मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला २२

१. जसको मनशाय राम्रो हुन्छ उसले बाचा गर्छ र जसको चरित्र राम्रो हुन्छ उसले बाचा पुरा गर्छ।

२. कदर तपाईको व्यवहारको कारण हुने हो, कद ठुलो भएर कदर हुने भए त कहिलेकाहिँ छायापनि मानिस भन्दा ठुलो भैदिन्छ।

३. अरुले बोल्ने शब्दले मात्र उसको पहिचान नगर्नुस् किनकी सबैजनाले त्यसरी आफुलाई बोलेर ब्यक्त गर्न सक्दैनन् जति उनीहरु बुझ्न र महसुस गर्न सक्छन्।

४. समय न त ढिलो गर्छ न त हतार, त्यसैले सायद समय नै यो संसारको सबै भन्दा शक्तिशाली चिज हो।

५. बदाम खादा मात्र पनि त्यति बुद्धी आउदैन होला जति धोका खादा आउछ। जीवनमा अनुभवले नै बिद्वान बनाउन सक्छ।

६. जीवन सहज पक्कै छैन, यसलाई सहज बनाउन सक्नुपर्छ, केहि कुरालाई ध्यान दिएर केहि कुरालाई बिल्कुलै ध्यान नदिएर।

७. कहिले काही बोल्दा भने कहिले कहिँ चुप बस्दा समस्याहरु उत्पन्न हुन सक्छन, कहिले बोल्ने कहिले चुप लाग्ने बिचार गर्नु पर्छ।

८. कसैलाई आफु बाच्नुको कारण तबसम्म थाहा हुदैन जबसम्म उ कुनै कुराको लागि मरी मेटिदैन।

९. जितको मजा तब मात्र आउछ जब सबै तिम्रो हारको पर्खाइमा हुन्छन।

१०. जब तिम्रो छिमेकीको घरमा आगो लाग्यो भने तिम्रो सम्पत्ति पनि खतरामा पर्दछ ।

११. अरुबाट पाएको गहिरो मायाले तिमीलाई अपार शक्ति दिन्छ भने अरुलाई गरिने मायाले तिमीलाई साहस दिन्छ ।

१२. जिन्दगीमा काम प्रभाव पार्नको लागि गर्न पर्छ, पैसाको लागि हैन।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !