मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला १३

१. एकपल्ट आफूले दिएका आँसु पुछि दिएर त हेर्नुहोस फेरि अरुलाई रुवाउन मनले मान्दैन ।

२. जानि राख्नुहोस तपाई जति प्रेम बाड्नु हुन्छ उति नै प्रेम प्राप्त गर्नु हुनेछ ।

३. यदि कुनै चिज तपाईं नराम्रो देख्नु हुन्छ भने त्यो तपाईको कमजोरी हो किनकि कुनै चिज आफै मा नराम्रो हुदैन त्यो त हेराइमा भर पर्छ ।

४. जब कसैले तपाईंको मन दुखायो भने शान्त रहनुस किनकी जसलाई हामी जवाफ दिन सक्दैनौ उसलाई समयले जवाफ दिनेछ ।

५. सबै कुरा आफैले भोगेर मात्र कहाँ सम्भव छ र यहाँ, कहिले कहिँ अरुको हेरेर नि सिक्नु पर्ने हुन्छ ।

६. कोहि मान्छेलाई त्यति धेरै महत्त्व पनि नदिनुहोस् कि उसमा तिम्रो सास अड्कियोस, के थाहा जुन बेला तपाईंलाई जिउने इच्छा बढी हुन्छ त्यो बेला उनलेे सास रोकिदिउन ।

७. दिनु छ भने मनै देखि दिनु होइन भने सिधै इन्कार गरि दिनु नत्र लिने लाई नी पछुतो दिने लाई नी पछुतो ।

८. जस्को नियत नराम्रो छ उस्को साथ सधै लाई छोड्नुहोस् । जस्को समय खराब छ उस्को साथ कहिलै नछोड्नुहोस् ।

९. काम गर्नको लागि अनुकुल समय पर्खेर नबस्नुहोस। समय कहिल्यै पनि पूर्ण अनुकुल हुँदैन !

१०. संसार जित्न चाहानु हुन्छ भने सबैभन्दा पहिले आफैलाई जित्नुहोस् किनकि संसारलाई जित्नभन्दा यहाँ आफ्नै मन जित्न गार्हो छ ।

११. यदि तपाईं संसारमा आफ्नो अमरत्वको रहर छ भने आफूमा भएको खुबीलाई संसार सामु देखाउनुहोस ।

१२. आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल्नुहोस् जसले यसको मूल्य बुझ्न सक्दैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !