मनछुने लाइनहरु

विपदमा मनको बललाई हतियार बनाउन सक्नुपर्छ – केही लाइनहरु

१. जीवनमा भेटिने मान्छेहरु बादल जस्तै हुन, कोहि आएर शितलता छर्छन्, त कोहि गएर उज्यालो।

२. मातापिता र वृद्धहरुलाई कहिल्यैपनि भार नसम्झ । ति भार होइननभाग्य हुन ।

३. आफ्नो नजिक को छ भनेर पत्ता लगाउनपनि कहिलेकाही धेरै टाढा पुग्न पर्छ ।

४. अवसर अनि सुर्योदय दुवै एकै जस्ता हुन् । ढिला उठे दुवै छुट्न सक्छन् ।

५. संसारमा सबैभन्दा पहिला दुईजना भगवान आउँछन् – पहिलो मनको कुरा बुझिदिने आमा र दोश्रो भविष्यको लागि सोचिदिने बुवा ।

६. नदि ले पनि म सबलाई डुबाउन सक्छु भनेर घमण्ड नगरे हुन्छ, किनकी तेलको एक थोपालाई नदिले डुबाउन सक्दैन ।

७. प्रशन्नता त्यो टिका हो जुन अरुको निधारमा लगाईदिंदा आफ्नो औला मगमगाउछन् ।

८. समय अनुसार परिस्थिती बदलिन्छ भन्नु त भनाई मात्र हो, तपाईंले परिस्थितीलाई आफै बदल्न पर्छ ।

९. विपदमा मनको बललाई हथियार बनाएर चलाउन सक्नुपर्छ ।

१०. जब तपाई आफना नकारात्मक सोचलाई सकारात्मक सोचले प्रतिस्थापन गर्नुहुन्छ, तव सकारात्मक नतिजा देखिन थाल्छ ।

११. व्यस्तता भन्दापनि खाली बस्नाले मान्छे थकित बनाउछ ।

१२. केही मानिस सफलताको सपना देख्ने गर्छन् भने केही मानिस जागेर त्यसको लागि मेहेनत गर्छन् ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !