मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन सात

१. तितो सत्य; पैसा हुदा शहरमा आफन्त अनगिन्ती पाइन्छन पैसा नहुदा सबै पराइ ।

२. जीवन साथी धनी होस नहोस् हेर्दा सुन्दर होस नहोस मतलब भएन तर इज्जत र माया गर्ने चाहिँ होस ।

३. रुदै गरेको आखाले कहिले झुट बोल्दैन आँसु त तब झर्छ जब मनमा पिडा हुन्छ ।

४. गरिवी देखेर गरिवको खिल्ली नउडाउनु होला गरिव हुन समय लाग्दैन ।

५. सम्बन्ध तब मजबुत हुछ जब रिसाउने मान्छे समझदार अनि फकाउने मान्छे परिपक्व हुन्छ ।

६. धन र रुप हेरेर मन जोड्नेहरुलाई के थाहा मनसंग मन जोडिएर बसेको माया कस्तो हुन्छ भनेर ।

७. कमजोर मन अनि सत्य बोलिको फाइदा उठाउनेहरु यहाँ धेरै छन् ।

८. सुन पाइयो भन्दैमा नुन लाई कहिले नबिर्सिनुहोस नभए जिन्दगी खल्लो हुन्छ ।

९. सम्पत्ति हुदा शत्रु बड्छन सम्पत्ति नहुदा आफन्त घट्छ्न धन देखे नाता जोड्छ्न भने गरिब देखे साथ छाड्छ्न यहि त हो जिन्दगीको बास्तबिकता ।

१०. कालो धन भएका मानिस भन्दा कालो मन भएका मानिस खतरनाक हुन्छन् ।

११. घोचेर होइन सोचेर बोल्ने गर्नुस बोल्नेले बिर्सिए पनि सुन्नेले सधै याद राख्ने गर्छ ।

१२. जीवनमा यस्तो दिन पनि आउँछ जाहा आफू सहि हुदा हुँदै पनि परिस्थितिले गलत साबित गरिदिन्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !