मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन एक

१. जब बिरामी भएर सहन गाह्रो पर्छ नि तब मुख बाट एउटै शब्द निस्कन्छ आमा ।

२. आमाको याद पनि कति अचम्मको जब आउँछ नि तब रुवाएर जान्छ ।

३. त्यस ब्यक्तीको दिल कहिले नतोड्नु जोसंग भगवान बाहेक अरु कोहि साथ छैनन ।

४. ढुङ्गा एकपल्ट मन्दिर गएर भगवान बन्यो , तर मान्छे दिन दिनै मन्दिर गएर पनि ढुङ्गा नै रह्यो ।

५. मलाई आफ्नाले नै सिकाएका हुन् यहाँ कोहि आफ्नो हुन्नन् भनेर ।

६. पहिलो प्रेमको लागि मनले जस्लाइ रोज्छ त्यो आफ्नो होस या नहोस तर दुखी हुन्छु, उसैको सम्झना आउने गर्छ ।

७. आज पनि त्यस्ता नारीहरु धेरै छन जस्ले आज नभए भोलि त ठिक होला नि भनेर हरेक दिन रोएर बिताइ रहेका छन ।

८. स्वार्थले भरिएको शहर भन्दा स्वस्थ्य र सुन्दरताले भरिएको गाउँ धेरै राम्रो ।

९. हासु भने आँखा भरी आसु छ, नाचु भने मन भरी पीडा छ, बाचु भने जिन्दगी नै व्यथा छ ।

१०. घाउ धेरै छन जिन्दगीमा कोहि आफ्नाले दिएका छन भने कोहि पराइले ।

११. इज्जत धेरै महगो चिज हो हजुर इज्जतको आशा हरेक मानिस बाट नराख्नुस ।

१२. म कसैको लागि आफुलाइ परिवर्तन गर्दिन बस एक जना बाहेक ती हुन मेरी आमा ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !