मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरू – संकलन बयानब्बे

१. साथीहरू यो लकडाउनमा नजिक कतै यस्ता बालबालिका देख्नुभयो भने उनको मदत गर्नुहोस् यो समयमा उनीहरू मजबुरीमा छन् ।

२. यो कालो रङ पनि अचम्मको हुन्छ आँखामा लाग्यो भने काजल निधारमा लाग्यो भने टीका र चरित्रमा लाग्यो कलङ्क ।

३. धन नचिन्ने पुरुषले र मन नचिन्ने नारीले जिन्दगीमा धेरै दुख पाउँछन् ।

४. सम्झना सबैको आउँछ तर माया उसैको लाग्छ जसको आफूलाई पनि उत्तिकै माया गर्छ ।

५. लेखेर राख्नुस अरूको रिस डाहा र कुभलो सोच्ने मानिसको जिन्दगीभरि प्रगति हुँदैन ।

६. हर कोहीले तपाइँलाई बुझ्दैन यहीँ जिन्दगी हो ।

७. यादहरू याद नै रहून् आदत नबनुन बहुत खतरनाक हुन्छन् ।

८. जिन्दगीमा सबैभन्दा पीडा दिल टुटेर भन्दा विश्वास टुटेर हुन्छ ।

९. सर्पले दूध खाएर अमृत ओकल्नु र मूर्खलाई पढाएर असल बन्नु उस्ता उस्तै हो ।

१०. मर्नको लागि त धेरै बाटोहरू छन् तर जन्म लीनको लागि एउटा मात्र बाटो छ त्यो हो आमा ।

११. खल्तीभरि पैसा भएभने शहरले चिन्दैन दुख पर्यो भने आफ्नाले चिन्दैनन् ।

१२. हार्नु गलत होइन हर मान्नु गलत हो ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!