मनछुने लाइनहरु

कालो रात पछी नै सुनौलो विहानको सुरूवात हुने हो – मछुने भनाइहरु

१. म मर्दा रुने लाखौ हुनेछन तर मेरो खोजी उसको हो जो म रुदा मर्नेछ ।

२. एक्लोपनलाई मेरो शोख नसम्झनु मित्र; यो त बडो प्यारले कोही आफ्नोले दिएको उपहार हो ।

३. कसको लागि बनाएको हौ यो स्वर्ग ए ईशार.. म त स्वर्गको लायक यहाँ कोही पनि देख्दिन ।

४. म संसारको लागि कुनै खास त होइन तर म जस्ता निकै कम छन यो संसारमा ।

५. प्रेम भनेको हृदय देखि हुनुपर्दछ, किस्मत त के थाहा कहिले बदलिन्छ ।

६. मानिसहरुबाट सुनेको थिए कि समय बदलिने गर्दछ तर समयले बतायो कि मानिस पनि बदलिने गर्दछन ।

७. कुनै समय थियो मा हास्दै उठ्ने गर्दथे; तर आज समय यस्तो छ कि विना हासो साझ पर्ने गर्दछ ।

८. अब नरोऊ किनभने यो सकियो, बरू खुसी बन किनभने यसको सुरूवात हुदैछ ।

९ मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन मेरो जुत्ता भित्रको ढुंगाले हो ।

१०. लामो कालो रात पछी नै नयाँ सुनौलो विहानको सुरूवात हुने हो ।

११. यो नहेर कि तिमी कहा लड्यौ, बरू यो हेर कि तिमी कहाँ चिप्लिएका थियौ ।

१२. जीन्दगी भनेको १०% ममाथी के हुन्छ र ९०% यसप्रति मैले कस्तो प्रतिकृया देखाउछु हो ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !