मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला ८

१. मायाको दुनियाँमा कायल छन् सबै जना कसैले भन्छन् त कसैले लुकाउछन् तर घायल छन् सबै जना!

२. तितो सत्य आफ्नो अनुहार आफैंलाई थाहा हुन्छ ,कसैले तपाइको आवस्यकता भन्दा बढी बयान गर्यो भने सोच्नुस कि त्यो बयानको पछाडि के ही न केही स्वार्थ पक्कै लुकेको छ!

३. मान्छे जन्मिएर दुई साल पछी मात्र बोल्न सिक्छ तर के बोल्नु पर्छ भनेर सिक्नुको लागि उसलाई पुरै जन्म लाग्ने गर्छ!

४. त्यो मान्छे कहिल्यै पराई हुँदैन जसलाई आँखाले हैन मन मुटुले आफ्नो मानेको हुन्छ!

५. मान्छेलाई सत्य बोल्ने हिम्मत हुदैन, तर झुठो हेर त कति मिठासले बोल्छन्!

६. दुनियाँको सबभन्दा ठुलो आर्यघाट मान्छेको मन हो,जहाँ अनगन्ति सपनाहरु जलिरहेको हुन्छ प्रत्येक दिन आ~आफ्नो!

७. सारादुनियाँका सबै भन्दा राम्रो पुस्तक हामी स्वयम् हौ ,आफैलाई बुझ्नुहोस् सबैको समस्याको समाधान हुनेछ!

८. बास्तबमा मान्छेले गल्ती गरेर दुनियाँ बाट बच्नु चाहन्छ तर बिचारा उसलाई यो नै थाहा छैन ,कि सजाय दुनियाँले होईन समयले दिन्छ!

९. कुनै पनि मान्छेलाई आवश्यक भन्दा बढी महत्त्व नदेउ, आवस्यकता भन्दा बढी महत्त्व दिएको सम्बन्ध एक दिन अवश्य टुट्ने छ!

१०. सबै भन्दा ठुलो नाटककार त आमा बाबा नै हो, जसले हरेक दुखलाई भुलेर सन्तानको सामु आउँदा मुस्कुराउदै बस्नु हुन्छ!

११. साँचो प्रेम हुन्छ भनेर म त्यो दिन मान्ने छु जुन दिन बाघले मृगको शिकार गर्न छोडेर मृगसँग प्रेम हुन्छ!

१२. साच्चिकै आजभोलि मित्रता एक हजारको नोट जस्तै भएको छ, बिचार गर्नु होस् है कतै नक्कली त छैन!

१३. मायाको दुनियाँमा कायल छन् सबै जना कसैले भन्छन् त कसैले लुकाउछन् तर घायल छन् सबै जना!

१४. हरेक मान्छे बिक्छ यहाँ, कति सस्तो कति महंगो यो उसको बाध्यताले तय गर्छ!

१५. संसार दुखले भरिएको छ, यी दुखको मुख्यकारण हाम्रा इच्छाहरु हुन,हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुखलाई नाश गर्न सकिन्छ!

१६. जिन्दगीमा यस्तो मान्छे माथी कहिल्यै अन्याय नगर्नुहोस्, जोसंग गुहार्नुको लागि भगवान बाहेक अरु कोही छैन।

१७. जिबनमा साथि उसलाई बनाउने गर्नुस् जसले तपाईँको दुखहरुलाई अलि कति भए पनि बुझी दिनु सकोस्!

प्रतिक्रियाहरु

Leave a Reply to Nisa Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!