मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन छ

१. आफुले चालेको हरेक पाइलामा होस गर्नुहोस मुखले एक र ब्यवहारले अनेक हुन्छन यहाँ मान्छेहरु ।

२. जिवनमा यती कुरा भगवानसंग माग्नु कि आमा विनाको कुनै घर नहोस र कुनै आमा बेघर नहोस ।

३. रुपले राम्री श्रीमति त जसले पनि पाउन सक्छन् तर व्यवहार राम्रो भएको श्रीमति चाहिँ भाग्यमानीले मात्र पाउछ ।

४. गरिब धन को छु मन को होइन, टुहुरो परिवार को छु संसार को होइन, कम्जोर ज्यान को छु ज्ञान को होइन ।

५. मर्दा लाने केही पनि हैन तर कति धेरै घमण्ड गर्छन् मानिसहरु ।

६. शास्त्रले भन्छ मरेपछि छोरा चाहिन्छ तर जिन्दगीले भन्छ मर्नु अघि छोरी चाहिन्छ ।

७. दुख त भुलाएर कम हुन्छ दुनियाँलाई सुनाएर हैन ।

८. जति उमेर बढदै गयो त्यति नै मौन बस्न सिकाउदो रहेछ जिन्दगिले ।

९. खुसी लाई पैसाले किन्न र तागत ले छिन्न सकिने भए कसम सायद आज यो संसारमा कोहि पनि दुखि हुने थिएन होला ।

१०. शारीरिक कष्ट सहन त्यति कठिन हुँदैन जति कि मानसिक कष्ट सहन गाह्राे हुन्छ ।

११. बुद्धीले बद्लिएको मानिस सधैं आफुलाइ अरु समान देख्छ भने पैसाले बद्लिएको मानिसले आफुलाइ वरिष्ठ देख्छ ।

१२. माया पाउनेले खुशी पाउछ अनि गुमाउनेले पीडा ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !