१. यदि तपाईले प्रकाश भेटिरहनु भएको छैन भने आफै सुर्य भैदिनुस्।
२. यदि तिम्रो शत्रूले गल्ती गरिरहेको छ भने, उसलाई बाधा नपुर्याउ।
३. एउटा राम्रो शिक्षकले तपाईमा आशा, कल्पना र विश्वासको उत्तम समिश्रण दिलाउन सक्छ।
४. को शक्तिशाली को कमजोर भनेर भेदभाव नगर्दा नै राम्रो, खेल सकिएपछि त चेसका सबै गोटीहरुलाई पनि एकै डब्बामा राखिन्छ।
५. समयले निर्धारित गर्छ हामि आफ्नो जीवनमा कसलाई भेट्छौ, मनले निर्धारित गर्छ हामि आफ्नो जीवनमा कसलाई चाहन्छौ र हाम्रो व्यवहारले निर्धारित गर्छ कि हाम्रो जीवनमा को हामिसँग बस्छ।
६. कुनै पनि धर्ममा आफ्नो धर्मलाई टिकाउन र फैलाउन दोश्रो धर्मलाई मार्नुपर्छ भनि लेखिएको छैन ।
७. अरुलाई सहयोग गर्दा यदि आफ्नो मन खुशी हुन्छ भने त्यो मात्र सेवा हो, नत्र बाकि सब देखाउनको लागि मात्र।
८. हामीसबैको दुई जीवनकाल हुन्छ, दोश्रो तब मात्र शुरु हुन्छ जब तपाईले यो बुझ्नुहुन्छ कि तपाईसँग यहि एक जीवन हो केहि गर्नलाई।
९. कुनै पनि पुग्नुपर्ने ठाउँमा तपाई कसैलाई पर्खाएर आफु ढिला पुग्नुको मतलब तपाईमा घमण्ड छ कि उता पर्खिने मान्छेको समय भन्दा तपाईको समय महत्वपूर्ण छ।
१०. जाडोमा प्रिय लाग्ने सुर्यसँग पनि गर्मिमा मानिसहरु टाढा रहने गर्दछन, तपाईको आवश्यकता जहिले र जहाँ हुन्छ, त्यहाँ मात्र तपाई प्रिय हुनुहुन्छ।
११. फोहोर त मान्छेको हेराइको कुरा हो, किनकि केहि फोहोर टिप्न आउने मान्छेले त्यहि फोहोरमा आफ्नो दुइ छाक देख्न सक्छन।
१२. थोरै ज्ञानले तपाईलाई मुर्खहरुको भीडमा मात्र विद्वान बनाएको हुन्छ। थोरै ज्ञानमा घमण्ड नगर्नु होला।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !