मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन अठासी

१. छाला राम्रो भएर के गर्नु यदि उसको चाला राम्रो छैन भने ।

२. विमारले भन्दा खराब विचारले कमजोर बनाउछ मान्छेलाई ।

३. बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ ढुङ्गा जस्तो हैन जो अरुको बाटो पनि रोकि दिन्छ ।

४. दुख भोग्ने मानिस त भोलि खुशी हुन सक्छ तर दुख दिने मानिस कहिल्यै खुसि हुन सक्दैन ।

५. पीडा त धेरै छन जिन्दगीमा तर यतिकै मुस्कुराउनुको मज्जा बेग्लै हुदो रहेछ ।

६. बोल्ने तरिका नै फेरिन्छ जब मानिसलाई हाम्रो जरुरत हुदैन ।

७. जब मानिस एक्लो र पीडित हुन्छ तब उ थोरै बोल्छ अनि धेरै मुस्कुराउछ ।

८. धोखेबाज मान्छे जुनकिरि जस्तै उज्यालो देखाएर अध्यारो तर्फ लैजान्छ ।

९. थाहा छैन जिन्दगी ले मलाई खुशी हुने मौका नै दिएन कि म आफै जिन्दगीमा खुसी हुन जानिन ।

१०. जिन्दगीमा कोहि आफ्नो छ भन्नू एउटा भयंकर ठूलो सपना हो ।

११. कहिल्यै रुवाउदिन भन्नेले नै सबैभन्दा वढी रुवाएर जान्छन ।

१२. महङ्गो कपडाले शरीर ढाक्न सक्छ तर खराब सोचलाइ लुकाउन सक्दैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !