नीति वचन

मार्ग दर्शन गराउने – अर्थपूर्ण दश सुक्तिहरु

१. फल लागेपछि वृक्ष झुक्छ, वर्षाको बेला बादल झुक्छ, सम्पत्ति कमाएको बेला सज्जनहरू झुक्छन् । परोपकारीहरूको स्वभाव नै यस्तो हुन्छ ।
– आचार्य तुलसीदास

२. फूलको सुवास वायुको विपरीत जाँदैन तर मानिसको सद्गुणको महक सबैतिर फैलिन्छ ।
– गौतम बुद्ध

३. आलस्य मनुष्यको सबैभन्दा ठूलो शत्रु हो । उद्यम सबैभन्दा ठूलो मित्र । यो मित्रसँग बस्ने मानिस कहिल्यै दुःखी हुँदैन ।
– कवि भर्तृहरि

४. मिहिनेत गरे दरिद्रता रहँदैन, धर्म गरे पाप रहँदैन, मौन रहे कलह हुँदैन, जागा रहिरहे डर रहँदैन ।
– चाणक्य

५. चरित्रहीन शिक्षा, मानवताविहीन विज्ञान र नैतिकता विनाको व्यापार घातक हुन्छ ।
– सत्य साईबाबा

६. सर्पको दाँतमा, माहुरीको शिरमा र बिच्छीको पुच्छरमा विष हुन्छ । तर दुर्जनको शरीरभरि विषैविष हुन्छ ।
– कबिर

७. असल मित्र त्यही हो जो भेटेको बेला आदर–सत्कार गर्छ, पछाडि प्रशंसा गर्छ अनि आवश्यकता पर्दा मद्दत गर्न तत्पर हुन्छ ।
– अज्ञात

८. किताब यस्ता शिक्षक हुन् जो विना कष्ट, विना आलोचना र विना परीक्षा नै हामीलाई शिक्षा दिन्छन् ।
– अज्ञात

९. ऊ नै सबैभन्दा ठूलो ज्ञानी हो, जो आफ्ना कमी–कमजोरी थाहा पाएर आफैं सुधार गर्न सक्छ ।
– अज्ञात

१०. जो व्यक्ति बदलामा केही थोक पनि माग्दैन र पूर्ण रुपले निस्वार्थी छ त्यहि व्यक्ति नै सफल यक्ति हो र यहि नै सफलता र आनन्दको रहस्य हो ।
– स्वामी विवेकानन्द

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

  • 100% अथविनाको किताब नुनै कामको हुदैन र उतरविनाको प्रश्न व्यअथ हुन्छ

  • 100% अथविनाको किताब नुनै कामको हुदैन र उतरविनाको प्रश्न व्यअथ हुन्छ

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !