अंग्रेज दमन विरूद्ध स्वतन्त्रताका निम्ती लडेका भारिय क्रान्तीविर भगत सिंहलाई मृत्युदण्ड दिइदै थियो । उनलाई झुण्ड्याउनका निम्ती कोट अगाडी लगिदै गर्दा मृत्युदण्ड दिइनुपूर्व डरले अझै आफ्नो विचार फेर्छ कि भन्ने आशमा अंग्रेजहरूले उसलाई सोध्छन्, ‘मर्नुभन्दा अघि तिम्रो केही इच्छा छ भने जे माग, हामी दिन्छौ !’
भगत सिंगले बडो नम्र भएर भन्दछन्, ‘सक्नुहुन्छ भने मलाई वस् दुई मिनेट समय दिइयोस् ।’ हुन्छ भनी केही बोल्नका निम्ती उनलाई दुई मिनेट समय दिइन्छ । जब उनलाई त्यो दुई मिनेटको समय दिइयो तब उनले मुट्ठी कसेर बुलन्द आवाजमा अन्तिम पटक नारा घन्काउछन्, ‘इन्कलाव जिन्दावाद! इन्कलाव जिन्दावद! !’
यो दृश्य सारा अंग्रेजहरू वस् हेरेको हेर्यै हुन्छन्! हो! हिम्मत यस्तो हुनुपर्छ…डर भन्दा हमेशा चार कदम अघि बढेको ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !