१. जब बिरामी भएर सहन गाह्रो पर्छ नि तब मुख बाट एउटै शब्द निस्कन्छ आमा ।
२. आमाको याद पनि कति अचम्मको जब आउँछ नि तब रुवाएर जान्छ ।
३. त्यस ब्यक्तीको दिल कहिले नतोड्नु जोसंग भगवान बाहेक अरु कोहि साथ छैनन ।
४. ढुङ्गा एकपल्ट मन्दिर गएर भगवान बन्यो , तर मान्छे दिन दिनै मन्दिर गएर पनि ढुङ्गा नै रह्यो ।
५. मलाई आफ्नाले नै सिकाएका हुन् यहाँ कोहि आफ्नो हुन्नन् भनेर ।
६. पहिलो प्रेमको लागि मनले जस्लाइ रोज्छ त्यो आफ्नो होस या नहोस तर दुखी हुन्छु, उसैको सम्झना आउने गर्छ ।
७. आज पनि त्यस्ता नारीहरु धेरै छन जस्ले आज नभए भोलि त ठिक होला नि भनेर हरेक दिन रोएर बिताइ रहेका छन ।
८. स्वार्थले भरिएको शहर भन्दा स्वस्थ्य र सुन्दरताले भरिएको गाउँ धेरै राम्रो ।
९. हासु भने आँखा भरी आसु छ, नाचु भने मन भरी पीडा छ, बाचु भने जिन्दगी नै व्यथा छ ।
१०. घाउ धेरै छन जिन्दगीमा कोहि आफ्नाले दिएका छन भने कोहि पराइले ।
११. इज्जत धेरै महगो चिज हो हजुर इज्जतको आशा हरेक मानिस बाट नराख्नुस ।
१२. म कसैको लागि आफुलाइ परिवर्तन गर्दिन बस एक जना बाहेक ती हुन मेरी आमा ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !