मनछुने लाइनहरु

कसैसँग दुःखी हुनु भन्दा एक्लै दुःखी हुनु धेरै जाती – मनछुने लाइनहरु

१. कसैसँग दुःखी हुनु भन्दा एक्लै दुःखी हुनु धेरै जाती।

२. सबैलाई माया गर, केहीलाई मात्र विश्वास गर र कसैलाई पनि नराम्रो नगर।

३. संसारको सबैभन्दा सुन्दर चिज हेर्न र छुन सकिंदैन त्यसलाई मात्र मनले अनुभव गर्न सकिन्छ।

४. कहिलेकाहीं आँखाले देख्न नसकिरहेको कुरा मनले देख्न सक्छ।

५. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ।

६. पटक पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो।

७. आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो।

८. सब थोक पाएर दुखी हुनु भन्दा सबै थोक गुमाएर सुखी हुनु महान कुरा हो।

९. यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो बन्छ, विज्ञानमा यदि धर्मलाई नजोड़ने हो भने विज्ञान अन्धो हुन्छ।

१०. जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुदैन, जहाँ नियम हुन्छ त्यहाँ प्रेम हाेइन।

११. ‪पीडा कम भएको छैन । बस् पीडा सहने बानी अलि बढी भएको छ ।

१२. धेरै सजिलो छ झुठ बोलेर कसैको भरोसा तेड्न‬ ‪र धेरै गाह्रो छ साँचो बोलेर कसैको मन जित्न ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!