मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन एकानब्बे

१. पीडा त धेरै छन् जिन्दगीमा तर यतिकै मुस्कुराउनुको मज्जा बेग्लै हुँदो रहेछ ।

२. कुनै गुनासो छैन अब मलाइ तिम्रो धोका सँग तिमी उसलाई खुशी राख म एक्लै नै सहि छु ।

३. मुखले आफ्नो बनाउने मान्छेहरूको व्यवहार पराइको जस्तो हुन्छ ।

४. समय चाहे जति नै बदलियोस् तर आमाको माया कहिल्यै बदलिँदैन ।

५. रोटी दिने औकात छैन भने कृपया ढुङ्गाले पनि नहानी दिनु होला ।

६. एक पट्क लड्दैमा जीवन सकिँदैन लडेर उठ्नु पनि जीवन हो जसरी यो रुखले जीवनसँग हार मानेन ।

७. मनमा लागेका चोटले जिउन सिकाउँछ भने खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ ।

८. जिन्दगीमा तुफान नोक्सान गर्न मात्रै आउँदैन केही तुफानहरू आएर बाटो साफ हुन्छ ।

९. राम्रो त सबै हुन्छन् बस चिन्नको लागि खराब समय आउनु पर्छ ।

१०. पानी तताएर बाक्लो बनाउँछु भन्नू र बैगुनी लाई गुन लाएर आफ्नो बनाउँछु भन्नू उस्तै हो ।

११. सत्यको बाटोमा हिँडुँ एकदमै फाइदाको कुरा हुन्छ किनकी यो बाटोमा भिड कम हुन्छ ।

१२. दुख सबैको हुन्छ तर दुखमा साथ दिने मान्छे सबैको भाग्यमा हुँदैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !