ,
भोलि खाल्डो हुनेछ
फेरि भर्नेछ कसले ?
म चुप ,
तिमी पनि चुप
यो चुप्पीलाई फेरि तोड्नेछ कसले ?
सानो कुरालाई लिन्छौ दिलमा भने ,
सम्बन्ध फेरि निभाउछ कसले ?
दुखी म पनि र तिमी बिछोडिएर ,
सोच हात फेरि बढ़ाउछ कसले?
न म राजी ,
न तिमी राजी ,
फेरि माफ़ गर्नको लागि बड़प्पन
देखाउछ कसले?
डूब्नेछ यादहरु दिल मा कुनैबेला भने ,
फेरि धैर्यता राख्नेछ कसले ?
एउटा अहम् मेरो ,
एउटा तिम्रो भित्र पनि ,
यो अहम् लाई फेरि हराउछ कसले ?
जिन्दगी कसलाई मिलेको छ सदाको लागि ?
फेरि यी पलहरुलाई एकलै बिताउनेछ कसले?
तिन मनछुने कथाहरु
पहिलो कथा : पूर्णिमाको ज्योति
एकजना मान्छे राती झुपडीमा बसेर एउटा सानो दियो जलाएर कुनै शास्त्र पढिरहेका थिए । रात छिप्पिसकेको थियो । जब ऊ थाकेछ तब उसले फुकेर दियोलाई निभाइदियो ।
तर उसले यो देखेर हैरान भयो कि जबसम्म दियो जलिरहेको थियो, पुर्णिमाको चन्द्रमा बाहिर थियो , तर जब दियो निभायो तब चन्द्रमाको किरणहरु कोठामा फैलिएछ । त्यो मान्छे ले यो सोचेर धेरै हैरान भयो कि ” यति सानो दियो ले पुरै चन्द्रमालाई बाहिर रोकेर राखेको थियो ” ।
त्यसरी नै हामीले पनि आफ्नो जीवन मा अहंकार र घमण्ड को सानो सानो दियो जलाएर राखेका छौ , जसको कारण ले खुशी, प्रेम र आनन्द बाहिर को बाहिरै उभिएको हुन्छ, जबसम्म यी कुराहरुलाई त्याग्दैनौ तबसम्म मन शान्त र आनन्दित हुदैन, जब मन शान्त हुन्छ अनि मात्र खुशी र आनन्द को उपस्थित हुन्छ ।
दोस्रो कथा : श्रीमतीप्रतिको माया
एकजना वृद्ध मान्छे आफ्नो डाक्टर को मा गएछ , उनी धेरै हतार मा देखिन्थे । “डाक्टर साब ! तपाईं छिटो – छिटो मेरो औषधी लेखिदिनुहोस, मलाई छिटो जानू छ ” वृद्धले भने ।
डाक्टरले भने कि – अझै एक घन्टा रोकिनुहोस ,
बूढो मान्छेले फेरि बिन्ती गरे, “डाक्टर साब पहिला हेरिहाल्नुस, मलाई छिटो जानुछ ।”
डाक्टरले त्यो वृद्ध सित सोध्यो ” के तपाइको अर्को डक्टर सित अपोइन्टमेन्ट छ ? त्यसैले तपाइलाई हतार भएको छ ?
वृद्धले भने – “होइन, मलाइ त आफ्नी श्रीमतिको साथ मा दिउसोको खाना खान जानुछ । मेरी श्रीमती अस्पताल मा छिन, त्यसैले भनिरहेको थिए कि छिटो गरिदिनुस ।”
डाक्टर ले सोधे – “सब ठिक त छ नि ?”
वृद्धले भन्यो – “मेरी श्रीमतिलाई बिर्सने बिमारी छ, उनलाई केही याद रहदैन ,उनलाई त यो पनि याद रहदैन कि म को हु ? र उनले मलाई बितेको पाँच वर्षदेखी चिनेकी पनि छैन ।”
डाकटर हैरान भए – “फेरि पनि तपाईं आफ्नी पत्निसित हरेक दिन भेट्न जानुहुन्छ, जब कि उनले तपाइलाई चिन्दै चिन्दैन कि तपाईं को हो ?”
वृद्ध ले हाँस्दै भने – “उनले मलाई चिन्दैन कि म को हुँ ? तर म त जान्दछु नि उनी को हो ?”
जो मान्छेहरु हमेशा खुशी रहन्छ, यसको मतलब यो होइन कि उसको जीवन मा सबथोक छ, उसले हरेक सानो कुरामा पनि खुशी खोजेको हुन्छ, खुशी त आखिर खुशी हो, खुशिको कुनै आकार हुदैन, तह हुदैन । बाँच्नु यसैको नाम हो ।
तेस्रो कथा : नक्कली हार
एकजना सोनार को निधन पछि उसको परीवार संकट मा परेछ, खानलाई पनि हाहाकार मच्चियो ।
एकदिन उसको पत्निले आफ्नो छोरालाई निलम को एउटा हार दिएर भनिन्,“छोरा , यसलाई आफ्नो काका को पसलम लिएर जा र भन्नू कि यसलाई बेचेर केही पैसा दिन ।”
छोराले त्यो हार लिएर काकाको पसल मा गयो । काकाले हारलाई राम्रो सित देखेर, चेक गरेर  भने – “आमालाई भन्नू कि अहिले बजार धेरै मन्द छ । अलिकती पर्खिएर बेच्न दाम राम्रो मिल्नेछ ।” उसलाई अलिकती पैसा दिएर भन्यो कि , “तिमी भोलि देखि पसल मा आएर बस्नु ।”
र्को दिन देखि त्यो केटा हरेक दिन पसल मा जान थाल्यो र हिरा रत्न को परख को काम सिक्न थाल्यो, एकदिन त्यो ठूलो पारखी बन्यो ।  मान्छेहरु टाढा – टाढाबाट हिरालाई चेक गराउन आउन थाले ।
एकदिन उसको काकाले भन्यो कि, छोरा आफ्नो आमासित त्यो हार मागेर लिएर आउ र भन्नू कि अब बजार धेरै तेज छ, यसको राम्रो दाम मिल्छ । आमासित हार ल्याएर चेक गर्दा त त्यो हार नकली रहेछ, उसले त्यो हार फेरि घर मै छोडेर पसल फर्कियो ।
काकाले सोधे , “हार ल्याएनौ ?” । उसले भन्यो -” त्यो त नक्कली थियो ।” तब काकाले भने -” जब तिमी शुरुमा आएका थियौ, त्यति खेरै मैले हार लाई नक्कली भनिदिएको थिए भने तिमिले सोच्थ्यौ कि आज कठिन परीस्थिती आउदा काकाले पनि भन्न थाले कि हार नक्कली हो । आज जब तिमीलाई आफै ज्ञान र अनुभव भएपछी थाहा पायौ कि हार वास्तव मै नक्कली हो ।”
सत्य त यो हो कि ज्ञान र अनुभव को बिना यो संसार हामी जे देख्छौ ,सोच्छौ र जान्दछौ सब गलत हो । र  यसरी गलत बुझाइको सिकार भएर सम्बन्ध पनि बिग्रन्छ , Think & Live Long Relationship कुनैपनि मोड मा नछोड्नुस कोहि आफ्नाहरुको साथ ।
जिन्दगी पुरै बित्छ आफ्नाहरुलाई आफ्नो बनाउन ।
एक प्रेरक कथा : एक गिलास दुध
एकपटक एकजना केटा एउटा ढोका बाट अर्को ढोकामा सामान बेच्ने गर्थ्यो , एकदिन उसको कुनै पनि सामान बिकेन , तेज ले भोक लागिरहेको थियो । उसले तय गरेछ कि अब ऊ जुन ढोकामा जान्छ त्यो सित खाना माग्छु, ढोका ढकढकाउने बित्तिकै एउटी केटीले ढोका खोलिन्, केटीलाई देखेर उ आत्तिएछ र खानाको ठाउँ मा एक ग्लास पानी मागेछ ।
केटीले बुझिसकेकी थिइन् कि केटा भोको छ त्यसैले उनले एउटा ठूलो दूध को ग्लास लिएर आइन् । केटाले बिस्तारै – बिस्तारै दूध जम्मै पियो । कति रुपैया दिउ ?- केटाले सोध्यो । “पैसा कुन कुराको लागि ?” केटीले जवाफ मा फर्काइन् “आमाले मलाई सिकाउनुभएको छ कि जब कसैलाई दया गर्छौ भने त्योसित पैसा लिनुहुदैन ।”
“त्यसो भए म तपाइलाई दिल देखि नै धन्यवाद दिन चाहन्छु ” । भन्दै उ घरबाट निस्कियो ।
केही वर्षपछी त्यो केटी गम्भीर रुपले बिरामी पर्छिन । लोकल डाक्टर ले उनलाई शहर को ठूलो अस्पताल मा उपचार को लागि पठाइदियो  विशेषज्ञ डाक्टर होवार्ड केल्लीलाई बिरामी हेर्न को लागि बोलाइयो । जब उनले त्यही केटीको नाम सुन्यो ,उसको आँखा मा उज्यालोपन आयो ।  ऊ जुरुक्क उठ्यो र केटीको रुम मा पुग्यो, उसले त्यो केटीलाई एकैपटक चिनेछ, र तय गर्यो कि केटीको ज्यान बचाउनलाई उसले आकाश धरती एक गरिदिन्छ । उसको मेहनत र लगन मा रङ आयो र त्यो केटीको ज्यान बच्यो ।
डाक्टर ले अस्पताल को अफिस मा गएर त्यो केटीको उपचार को बिल लियो , त्यो बिल को कुनामा एउटा नोट लेखेर त्यो केटीको हात मा पठाइदियो । केटी बिल देखेर आत्तिइन्, उनलाइ थाहा थियो त्यो बिरामी बाट त उनी बचिन् तर त्यो बिलको रकम ले उनको ज्यान लिन्छ ,
फेरि उनले बिस्तारै त्यो बिल लाई खोलिन रकम लाई हेरिन् र फेरि अचानक उनको नजर पेन ले लेखिएको नोट मा गयो जहाँ लेखिएको थियो ” एक ग्लास दूध द्वारा यो बिल को भुक्तान गरीसकिएको छ ।” तल डाक्टर होवार्ड केल्लिको हस्ताक्षर थियो । खुशी र अचम्मले त्यो केटीको गालामा आँसु टप्कियो । उनले दुवै हात माथी उठाएर भनिन् ” हे ! भगवान तिमिलाई धेरै धेरै धन्यवाद, तिम्रो प्रेम मान्छेको दिल मा र हात मा थाहा छैन कहाँ- कहाँ फैलिसकेको छ ।”
मन परे शेयर गरिदिनुहोस ।
प्रभावोत्पादक मार्मिक कथा, तपाइलाई एकछिन झसङ्ग पारीदिन्छ
आमाको मृत्यु पश्चात् एक्लो छोराले श्रीमतिको आदेशमा आएर आफ्नो बुवालाई वृद्ध आश्रम पठाउने निर्णय गर्यो । बुवाको समस्त भौतिक वस्तु समेटेर उ एउटा इसाइ पादरीद्वारा संचालित वृद्धआश्रम मा बुवालाई लिएर गयो ।  काउन्टर मा बसेको कलर्कले धेरै विकल्पहरु भन्न थाले , टेलिभिजन, शाकाहारी, मांसाहारी, आदि इत्यादी, बुवाले विनम्रतापुर्वक दुई छाँक को लागि शाकाहारी भोजन छोडेर बाकी सबै चाहिदैन भने,  छोरा बुवाको कारबाट बाहिर सामान निकाल्न गयो, त्यति खेरै उनको श्रीमतिले फोन गरीन यो थाहा पाउनलाई कि सबथोक राम्रै सँग सल्टिरहेको छ कि नाइ” र उनले अझ जोड दिएर भनिन कि अब बुवालाई चाडपर्वमा पनि घर ल्याउने आवश्यक छैन ।
कृश्चियन पादरी बाहिर आयो र बुवालाई देखेर उतै तिर अगाडि बढ्यो र दुवैजना कन्धामा गला मिलाएर कुराकानी गर्न थाले , यो समयमा बुवा हिम्मत पुर्वक मुस्कुराउदै रहयो ।
छोरालाई धेरै आश्चर्य लाग्यो , उसले तुरन्त पादरीलाई गएर सोध्यो ” के तपाईहरु पहिले देखि परीचित हुनुहुन्छ र ? जुन यसरी चिनजान भएजस्तै मज्जाले कुरा गर्नुहुदैछ ?
पादरीले आफ्नो भिजेको आँखा पुछ्दै उसको छोरालाई देख्यो र भन्यो ” हो ! एकदमै राम्ररी चिन्छौ , तपाइको बुवा 30 वर्ष अगाडि यहाँ आउनुभएको थियो र आफ्नो साथमा एउटा अनाथ बच्चालाई लिएर जानुभएको थियो काख लिनको लागि , पालनपोषण गरेर यो दुनिया देखाउनको लागि ”
छोरा झसङ्ग भयो , आँखाबाट आँसु को खोला बग्न थाल्यो ।
एउटा वास्तविकता : एकपटक अवस्य पढ्नुहोस
एकजना वकिलले कुनै गाउँमा आफ्नो छोराको विवाहको नाता तय गर्यो । केहीदिन पछि त्यो वकिल आफ्नो हुन लागेको सम्धिको घर गयो । त्यहाँ उनले देख्यो कि हुनेबाली सम्धिनी ले खाना बनाइरहेकी थिइन । सबै बच्चाहरु र हुनबाली बुहारी टि : भि : हेरीरहेकी थिइन । वकिल जि ले चिया पियो र हालखबर सोध्यो र त्यहाँबाट फर्कियो ।
एक महिना पछि वकिल फेरि दिपावलि पछि सम्धी जि को घर गयो । उनले फेरि देख्यो सम्धिनी जि ले झाडु लगाइरहेकी थिइन र हुन लागेकी बुहारी सुतिरहेकी थिइन । वकिल जि ले खाना खायो र त्यहाँबाट फर्कियो ।
केहीदिन पछि वकिल फेरि केही कामले आफ्नो हुनेवाला सम्धी जि को घर गयो । उनले देख्यो कि हुनेवाली सम्धीनि ले भाँडाकुडा सफा गरीरहेकी थिइन , र बच्चाहरु टि . भि . हेरीरहेका थिए र हुन लागेकी बुहारी आफनो हातमा मेहन्दी लगाइरहेकी थिइन ।
त्यसको 20 दिनपछी वकिल ले केटीको घरमा एउटा सन्देश पठायो कि ” मलाई यो नाता स्वीकार्य छैन ” कारण सोद्धा वकिलले भन्यो कि ” म हुन लागेको सम्धी जि को घरमा तीन पटक गए । तिनैपटक सम्धिनी लाई नै घरको कामकाजमा व्यस्त देखे । मलाई आफ्नो छोराको लागि एउटी बुहारीको आवश्यकता छ न कि कुनै लाडप्यारले मात्र हुर्किएकी र अव्यवहारिक बुहारीको ”
नोट : सबै आमाबाबाले बुझ्नु आवश्यक छ कि उनिहरुले यो साना साना कुरामा अवस्य ध्यान दिउन ।
1. छोरी जतै नै प्यारी किन नहोस उनलाई घरको कामकाज अवस्य गराउनुपर्दछ ।
2. समय समयमा डाट्नु पनि पर्दछ ताकि विवाहित भइसकेपछी डाट सुन्ने बानी बसोस झुक्न सिकोस ।
3. हाम्रो घरमा छोरी पैदा हुन्छिन , हाम्रो जिम्मेवारी छोरीबाट ” बुहारी ” बनाउनु हो ।यदि हामीले हाम्रो जिम्मेवारी ठिकसँग निभाएनौ भने छोरीमा बुहारीको सँस्कार दिएनौ भने यसको सजाय छोरीले त पाउछिन नै साथमा आमाबाबाले पनि पाउँछन् । ” जिन्दगीभर गाली ”
4. हर कसैलाई एउटी सुन्दर शुशिल र व्यवहारीक बुहारी चाहिन्छ र जब हामीले आफ्नो छोरीलाई बुहारीको राम्रो सँस्कार दिन्छौ तबमात्र सँस्कारी बुहारी पाउछौ ।
तितो सत्य दुनियाँको सायद केटीहरुले सहन सक्दिनन ,
तर पढ्नुस र बुझ्नुस , ” वृद्ध आश्रममा आमाबुवालाई देखेर सबैले छोरालाई दोष दिन्छन , तर दुनियाले यो कसरी भुल्छन कि त्यहा पठाउनमा कुनै छोरीको नै अहम रोल हुने गर्छ नत्र भने आमाबुवालाई छोराले विवाहभन्दा पहिले नै किन पठाउदैनन ।
तिन मनछुने कथाहरु
१. एकपटक एउटा शहरी परीवार मेला मा घुम्न गए । मेलामा 1 घण्टासम्म घुम्यो कि अचानक उनको छोरा मेला मा हराएछ । दुवै पति पत्निले छोरालाई धेरै खोज्छन तर केटा भेटीदैन । केटाको आमा जोड जोडले रुन थाल्छिन । पछि प्रहरीमा सुचना दिन्छन , त्यसको आधिघण्टा पछि केटा भेटिन्छ । केटा भेट्ने बित्तिकै उनको पति गाउँ को दुई वटा टिकट लिएर आउँछ । तब पत्निले सोध्छिन ” हामी किन गाउँ गइरहेका छौ ? आफ्नो घर किन गइरहेका छैनौ ?  तब उसको पतीले बोल्यो ” तिमी आफ्नो छोरा बिना आधिघण्टा बस्न सकेनौ भने मेरी आमा पछाडीको 10 वर्षदेखी म बिना कसरी बाचीरहेकी होलिन ?
आमा बुवाको दिल दुखाएर आजसम्म कोहि खुशी भएनन
कदर गर्नु छ भने बाचुन्जेल गर कात्रो उठाउने बेलामा त दुश्मनहरु , घृणा गर्नेहरु पनि रुन थाल्छन ।
२. एकदिन एक जना टिचरले एउटा ब्ल्याकबोर्डमा धर्को तानेर विधार्थीहरुलाई सोध्यो ” के तिमी विधार्थीहरु कसैले यो धर्कोलाई सानो बनाउन सक्छौ ?
तब एउटा विधार्थी उठ्यो र उसले ब्ल्याकबोर्डको नजिक आएर धर्को मेटाएर सानो बनाउनको लागि हात अगाडि बढायो तर टीचरले रोकिदिए र भने ” मैले यो धर्कोलाई मेटाउन भनेको होइन सानो बनाउनको लागि भनेको हो ”
यो सुनेर सबै विधार्थी सोचमा परे । आखिर नमेटाइकन त्यो धर्कोलाई कसरी सानो बनाउने । फेरि अर्को पछाडी बसेको विधार्थी उठ्यो र उसले त्यसै धर्कोको ठाउँमा अर्को त्यो भन्दा ठूलो धर्को तानीदियो ।
तब टिचरले भने ” थाहा छ यसको अर्थ के हो ? हेर्दा यो धेरै साधारण छ सानो धर्कोको तल या माथी त्यो भन्दा ठूलो धर्को तानीदेउ तब पहिलाको धर्को आफसेआप सानो हुनेछ तर यसको गहिरो अर्थपनी छ त्यो हो “तिमिलाई जिवनमा अगाडि बढ्नको लागि तिमिले अरु मानिसलाई मेटाउने आवश्यकता छैन । आवश्यकता त यो कुराको छ कि मानिस आफ्नो गुणले आफैलाई यति महान बनाओस कि अगाडि को मानिस आफै सानो देखियोस ” ।
३. एउटा साथीले मलाई विवाहमा सोध्यो कि “आज कुन ‘माल’ सबैभन्दा सुन्दर आयो विवाहमा ?” मैले एउटी केटितिर संकेत देखाउदै भने “आज उनी धेरै सुन्दर देखिरहेकी छिन ।” तव उसले रिसाउदै मेरो तर्फ हेर्दै भन्यो “मुख सहालेर कुरा गर ! उनी मेरी बहिनी हुन”
मैले भने “वाह यार ! मान्नुपर्छ तिम्रो सोचलाई पनि ! तिम्रो बहिनी – बहिनी भयो र अरुको बहिनी ‘माल’ भइदियो । तिमिलाई आफ्नो बहिनी देखिन्छ र बाकी सबै `माल´ देखिन्छ । आखिर उ पनि कसैको बहिनी छोरी हो । भाइ इज्जत सबैको प्यारो हुन्छ । यदि तिमिलाई आफ्नो बहिनी प्यारो छ भने सबैलाई आफ्नो बहिनी प्यारो छ ।त्यसैले मैले जानीबुझी तिम्रो बहिनी तर्फ संकेत गरे ताकी तिम्रो सोचलाई बदल्न सकु । तिमी आफ्नो बहिनिको लागि जे सोच्छौ त्यो अरुको लागि सोच्न सिक्छौ भनेर ।