सफल भनाइ

अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम पाइला हो – सफल भनाइहरु

१. कुनै महिलालाई उपहार दिन चाहनुहुन्छ भने “सम्मान” दिनुहोला । यो भन्दा ठूलो उपहार अरु कुनै हुँदैन ।-अज्ञात

२. घडी हेर्ने मान्छेसँग काम नहुन सक्छ किनकी काममा डुब्ने मान्छेहरुले समयको ख्याल गर्दैनन् ।-अज्ञात

३. हामी अरुलाई चिन्न या बुझ्न हैन स्वयम् आफूलाई चिन्न यो संसारमा छौं ।-ऑस्कर वाइल्ड

४. सफलता भनेको तयारी, कडा परिश्रम अनि असफलताबाट सिक्नुको परिणाम हो । यसको अन्य कुनै शुत्र हुँदैन ।-जन. कोलिन एल. पावेल

५. कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुशी छ भन्ने बुझिन्छ ।-एन्डी रोनी

६. आफ्नो विरोधीहरु सँग मित्रता गर्नु विरोधीहरुको नास गरे बराबरको हुन्छ। -अब्राहम लिंकन

७. आफ्नो अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम खुड्किलो हो । -डिजराइली

८. आज गरेको मेहनत वृक्षारोपण गरेजस्तै हो, त्यसको फल तपाईले नै एकदिन खान पाउनु हुनेछ। -ओजी मन्दिनो

९. जबसम्म अन्धकार हटदैन, तबसम्म सूर्यको उदय हुदैन। -महाभारत

१०. तपाईंलाई हरेक कार्य आफूले गर्न सक्छु जस्तो लाग्न जरुरी हुँदैन, केहि कार्य आफूलाई गर्न सक्दिन लाग्दैमा केहि गलत छैन ।-हेनरी फोर्ड

११. “तपाईं के सोच्नुहुन्छ, तपाईं के बोल्नुहुन्छ र तपाईं के गर्नुहुन्छ”-यो ३ कुराको तालमेल हुन निक्कै जरुरी हुन्छ ।-महात्मा गांधी

१२. महान् व्यक्ति अर्काको अपमान पनि गर्दैन र अरुको अपमान सहन पनि सक्दैन । -होमर

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!