मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला १५

१. दुनियाँमा सबैभन्दा बहुमुल्य समय हो वर्तमान किनकी यसलाई गुमाएर हामीले दोस्रोपटक हासिल गर्न सक्दैनौ ।

२. कसैको खोज मा न निस्कनुहोस मान्छेहरु हराएका हुदैनन बदलिएका हुन्छन ।

३. बिना रोएर त `प्याज´ पनि काटिदैन महोदय ! यो त जिन्दगी हो त्यतिकै कसरी कट्छ ।

४. यो मृत्यु पनि बडो गजब को चिज हो साथीहरु एकदिन मर्नको लागि पुरै जिन्दगीभर बाँच्नुपर्छ ।

५. यति त मेरो उमेर पनि भएको छैन जति मैले सबक सिकेको छु ।

६. पूरै समुंद्र को पानी ले पनि एउटा जहाज लाई डुबाउन सक्दैन, जब सम्म पानीलाई जहाज ले भित्र आउन दिदैन ।

७. कस्तो चमत्कार छ यो प्रकृतिको; जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ ।

८. बस्, कन्डक्टरको जस्तो भइसकेको छ जिन्दगी, यात्रा दैनिकी हुन्छ र जानू कहि हुदैन ।

९. सफलताको सात रहस्य मलाई आफ्नो कोठामा नै भेटीयो : कौशीले भन्यो – आफ्नो उद्धेश्य महान राख । पँखाले भन्यो – ठण्डा दिमाग राख घडीले भन्यो – हरेक मिनेट महत्वपुर्ण छ, सदुपयोग गर काँचले भन्यो – केही गर्नुभन्दा अगाडि आफुभित्र नियालेर हेर । झ्यालले भन्यो – दुनियालाई पनि हेर । ढोकाले भन्यो – आफ्नो लक्ष्य प्राप्त गर्न पूरा जोड लगाउक्यालेन्डरले भन्यो – Up To Date गर ।

१०. रेखाहरु पनि अचम्मको हुन्छ,  निधारमा खिचियो भने किस्मत बनाइदिन्छ,  जमिनमा खिचियो भने बर्डर बनाइदिन्छ र सम्बन्धमा खिचियो भने भित्ता बनाइदिन्छ।

११. एक रुपैया एक लाख हुदैन तर फेरि एक रुपैया एक लाखबाट निस्कन्छ भने त्यो लाख पनि लाख हुदैन ।

१२. म तपाईंको लाखौ रुपैयाको बिचमा एक रुपैया हु, सम्हालेर राख्नु , बाकी सबै मोहमाया हो ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !