मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन तेह्र

१. सूर्यले त सिर्फ दिनमा उज्यालो दिने गर्छ तर छोरिहरुले त पूरा जीवन घरलाई उज्यालोमय बनाइ दिन्छ्न ।

२. आफन्त र रुखको पात एउटै हुन हरियाली हुन्जेल छ्हारी बन्छ्न ओइलाएपछी हराएर जान्छन् ।

३. कोहि एक ब्यक्ती संसारको लागि त केही नहोला तर उसको परिवारको लागि पुरै संसार हुन्छ ।

४. सर्पले मात्र होइन यहाँ मन भरिएपछी मान्छेले पनि काचुली फेर्ने गर्छन ।

५. जब सम्म मान्छेले दुख कष्ट आफै भोग्दैन तब सम्म मान्छेले अरुको पीडा र दुख बुझदैन ।

६. प्राय सधै एक्लै हुने गर्छ्न ती मानिसहरु जो मनको सफा अनि मनको छुचो हुने गर्छन ।

७. छोरिको ठाउमा छोरालाई विवाहमा विदा गरिदिनोस म लेखेर दिन्छु ३० दिन पनि टिक्न सक्दैन आफ्नो कर्मघरमा के आदर्शको ठेक्का नारिले मात्र लिनु पर्छ र ?

८. माया पाउनेले खुशी पाउछ गुमाउनेले पीडा ।

९. जिन्दगी बिताउन दरबार हैन विश्वास अनि मायाको घरबार भए पुग्छ ।

१०. पानी पकाएर बाक्लो र मानिस फकाएर आफ्नो कहिले हुदैन ।

११. जिन्दगी पनि सुकेको पात जस्तै भयो को कति बेला आएर आगो लगाइदिने हुन थाहा भएन ।

१२. कस्तो नियम यो जब छोरि एक पल्ट डोलि चड्छीन तब उ जन्म घरको पाहुना बन्न पुग्छिन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !