मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन त्रियासी

१. कसैलाइ गिराएर हेपेर बोल्दैमा तपाईं आफुलाइ महान सम्झनु हुन्छ भने तपाईं जति गिरेको मान्छे कोहि हुदैन ।

२. भोक लागेर खाना खानु प्राकृति हो, अर्काको भाग खोसेर खानु बिकृती हो, दुख पाएकालाइ खाना खुवाउनु सास्कृती हो ।

३. त्यहि मान्छेको मन टुट्छ जो अरुको मन राख्नको लागि भएपनी हास्ने गर्छ ।

४. कसैसँग प्रतिस्पर्धा गर्न आवश्यक छैन तपाईं आफुमा जे हुनुहुन्छ एकदम सहि हुनुहुन्छ ।

५. कसैको घर कति ठूलो छ भने कुरा महत्त्वपूर्ण होइन उसको परिवार कति खिशी छ भने कुरा मात्र सबैभन्दा बढि महत्त्वपूर्ण हो ।

६. एउटा नारिको सबैभन्दा तागत उसको पति हुन्छ अनि सबैभन्दा कमजोरी उसको बिग्रेको सन्तान हुन्छ ।

७. धेरै रिसाउने मान्छेहरु दिल को सफा हुन्छन धेरै कराउने मान्छेहरु मनका धनी हुन्छन ।

८. यत्रो घमण्ड किन एकदिन आखिर तिमिलाई पनि घोचि घोची आगोमै पोल्ने हो ।

९. कालो धन भएको मानिस भन्दा पनि कालो मन भएको मानिसहरु बढि खतरनाक हुन्छन ।

१०. झुठ बोल्ने मान्छेले दुनियाँलाई बेकुफ बनाउन सक्छ तर समयलाई वेबकुप बनाउन सक्दैन ।

११. एकान्तमा रुन वाध्यपनी त्यसैले वनाउछ जसले दुनियाँको सामु हसाउने नाट्क गर्छ ।

१२. कसैलाइ पानीलिन पठायो भने पहिला आफू पिउछ यो जिन्दगी हो यहाँ हरकोही पहिला आफू जिउछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !