मनछुने यथार्थ लाइनहरुको संग्रह यहाँहरु समक्ष पस्कने क्रममा आज हामी तेह्रौ संग्रहसम्म आइपुगेका छौ । यो संग्रहमा हामीले सम्बन्ध, प्रेम र विछोड सम्बन्धि यथार्थ लाइनहरु राखेका छौ; आशा गर्दछौ पहिलेको जस्तै यी लाइनहरुले पनि यहाँको हृदय छुन सफल रहनेछ । हाम्रा यस्तै अन्य मनछुने लाइन संग्रह अध्ययन गर्नको निम्ति हाम्रो एप डाउनलोड गर्न सक्नुहुनेछ, डाउनलोडको निम्ति यहाँ क्लिक गर्नुहोला !
१. गलत मान्छेको पछाडी दौडिन छोड्नुहोस् किनकी सहि मान्छे भाग्दै भाग्दैन ।
२. कसैको त्यति धेरै पनि नजिक पनि नहुनु कि थोरै दुरिले पनि धेरै मन दुखोस ।
३. तपाई जसमाथि आँखा चिम्लियर बिश्वास गर्नु हुन्छ, अक्सर उस्ले नै तपाइको आँखा खोली दिन्छ ।
४. जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन ।
५. छोडिदिए मैले ती व्यक्तिहरुको संगत, जस्ले “प्राथमिकता” मा होइन कि सधै “बिकल्प” मा राखेर बोल्ने गर्थे ।
६. “सधै यस्तै हुनु है तिमी” भनेर सुरु भएको सम्बन्ध, “तिमी सधै यस्तै हो” भनेर अन्त्य हुन्छ ।
७. जिन्दगीमा पछुतो गर्न छोदिदेउ, बरु यस्तो काम गर कि तिमीलाई छोड्नेहरु नै पछुताउनु परोस ।
८. तपाइको जीवनमा केहि पनि परिवर्तन हुदैन, यदि तपाइले आफुलाई परिवर्तन गर्न सक्नुहुन् भने ।
९. सुखमा आफ्ना हजार हुन्छन, दु:खमा सबै फरार हुन्छन, कस्तो संसार बनाएछ दैबले, जिउदा एक्लै मर्दा मलानी हजार हुन्छन ।
१०. प्रायजसो यहि सोचले गर्दा नै सम्बन्धहरु सकिन्छ, “उसले याद गर्दैन भने मैले चै किन गर्नु ?”
११. यति ब्यस्त पनि नबन्नुस । ताकी त्यो ब्यस्तताले सम्बन्धलाई बेवारिसे बनाओस ।
१२. प्रतीक्षा मात्र गर्नुपर्छ, समयले सबै देखाईदिन्छ, मान्छेको साथ् र औकात कस्तो हुन्छ भनेर ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !