मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन नौ

१. सुनेको थिए आजकल सबैथोक किनमेल गर्न मिल्छ मलाई पनि आफ्नो दुख बेचेर सुख किन्न मन छ ।

२. एक पटक लड्दैमा जीवन सकिदैन लडेर उठ्नु पनि जिवन हो ।

३. कसैसँग जबर्जस्ति बोल्न खोज्नु भनेको आफ्नो कमजोरि देखाउनु हो एकोहोरो त आफ्नो सास पनि चल्दैन सम्बन्ध कसरी चल्छ यहाँ ।

४. गल्ती हुँदा दोष लगाउने भन्दा पनि गल्ती हुँदा सुधार्न सहयोग गर्ने व्यक्तिलाई सम्मान गर्छ यो मनले ।

५. जिन्दगीमा सबै काम गर्नुस तर अरुको कुरा सुन्ने अनि अरुकै भर र इशारामा चल्ने मान्छेको विश्वास कहिले नगर्नुहोस् ।

६. घोचेर होइन सोचेर बोल्ने गर्नुस बोल्नेले बिर्सिए पनि सुन्नेले सधै याद राख्ने गर्छ ।

७. घमण्ड नगर्दा हुन्छ कसैले पनि हामी त पृथ्वीको पाउना हौ मालिक हैन ।

८. सबै ले भन्ने गर्छन नारीको कुनै घर हुँदैन तर सत्य कुरा त यहि हो नारी बिना को कुनै पनि घर हुँदैन पहिले आफ्नो सोच बदलउ समाज आफै परिवर्तन हुन्छ ।

९. रुख जति नै माथि गए पनि हागा पिङाहरु जति फैलिए पनि जरा त आखिर जमिन मै हुन्छ मान्छे जति सुकै ठूलो किन नहोस् कुरा उसको व्यवहार कै हुन्छ ।

१०. चोखो माया गर्ने हरुलाई सधै भ्यालेन्टाइन डे !

११. मेरो पोहिलो माया आमा ।

१२. माया गर्नलाई उमेरले कोहीले पनि छेक्दैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !