मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला २०

१. तपाईलाई अरुले पहिला देख्छन् अनि मात्र सुन्छन्, त्यसैले कहिलेकाही बोलि मात्र मिठो भएर हुदैन, आफ्नो रुप पनि राम्रो राख्न जरुरी हुन्छ।

२. धनको लागि आफ्नो इच्छा नमार्नु होला, आफ्नै रुचीको काम गर्दै जानुस्, त्यसमै पोख्त हुनुहोस्, एकदिन तपाईको रुचीको कामले नै तपाईको लागि धन सिर्जना गर्नेछ।

३. यो मानिसको स्वाभाव नै हो, जे उसले याद गर्नु पर्ने हो, त्यो कुरा उसले बिर्सिन्छ र जे उसले बिर्सिनु पर्ने हो, त्यो कुरा उसलाई सधैँभरि याद रहन्छ।

४. काम शुरु गर्ने मान्छे महान हैन, महान त काम सकाउने मान्छे हो।

५. जहाँ गएपनि जसलाई भेटेपनि राम्रो व्यवहार नै देखाउनु होला, किनकी तपाई त्यो ठाउ फेरी पनि जानु पर्ने हुनसक्छ।

६. जीवनको अर्थ एउटा उपहार खोज्नु हुनुपर्छ भने, जीवनको उद्देश्य त्यो उपहार अरु कसैलाई प्रदान गर्नु।

७. जुन हातले अरुलाई फुल बाडिन्छ, त्यो हातमा पनि सुगन्ध पक्का आउछ।

८. हरेक कुराका सृजना दुई पटक हुने गर्दछ, पहिलो दिमागमा अनि अर्को वास्तविकतामा।

९. कहिलेकाही बेवास्ता गर्ने बानि नै मन शान्त बनाउने उत्तम उपाय भइदिन्छ।

१०. शब्दहरु बुझ्नको लागि शिक्षाको आवश्यकता पर्छ भने त्यसको अर्थ बुझ्नलाई अनुभवको।

११. आफ्नो इमान्दारीतालाई अरुको गुलाम हुन् कदापि नदिनु होला, जे भएपनि आफ्नो आत्मसम्मानसँग सम्झौता नगर्नुहोला।

१२. दूध, दही, मोही, घ्यु या मक्खन, सबै एकै कुलको हुदापनि सबैको मूल्य फरक पर्छ। जो पनि, जे पनि आफ्नो गुण या विशेषताहरुको कारण मूल्यवान हुने हो।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !