मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला ४

१. मलाइ एक्लै हिड्नमा धेरै मजा आउँछ न कोहि अगाडि हिड्छ न कोहि पछाडी छुट्छ ।

२. बचपन कति सुन्दर थियो त्यतिखेर खेलौना जिन्दगी थियो अहिले जिन्दगी खेलौना भएको छ ।

३. सबैलाइ खुशी पार्न खोज्नु भनेको जिउदो भ्यागुतालाई तराजुमा तौलिनु जस्तै हो , एउटा लाई बसाउनुहुन्छ भने अर्को उफ्रेर भाग्छ ।

४. दुनियाँको सबै भन्दा ठुलो भग वान भनेको आफ्नो आमा बाबु हुन्, जसले जन्म दिएर भगवानलाई पुज्नु पर्छ भनेर सिकाउँछ !

५. यदी यो संसारमा केही कुरा असम्भव हुन्थ्यो भने सायद यो संसारको नै रचना हुने थिएन ।

६. जिन्दगीमा यस्तो दिन कहिल्यै नआओस् धन सम्पत्ति कमाएर पनि सधैं भरी एक्लो पनको आभास होस्, बरु गरिबनै हुनु तर आफ्नाहरु सधैं साथमा होस्!

७. म त दिल देखेर गरिन्छ साथी अनुहार हेरेर त सौदा मात्रै गरिन्छ !

८. सन्सारमा केवल मान्छे मात्र यस्तो प्राणी हो जसको बिष उसको दातमा होइन बात मा हुन्छ ।

९. महिलाले यदि सहन छोड्ने हो भने 90% घर बर्बाद हुन्छ ।

१०. पढेको मानिसले भन्दा भोगेको मानिसले धेरै कुरा सिकेको हुन्छ ।

११. आवश्यकता भन्दा धेरै “समय” र “इज्जत” दिदा मान्छेले तपाइलाइ एकदमै गिरेको सम्झिन थाल्छ ।

१२. मान्छेसंग हराउने कोसिस गर्नु भन्दा मान्छेहरुको मन राख्ने प्रयास गर्नु होस् यसमा धेरै खुसी मिल्ने छ !

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !