प्रेरक प्रसंग

अब्राहम लिंकनको जवाफ

आब्राहम लिंकनसँग एकपटक सोधियो – ‘तपाई साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नुभयो ?’

लिंकनले मुस्कुराउदै भने, -‘मैले आफ्नो जीवनमा पाइला पाइलामा परिक्षा लिएँ, हरेक असफलताबाट केही कुरा सिकें । सम्हालिएँ र आफ्नो त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदै गएँ । यस प्रकार एउटा साधारण मानिसबाड म राष्ट्रपति बनें ।’

‘सफलताको सूत्र पुस्तकका पन्नामा होइन मेहेनतमा हुन्छ ।’ – अब्राहम लिंकन

अब्राहम लिंकनको जवाफ

अब्राहम लिंकनका एक परममित्रले समाचारपत्र देखाउँदै भने, ‘हेर्नुस् अन्य मानिसहरू तपाईंको कति आलोचना गर्छन् । तपाई यसको प्रतिवाद किन गर्नुहुन्न ?’

लिंकनले बडो धैर्यले संक्षिप्त जवाफ दिए, ‘साथी वादप्रतिवादको चक्करमा म परिरहेभने राष्ट्रको सेवा कहिले गर्नु ? यदि मेरो कार्यले जनताको भलो भयो भने आलोचकको मुख आफै बन्द हुन्छ, तर यदि मैले जनताको सुविधालाई ध्यान दिइन भने मलाई यस्तो आलोचनाबाट कसैले बचाउन सक्दैन ।’

नम्रताको प्रतियोगितामा अब्राहम लिंकनको स्थान

एक पटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकन आफ्नो साथीको घोडागाडीबाट कतै गइरहेका थिए । बाटोमा एक मजदुरले उनलाई केही झुकेर प्रणाम गर्यो । त्यसको जवाफमा लिंकनले पनि उसैगरि झुकेर प्रणाम गरे ।
यो देखेर उनका साथीले उनलाई सोधे, ‘तपाईले त्यो साधारण मजदुरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुपर्यो ?’

अब्राहम लिंकनले जवाफ दिए, ‘महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् ।’

यो सुनेर उनको साथीको शिर लाजले निहुरियो ।

प्रतिक्रियाहरु

Leave a Reply to Durga Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!