लोकप्रिय भनाइहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला १८

१२. यदि झुठ बोलेर कसैको ज्यान बच्छ भने त्यो पाप होइन, पुण्य हो ।
– मार्लिन मुनरे

११. तपाईको प्रतिभा तपाईलाई भगवानले दिएको उपहार हो, अब तपाईले त्यो प्रतिभाको सक्दो प्रदर्शन गरेर भगवानलाई उपहार दिनुपर्छ।
– लियो बुसकैजलिया

१०. आत्मसम्मान भन्दा उत्कृष्ट भाव अरु कुनै हुनसक्दैन।
– एच एल मेङ्केन

९. मानिसको आफ्नै मति भ्रष्ट भयो भने उसलाई दुश्मनको आवश्यकता पर्दैन।
– बुद्ध

८. आफुले गर्ने कर्म आफ्नै विचारको उत्पत्ति हो,त्यसैले विचार सबै भन्दा महत्वपूर्ण हुन्छ।
– साई बाबा

७. शान्त स्वभावको मानिसहरुको रिसबाट सावधान रहनुहोस्।
– जोन ड्रेडेन

६. कुनै कुरामा तपाई कसैलाई विश्वस्त बनाउन सक्नुहुन्न भने उसलाई अलमल्ल बनाइदिनुहोस्।
– ह्यारी तुर्मान

५. विनम्रता सबैसँग देखाउनु, घनिष्टता कसैसँग मात्र।
– थॉमस जैफरसन

४. एउटा प्रतिभाशाली व्यक्ति केही गर्ने सोचले प्रेरित हुन्छ, न कि अरुसँग हार्ने या जित्ने।
– ऐन रैंड

३. सपनाहरु पुरा हुन्छन् या हुन्नन्, यसको चिन्ता गरेर सपना देख्न चाही नछाड्नुहोला।
– अब्दुल कलाम

२. कुनै काम नगर्दा पनि तपाईंले कुनै न कुनै अनुभव चाही बटुलीरहनु भएको हुन्छ।
– अस्कर विल्ड़े

१. तपाईंले चाहे जति सुकै लक्ष्य प्राप्त गर्नु भैसके पनि आफ्नो आँखा फेरी अर्को लक्ष्यमा राख्नुहोला।
– जेसिका सेविच

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !