मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला २४

१. जीबनमा सधै प्रेमको बोलि बोल्नुहोस किनकि यसलाई बहिरोले पनि सुन्न सक्छ अनि अन्धोले पनि देख्न सक्छ ।

२. आजकाल मान्छेलाई बुझ्ने भन्दा पनि बुझाउने मान्छे धेरै हुन थाले, त्यसैले कुराहरुपनि सुल्झिन भन्दा पनि धेरै उल्झिन थालेका हुन्।

३. कोइलीले आफ्नो भाषा बोल्छिन त्यसैले स्वतन्त्र हुन्छिन , तर सुगा हमेशा अरुको भाषा बोल्छ त्यसैले उ पिजँडामा गुलाम हुन्छ , त्यसैले तपाईं पनि आफ्नै नियममा हिड्नुस र आफ्नै भाषा बोल्नुस र स्वतन्त्र जिउनुस।

४. जो व्यक्ति धैर्यको मालिक हो, उ सबै चिजको मालिक हो ।

५. मुस्कान निक्कै शक्तिशाली हुन्छ, यसले धेरै कुरा जताउन पनि सक्छ भने धेरै कुरा लुकाउन पनि सक्छ।

६. तिमीलाई पैसा चाहिँदैन जस्तो गरी काम गर, तिमीलाई कहिल्यै चोट परेको छैन जसरी प्रेम गर, र तिमीलाई कसैले हेर्दै छैन जसरी नाच।

७. महान काम गर्ने एउटै तरिका छ, तपाई जे गर्नुहुन्छ त्यसलाई हृदयदेखी गर्नुस ।

८. एउटा नेतृत्वकर्ता र एउटा समर्थक बिच भिन्नता स्पष्ट गराउछ ।

९. यदी तपाई उड्न चाहनुहुन्छ भने, तपाई उड्न सक्नुहुन्छ तर, आफुमा धेरै भन्दा धेरै बिस्वास राख्नुस ।

१०. यदी आजको दिन तपाईको जिन्दगीको अन्तिम दिन भयो भने, तपाई आज जे चाहनुहुन्छ त्यो गर्नुहुन्छ ।

११. जिन्दगी रचना गर्नु र अनुभव लिएर जिउनको लागी हो, जुन कसैसँग पनि बाड्न योग्य हुन्छ ।

१२. डिजाईन को मतलब केवल यो हुदैन कि चिज देखिनमा र महसुस कस्तो हुन्छ, डिजाईन यो हो कि चिज काम कसरी गर्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !