१. कसैको आमाले छोराछोरिलाइ माया गर्नु हुन्छ नि त्यस समय आफ्नो आमा नहुदा साच्चै दुनियाको सबै भन्दा अभागी महशुस हुन्छ ।
२. सबैले भन्छन दिनमा ब्यस्त हुनुस रातमा आफै निन्द्रा आउँछ तर भोग्नेलाइ मात्र थाहा हुन्छ रातको एकान्तमा पिडाले सुत्न दिदैन भनेर ।
३. आफू त दुखमा हुर्केको मान्छे कसैको दुख देख्यो कि आखामा आँसु आइ हाल्छ ।
४. लडाउने त आफ्नाहरुनै हुन पराइले त झुक्किएर लडाउन खोज्दा पनि माफी माग्ने गर्छन ।
५. मन संग माया गर्ने चलन त मुना मदनको पालामा थियो अहिले त पैसा र राम्रो रुप संग गर्छन मान्छेले ।
६. पैसा सबै थोक होला तर खुशी भन्दा ठूलो पक्कै हैन साना साना खुशि पैसा भन्दा हजारौ गुणा ठुला हुन्छ्न ।
७. जब माया गरेको मान्छेले धोका दिन्छ नि तब ज्यानमा लागेको चोट भन्दा कयौं गुणा मनमा लागेको चोट पिडादायी हुन्छ ।
८. जिन्दगीको भर त छैन तर पनि भोलिको लागि भनेर हामी कति दौड धुप गर्ने गर्छौ ।
९. अर्को साल त निधारमा टीका हुनेछ यो पाली आखामा आँसु ढिका हुनेछ आइएन भो मेरि दिदी भेट्न पाइएन तिमी बिना मेरो तिहार फिक्का हुनेछ ।
१०. भरोसा र सिसा उस्ता उसतै हुन एक पल्ट टुटेपछी फेरि पहिले जस्तो कहिले हुन सक्दैन ।
११. बाबा आमाको हात थाम्ने हिम्मत राख्नुस दुनियाको पाउ छुने दिन कहिले आउदैन ।
१२. उमेर र जिम्मेवारी बड्दै गएपछि थाहा हुन्छ कि आखिर आमाबाबा हरेक कुरामा सहि हुनुहुन्थ्यो ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
््