प्रेरक प्रसंग

भगतसिंह र दुई मिनेट समय

अंग्रेज दमन विरूद्ध स्वतन्त्रताका निम्ती लडेका भारिय क्रान्तीविर भगत सिंहलाई मृत्युदण्ड दिइदै थियो । उनलाई झुण्ड्याउनका निम्ती कोट अगाडी लगिदै गर्दा मृत्युदण्ड दिइनुपूर्व डरले अझै आफ्नो विचार फेर्छ कि भन्ने आशमा अंग्रेजहरूले उसलाई सोध्छन्, ‘मर्नुभन्दा अघि तिम्रो केही इच्छा छ भने जे माग, हामी दिन्छौ !’

भगत सिंगले बडो नम्र भएर भन्दछन्, ‘सक्नुहुन्छ भने मलाई वस् दुई मिनेट समय दिइयोस् ।’ हुन्छ भनी केही बोल्नका निम्ती उनलाई दुई मिनेट समय दिइन्छ । जब उनलाई त्यो दुई मिनेटको समय दिइयो तब उनले मुट्ठी कसेर बुलन्द आवाजमा अन्तिम पटक नारा घन्काउछन्, ‘इन्कलाव जिन्दावाद! इन्कलाव जिन्दावद! !’

यो दृश्य सारा अंग्रेजहरू वस् हेरेको हेर्यै हुन्छन्! हो! हिम्मत यस्तो हुनुपर्छ…डर भन्दा हमेशा चार कदम अघि बढेको ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !