१. यस्तो मान्छेको लागि आफ्नो समय कहिल्यै बर्बाद नगर्नुस् जसले तपाईलाई कहिल्यै आफ्नो जस्तो ब्यावहार गर्दैन ।
२. लुगामा के नै हुन्छ र एक दिन फाटेर जानी हो बरु उसको मन कहिले नफटाउनु जसले आफ्नो जन्म दिनेलाइ धोका दिई तिमीलाई अंगालेकी छे ।
३. आवश्यकता भन्दा धेरै सोझो बन्यो भने आवश्यकता भन्दा धेरै प्रयोग हुइदो रहेछ ।
४. छोरी बिरामी हुँदा रातभर नसुति रोएर बस्ने आमा बुहारी बिरामी हुँदा नाटक गरेकि भन्दै गाउँभरि कुरा काट्दै हिन्छिन ।
५. मलाई मतलब छैन उ कालो होस या गोरो, होचो होस या अग्लो वस उसको रुप रङ भन्दा हृदय विशाल र त्यो हृदयमा मानबता भए त्यो नै मेरालागी अति उपयुक्त साथी हुनेछ ।
६. यहाँ बानी बेहोराको कुरा नगरौ हजुर स्वार्थी दुनियामा अनुहार राम्रो हुनेहरुलाई मात्र मान्छे गनिदो रहेछ ।
७. मान्छेहरु यहाँ आफु खुशी हुदा भन्दा अरु दुखी भएको देख्दा धेरै खुशी हुने गर्छन् ।
८. बिहानको खानमा चाउचाउको झोल खाएर दिनभरी पसिना बगाएर परिवार लाई मीठो मसिनो खुवाउने बाबा हाम्रो लागि भगवान भन्दा ठुलो हुन् ।
९. यादले मान्छेलाई रोगी बनाउँछ, घमण्डले मान्छे लाई जोगी बनाउछ र हाँसोले मान्छे लाई निरोगी बनाउछ ।
१०. खोइ आज भोलि के भको हो भिडसँग टाडिन मन छ अनि एकान्तमा बसेर रुन मात्र मन लाग्छ ।
११. राम्रो मान्छेको साथ पो साथ नभए एक्लोपन नै जिन्दावाद ।
१२. त्यो लडाइँ कहिले जितिदैन जहाँ सत्रु आफ्नो आफन्त नै हुने गर्छन्


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !