१. तपाईको समय सिमित छ, यसलाई अरूले जस्तै जिएर खेर नफाल्नुस यस्तो शिद्दान्तको स्विकार नगर्नु जुन ,आफै अरू मान्छेहरूको बिचारको नतिजामा आधारित हुन्छ , कसै अरूको सुझावलाई आफ्नो सुझाव नबनाउनु, आफ्नो हृदयको सुन्नु ।
२. सजिलो, असजिलो भन्दा कठिन हुन सक्छ । तपाईले आफ्नो बिचारलाई स्पष्ट बनाउनको लागी, परिश्रम गर्नु पर्नेछ, जसले त्यो सजिलो बन्न सक्छ ।
३. कहिलेकाँही जिन्दगीले तपाईको शिरमा ढुङ्गाले हिर्काउछ, तरपनि बिस्वास नगुमाउनुस ।
४. रचनात्मकता अरू केही होईन, मात्र चिजहरूलाई मिलाउनु हो ।
५. आफ्नो हृदय र मनका कुराहरूमा चल्ने साहस गर्नुस किनभने यो नै त्यो हो, जसलाई थाहा हुन्छ कि, तपाई वास्तवमा के बन्न चाहनुहुन्छ ।
६. दिर्घसंकल्प नै त्यो चिज हो, जसबाट म पुरै तरिकाले आश्वस्त छु, जुन एक लाई भन्दा अलग गराउछ ।
७. केही समयपछि हामिलाई आफूसँग भएको जे पनि अलि त्यति आकर्षक नलाग्न सक्छ। सबै कुराहरु पाउदा भन्दा नि पाउने चाहाना हुदा, अत्याधिक आकर्षक लाग्छन् ।
८. रात ढलोस तर दिनभर बटुलेको अनुभव न ढलोस।
९. दृष्टि त प्राय सबैसँग हुन्छ, फरक त दृष्टिकोण हुनुपर्छ।
१०. आफ्नो ब्यवहारमा थोरै रूखोपन राख्नु पनि जरुरी हुन्छ, यदि समुन्द्रको पानीमा पनि नुन नभएको भए सबैले त्यसलाई पिउने प्रयास गर्थे।
११. आफ्नो सोचमा केन्द्रित हुनुहोला, किनकी सोच नै शब्द बन्छन, शब्द नै कार्य, कार्य नै बानि, बानि नै चरित्र अनि चरित्र नै हाम्रो भाग्य।
१२. सही जवाफ प्राप्त गर्नु ज्ञान हो भने सही प्रश्न सोध्नु बुद्धिमानी।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
good
good